सूचना
सूचना एक यस्तो शब्द हो जुन धेरै प्रकारबाट प्रयोग हुन्छ। मुलत:, यो एक यस्तो शब्दबाट आयेको छ जस्को अर्थ कुनै वस्तुलाई मुर्त रुप दिनु हो। सूचना भनेको केही वस्तु बारे केही सिख्नु, जान्नु अथवा बुझ्नु हो। उदाहरणको लागि, एक समाचार पत्रमा दुनियाभरीको सूचना समावेश हुन्छ।
[सम्पादन गर्ने] कम्प्युटर विज्ञानमा सूचना
जो व्यक्ति कम्प्युटरको प्रयोग गर्छन् उनी कयौं पल्ट सूचना (information) शब्दको प्रयोग गर्छन र डेटा (data) शब्द पनि समानार्थी शब्द हो। सन् 1970 र 1980 को दसकमा डेटा शब्दको प्रचलन त्यति थिएन। त्यति बेला, कम्प्युटरको प्रथम डेटाबेस तैयार गरियो। कम्प्युटर विज्ञानमा डेटाको अर्थ एक यस्तो सूचना हो जस्को जाँच भई सकेको छैन। अर्थात डेटा मा केही सुधार अहिले सम्म गरिएको छैन, र यस सूचनामाथि विश्वास गर्न सकिन्न। सूचना (Information) अर्थात यस्तो डेटा जस्मा जाँच र सुधार गरिसकियेको छ। यस सूचनामाथि विश्वास गर्न सकिन्छ।