सुनुवार जाति

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सुनुवार
सुनुवार महिला र पुरुष
सुनुवार जातिकी महिला र पुरुष
जम्मा जनसङ्ख्या
लगभग ९५,२५४
बसोबास क्षेत्रहरु
 नेपाल
 भारत
 भुटान
भाषा

सुनुवार, नेपाली

धर्म

किराँती, हिन्दु, बौद्ध

sunuwar greeting
Sunuwar Udhauli at Nakhipot, Lalitpur, Nepal 6 Dec. 2014

सुनुवार जाति किराँत समूह अन्तर्गत नै लिने गरिन्छ। गुँइदुवा-ढोल, बुक्थेल-झ्याम्टा, खर्ङा, टोहुङ, न्योहू, बि्रप्चरङ्गी, पुडिपु आदि सुनुवार जातिका बाजा हुन्।[१]

कोइँच (सुनुवार)[सम्पादन गर्ने]

रोलवालिङ हिमश्रृंखल मूल बनाएर दक्षिण बग्ने पूर्वी नेपालको पहाडी नदी सुनकोशी, तामाकोशी, लिखु लगायत सहायक नदी खिम्ती, येलुङ (मोलुङ), सोलुङ वरपरका भूभागमा छरिएर बसोबास गर्दै आएका नेपाल सरकारद्वारा सूचीकृत ५९१ आदिवासी जनजाति मध्येका एक आदिवासी जनजाति हुन् 'कोइँच (सुनुवार)' । खस भाषामा सुनुवार, मुखिया, शिकारी भनिने यी जाति आफुलाई किरात कोइँच भन्नमा गर्व गर्दछन् । ७० भन्दा बढी विभिन्न उपजाति भएका आदिवासी कोइँचहरूको आफ्नो भाषालाई 'कोइँच लोः' भनिन्छ भने परम्परागतरूपमा मान्दै र विश्वास गर्दै आएको धर्मलाई 'किरात धर्म' भन्दछन् । कुल ९५,२५४ जनसंख्या रहेका आदिवासी कोइँचका २६,६११४ जनसंख्याले मात्र आफ्नो मातृभाषा बोल्छन् । यस जातिको परम्परागत धर्मदर्शनलाई 'मुकदुम' भन्दछन् ।

कोइँच (सुनुवार)को मुक्दुममा उत्पत्ति सम्बन्धी किम्बदन्ती[सम्पादन गर्ने]

उहिले उहिले यो सन्सार थिएन रे । न त यो सुर्य थियो न त धर्ती नै थियो । पूरै खेसुमुसु/सिअसिताअता अन्धकार थियो रे । निराकार, निरङकार, निर्विकार, नित्य, अनन्त त्यस खेसुमुसु/सिअÞसिताअÞतामा र्सवशक्तिमान इँगि मात्र हुनुहुन्थ्यो रे । धेरैपछि मात्र इँगिले ख्लिखिर सहित सोत्लुइत्लुको जन्म भयो । यसै सोत्लुइत्लुको उत्पत्तिपछि मुकासुखिकासु र मुइँलिलिँखिको उत्पत्ति भयो र ओ हो हो साङ सो हो हो भन्ने आवाज उत्पन्न भयो । अनि मात्र इँगिले सोत्लुइत्लुमा खोरमुदितमु भरेर तातो महासागरको उत्पत्ति गर्नु भयो । त्यस महासागरमा ठूलो आवाजसहित बुबोरपेबोर उत्पन्न भयो । अनि आकाशको उत्पत्ति भयो । राँकोच (र्सूय)को उत्पत्ति भयो । पसिनै परिनामा न्रि्रुक्क भिजेर सुबु/खादिमुदि उत्पत्ति भयो । यसरी पृथ्वी (सुबु/खादिमुदि)को उत्पत्तिसँगै दिन र रातको पनि शुरु भयो । पृथ्वीको उद्धार गर्न आएका साया/तायाले हिमाल, पहाड, तर्राईको उत्पन्न गर्नु भयो । बनस्पति, जीवहरूको उत्पत्ति गर्नु भयो । अनि मानिस नभएको पृथ्वी त्यति शोभयमान लागेन इँगि होपोलाई । त्यसैले प्राण, चेतना, मन, बुद्धि र विवेबले युक्त मानवको उत्पत्ति गर्न साया/तायालाई भन्नुभयो । यसैले साया/तायाले खारानि र सुलिलाई रुखको टोड्कोमा जामेको पानीमा मुछेर पहिलो बुद्धिमान मानव कालिपिपि र कालिकिकिको सृष्टी गर्नु भयो । उनैका सन्तान हामी हौं रे । खरानी र सुलिबाट मानिसको सृष्टी भएको हुँदा मानिसको जिउ कनाउँदा अझै खरानी निस्कने र सुलीको गन्दा आउँछ रे ।

कोइँच जातिको उत्पत्ति सम्बन्धि किम्बदन्ती[सम्पादन गर्ने]

धेरै पहिलोको कुरा हो धेरै ठूलो मैदानी फाँट तिमरिजोेङमा मानिसहरूको बस्ती थियो रे । त्यस तिमरिजोङ भन्ने पहाडबाट मानिसको एक समुह पाइतिप भन्ने पहाडमा आएर बसे । त्यस पहाडबाट छुट्टएिर फेरि जाउजिल भन्ने हिमाल पारिको पहाडमा बस्ती बसाले । त्यस जाउजिलबाट पनि मानिसहरू खायारपास भन्ने ठाउँमा आइ पुगे । बस्दाजाँदा फेरि सो स्थानबाट थारमालु थारसिलु भन्ने ठाउँमा आइपुगे । त्यस थारमालु-थारसिलु भन्ने ठाउँबाट पनि एक समुह यारमालु (सिमाङगदा) भन्ने मैदानी फाँटको जंगलमा बस्ती बसाल्न आइपुगे । यस मैदानी फाँटमा धेरै समय बस्ती बसलेपछि बाह्र गढी बनाएर राजकाज चलाएका हुन् रे । सो बस्तीका मानिसहरूले ढोल झयाम्टा बजाएर आफ्नो इष्टादेवी र कुलपितृको आराधाना गर्न थाले । त्यसरी आराधना गर्दा इष्टादेवी प्रकृति अर्थात शाँदार देयिले सुनको ढुँकुर दिनु भयो । पछि भाइहरू मिलेर धुमधामसँग प्रत्येक वर्षयसरी नै ढोल झयाम्टा बजाएर शाँदार देयि मान्न थाले । एक दिन उक्त भूमिमा ठूलो महामारी र आगलागीको भयो उक्त बाह्र गढीमा मानिसहरू बाँच्न मुस्किल पर्‍यो । त्यसैले एक समूहका मानिसहरू पर्ूवतिर लागे र सिलुखुलु, हालकाबु/फालेखाममा -हालको वराहक्षेत्र, त्रिवेणी)मा आइँ बसे । धेरै पछि त्यस क्षेत्रमा जुमु नामका एक प्रतापी राजा निस्के । उनका दस जना छोरा मापे, सोकरे, तोने, हिना, बिमा, रुङ, चामले, खिँचि, पाइ, दुङले र एक छोरी सायामा भए । जस मध्ये जेठो माप्य होपो चाहिँ सुनकोशी तीर हुँदै भोट पस्यो रे । माइलाको सन्तान पर्ूव लागेर लिम्बु भएको रे । खिँचि, पाइ र दुङले चाहिँ सँग सँगै सुनकोशीको तिरैतिर पस्चिमोत्तर लागे । यसरी आउँनेमा खिँचि चाहिँ अहिलेको लिखु नादीको किनार खिँचिमा बस्ती बसालेर बस्यो । हुँदाखाँदा बस्दै जाँदा पछिबाट खिँचि होपोको सन्तानलाई नै कोइँच -सुनुवार) भनिएको रे । अझै पनि ओखलढुंगा जिल्लामा (खिजी),खिँजी बाट अपभ्रंश) भन्ने ठाउँ छँदै छ । पाइ भने चेनाम, राँग्ादिप, माम्खा, रुमजाटार, ओखलढुँगामा बसेर पाइहाङ हुँदै बाहिङ र्राई बन्यो । दुङले भने उँधै दुनमा बसेर दनुवार भयो रे । र, जेठाको कान्छा सन्तान चाहिँ हायु भएको रे भनिन्छ ।

हाल्ली खेल[सम्पादन गर्ने]

सुनुवार जातिको मुख्य संस्कृतिको रूपमा रहेको हाल्ली हरेक वर्ष मंसिर महिना औशीको रातमा खेलेर मनाइने खेल नेपालको पूर्वी पहाड खिजी चण्डेश्वरी मा वसोवास गर्ने सुनुवार किराँत समुदायले खेलिने बिश्वको एक मात्रै खेल हो जुन खेल परम्परा, पुर्खाको मौलिके र मान्नेता अनुसर खेल्दै आएको खेल हो जुन खेल खेलेको १५ दिन भित्र आउने पर्व लाई उधौली पर्व भनिन्छ वा मनाइन्छ । त्यस औशीको रातमा सुनुवार जातीहरुको मौलिके र मान्नेता आनुसर बर्षकै बढी आधेरो रात भएकोहुनाले यस रातलाई अधेरो हुन बाट जोगाउन र बढी अधेरोमा मनब पशु पन्छी लाई असर पर्न नदिनको लागि साथै सुनुवार युब को तागत्, साहस्, उत्सह र जगर लाई अटल राख्न प्रतेक बर्षा मङ्सिर महिना औशिको रात देखी पूर्णिमाको अघिलो रात सम्मा खेलिने खेल लाई हाल्ली भनिन्छ र त्यस रात सके पछी उधौली पर्व मनाइन्छ । हाल+लि+आली = हाल्ली (सुनुवार कोइच भाषा) नेपाली पात्रो मिती:-मङ्सिर देखी (मङ्सिर भरी पनि खेल्न सकिन्छ)

सुनुवार पोसाक[सम्पादन गर्ने]

सुनुवार (कोइँच) पोसाक प्राचिन समयमा फुल, फल, चराको प्वाख, दुम्सी काडा, बहुमुल्य पत्थरआदिको प्रयोक गर्ने गर्थे भने अहिलेको नया मोडन युग मा महिलाहरुले सुनका ढुग्री, मुन्द्री, पोते, बुलाकी, माडवाडी, चेप्टेसुन, बग्मुखे चादीका चुरा, चादीका कल्ली, कम्पनि-अठानी-चरानी माला, नौ-गेढी, गुन्युचोलो, पटुका, पच्छेउरि, कुप्नी, जालीरुमाल र पुरुषहरुले भने दौरा, सुरुवाल, भोटो, जालीरुमाल आदि लगाउने गर्दछन । प्राचिन युगमा आफैले बुनेर लगाउने गर्दाथे ।

विवाह[सम्पादन गर्ने]

  1. प्रेम विवाह वा स्वायत्त विवाह (अहिलेको युगमा)
  2. मागी विवाह (अहिलेको युगमा पनि)
  3. भागो विवाह (अहिलेको युगमा पनि)
  4. चोरी विवाह (तानी) (पहिलेको युगमा) हुने गर्थेउरे

तस्वीरहरू[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]