सेर्पा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

सेर्पा जाति नेपालको उच्च हिमाली भेगमा बस्ने जातिगत समूह हो। धेरैजस्तो सेर्पाहरू नेपालको पूर्वी भागमा बस्छन्, तर कोही रोल्वालिङ्ग उपत्यका तथा हेलम्बुसम्म पनि बसेको पाइन्छ।प्याङ्गबोचे नेपालका सेर्पाहरूको सबैभन्दा पुरानो गाउँ हो।सेर्पा भाषा भोट-बर्मेली भाषा परिवारको दक्षिणी हाँगो मानिन्छ।तर यो भाषा भोटे (तिब्बती) भाषाभन्दा फरक छ र भोटे (तिब्बती) हरूले बुझ्दा पनि बुझ्दैनन्।

विषयसूची

इतिहास[सम्पादन गर्ने]

बौद्धहरूको विश्वास अनुसार तिब्बतीहरूको बसाइँसराइ साङ्ग्री-ला को खोजीको लागि थियो।सेर्पाहरू फिरन्ते तिब्बतीहरू थिए रे जो सर्वप्रथम नेपलको सोलुखुम्बू (खुम्बू) जिल्लामा आएर बसे अनि बिस्तारै पश्चिमतिर सर्दै गए।जुन बाटोबाट नूनको व्यपार हुन्थ्यो।जनश्रूति अनुसार विभिन्न समयमा चार समूहहरू बसाइँ सरेर आए रे जस अनुसार सेर्पाका चार वर्ग (गोत्र/समूह) हरू : मिन्याग्पा, थिम्मी, सर्तावा र चावा हुन गए।

सेर्पा र पर्वतारोहण[सम्पादन गर्ने]

सेर्पाहरू पहिलेदेखि नै हिमाल चढ्ने काम गर्थे र अहिले पनि हिमाल आरोहणको लागि पथ प्रदर्शन र भारी बोक्ने मान्छेको काम गर्छन् । तर अहिले हिमाल चढ्दा भारी बोक्ने सबै मान्छेहरूलाई सेर्पा भनिन्छ तर वास्तविक सेर्पाहरू यो रुचाउँदैनन् ।

चर्चित सेर्पाहरू[सम्पादन गर्ने]

ऐतिहासिक रूपमा सबैभन्दा चर्चित सेर्पा तेन्जिङ्ग नोर्गे सेर्पा हुन, जसको नाउँमा एडमन्ड हिलारीसँग सर्वप्रथम सगरमाथा आरोहण गरेको इतिहास छ ।

लोक बाजाहरू[सम्पादन गर्ने]

सेर्पा जातिले काङलिङ, च्योदर, पिवाङ, याङजे, दोमर, ग्यालिङ, डम्ज्याङ, साङडुङ बाजालाई प्रयोग गर्ने गर्दछन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'" 

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

ढाँचा:नेपालका जनजातिहरू

External links[सम्पादन गर्ने]