सैनामैना नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सैनामैना नगरपालिका
देश नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चललुम्बिनी अञ्चल
जिल्लारुपन्देही जिल्ला
स्थापना२०७१ वैशाख २५
सरकार
 • मेयरफणेन्द्र प्रसाद शर्मा
 • उप मेयरविना राना
क्षेत्रफल
 • जम्मा११६.२ किमी (४४.९ वर्ग माइल)
जनसङ्ख्या
 (वि.स.२६८)
 • जम्मा४५,१७८
 • घनत्व३९०/किमी (१०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७१
वेबसाइटwww.sainamainamun.gov.np/ne

सैनामैना नगरपालिका लुम्बिनी अञ्चलको उत्तर पश्चिममा विश्व शान्तीका अग्रदुत तथा एसियाका तारा गौतम बुद्धको जन्मस्थल देखि करिब १५ कि.मी उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित पूर्व बुटवल उप–महानगरपालिका, पश्चिममा सालझण्डी गाविस, उत्तरमा पाल्पाको कचलबल्डेङगढी गाविस, दक्षिणमा खडवा वनगाई, गजेडीसूर्यपुरा गाविस यी चार किल्ला भित्र अवस्थित पर्रोहादुधराक्ष २ गाविसको मिलनबाट बनेको नगरपालिका हो ।[१][२] पूर्व बनकट्टा देखि पश्चिम वनकट्टीसम्म करिब १२ कि.मी. पूर्व पश्चिम लोकमार्गको भाग यस नगरपालिकामा पर्दछ । हाल यस नगरपालिकामा १२ वटा वडा रहेका छन् । ११६.२ बर्ग कि.मि क्षेत्रफल, २०६८ को जनगणना अनुसार जनसङ्ख्या ४५१७८ तथा जन घनत्व ३८९ प्रति बर्ग कि.मि छ ।[३] तिब्र बसाई सराईले गर्दा दिन प्रतिदिन जनसङ्ख्या अत्यधिक बृद्धि भईरहेको छ । नगरपालिका भित्र सबै जातजाती, भाषाभाषी संस्कृति एवं परम्पराको समीश्रण रही सुमधुर सम्बन्ध सहितको बसोबास पाईन्छ ।

धार्मिक तथा ऐतिहासिक महत्त्व[सम्पादन गर्नुहोस्]

ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्त्व बोकेको सैनामैना नामाकरणले पनि यसको छुट्टै महत्त्व बोकेको छ । विभिन्न ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्त्वका स्थलहरु रहेको यो नगरपालिकाका गहनाको रूपमा पर्रोहा परमेश्वर बोलबमधाम, मलमला मन्दिर, मलमल चौरा बाबा, बोलबम पर्यटकीय पार्क विभिन्न मठ मन्दिरहरु, रानी कुवा, रानीबगिया आदि छन् । २ सरकारी तथा १ निजी गरी ३ क्याम्पस, सरकारी तथा निजि स्तरका उच्च माध्यमिक विद्यालय, माध्यमिक विद्यालय, निम्न माध्यमिक विद्यालयप्राथमिक विद्यालय गरी ३२ शिक्षण संस्थाहरु रहेका छन् । सरकारी निकायहरूमा नगरपालिका, इलाका प्रहरी कार्यालय, इलाका हुलाक कार्यालय, कृषि सेवाकेन्द्र पशु सेवाकेन्द्र, ईलाका वन कार्यालय, स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी, कृषि विकास बैङ्क लगायत अन्य बैङ्क तथा वित्तीय संस्थाहरु तथा थुपै् गैर सरकारी संस्थाहरु रहेका छन् ।

विकास[सम्पादन गर्नुहोस्]

जन प्रतिनिधि विहिन वर्तमान अवस्थामा यहाँका राजनीतिक दलहरु बीचको विकास प्रतिको एक्यवद्धता आम नागरिकहरु तथा सरोकारवालाको विकास प्रेमी भावनाका कारण स्थानीय निकाय सञ्चालन गर्न सहजता भएको छ । यस नगरपालिकामा विकासका सम्भावनाहरु धेरै छन् । कृषि, उद्योग–ब्यापार, पर्यटनलाई यहाँका नागरिकको आम्दानीको स्रोत बनाउन सकिन्छ । खुला दिसा मुक्त तथा पूर्ण खोप युक्त नगरपालिका धोषणा भै सकेको यो नगरपालिका अव पूर्ण साक्षर युक्त नगरपालिका तर्फ लम्की रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "७२ नगरपालिका थपिए", अन्नपूर्ण पोष्ट, २५ बैशाख, २०७१, अन्तिम पहुँच २५ बैशाख, २०७१ 
  2. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", अन्नपूर्ण पोष्ट, २०७१ बैशाख २५, अन्तिम पहुँच २०७१ बैशाख २५  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२२ मिति
  3. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]