सुनीताकुमारी महतो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

सिरहाबाट माओवादीको तर्फबाट प्रतिनिधित्व गर्ने सुनीताकुमारी महतो अखिल नेपाल महिला सङ्घ -क्रान्तिकारी) सिरहाकी संयोजक तथा अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सदस्य पनि हुनुहुन्छ। ९ वर्षसम्म शिक्षण पेशा गर्नुभएकी महतो आफ्ना श्रीमान् देवेन्द्रप्रताप सिंह 'मुकेश'को ०६१मा हत्या भएपछि उहाँ माओवादीको पूर्णकालीन कार्यकर्ता हुनुभएको हो। मुकेश माओवादीको क्षेत्रीय ब्युरो सदस्य हुनुहुन्थ्यो। कलाशास्त्रमा स्तानतक महतोका जेठाजु पनि हत्या भएको छ। ३१ वर्षीया महतोका एक छोरा छन्।

अब बन्ने नयाँ संविधानमा आम महिलामाथि हुने विभेदको अन्त्य गर्ने र राज्यको हरेक निकायमा महिलाको सहभागिता हुने संविधान लेखाउन पहल गर्ने बताउनुहुन्छ। माओवादीको जनमुखी कार्यदिशा र आफ्नो परिवारले नै जनताको मुक्तको लागि बलिदान गरेकाले आफू विजयी भएको महतोको दाबी छ। [१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा