सोनामाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोनामाई
देश नेपाल
अञ्चलजनकपुर
जिल्लामहोत्तरी
जनसङ्ख्या
 • जम्मा६०१९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)


सोनामाई Sonamai नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको महोत्तरी जिल्लामा अवस्थित गाउँ विकास समिति होनेपालको महोत्तरी जिल्ला मा रहेको नव दुर्गा को मन्दिर हो ।हाल पुनः निर्माण गरेको छ।।धर्मिक र सास्कृतिक महत्त्व बोकेको यो देबी को मन्दिर हो।

महोत्तरी को सोनामाई मा भुत मेलाको नाममे पनि प्रदिध छ्न।

महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई शक्तिपिठ्मा षश्ठी तिथि देखि भुत मेला सुरु भइ नव्मी सम्म लग्ने छ। यस क्षेत्रकै प्रसिद्ध शक्ति पिठको रूपमा रहेको सोनामाईमा प्रत्येक वर्षझैँ यस वर्ष पनि (डाइन) बोक्सी नियन्त्रण गर्ने भूतप्रेत मेला लाग्ने भएको छ। परापूर्वकालदेखि वर्षेनि दसैंको अवसर पारेर आयोजना गरिने भूत मेलाको तयारी पूरा भएको सोनामाई मेला समारोह समितिले जनाएको छ। भूत मेलामा सहभागी हुन आउने श्रद्धालुको आवास, खानपानको समेत व्यवस्था गरिने आयोजक समितिले जनाएको छ। स्थानीयले प्रत्येक वर्षझैँ यस वर्ष पनि भूत मेला समारोह समिति गठन गरेर व्यवस्थितरूपमा आगन्तुकहरूको लागि खाना र बस्ने व्यवस्था मिलाएको स्थानिय युवा रौशनकुमार यादवले बताए। सोनामाई मन्दिर परिसरलाई अहिले दुल्हीझैँ शृंगारिएको छ भने आगन्तुक श्रद्धालुको लागि नाच तमासा र रात्रिकालीन मनोरन्जनात्मक कार्यक्रमहरूको समेत व्यवस्था गरिएको छ। बडा दसैंको षष्ठीदेखि विजयादशमीको दिनसम्म चल्ने यस भूतमेलामा सहभागी हुन आउने पीडित र दर्शनार्थीको लामो लर्को नै लाग्ने गर्छ। सदरमुकाम जलेश्वरदेखि ३२ किलोमिटर पश्चिम उत्तरतर्फ जलेश्वर-बर्दिवास सडक खण्डमा पर्ने सोनामाई-२ भोइल गाउमा अवस्थित सोनामाई मन्दिरमा बोक्सी भूतप्रेत नियन्त्रण गर्ने मेला लाग्ने गर्छ। तन्त्रसिद्धी तथा भूतबोक्सीमा विश्वास गर्नेहरूको घटस्थापनादेखि नै यस मन्दिरमा चहलपहल सुरु भएको छ। तान्त्रिक मान्यताअनुसार, घटस्थापनादेखि महानवमीसम्मको अवधिलाई तन्त्रमन्त्रको साधना अभ्यास र परीक्षण गर्ने महापर्वको रूपमा विश्वास गर्नेहरु वर्षेनि सोनामाई मन्दिरमा ओइरो लाग्छन् र यस्ता महिलालाई स्थानीय भाषामा कारनी भनिन्छ। कारनी र तिनका आफन्तहरु सोनामाईको प्रभावले तन्त्रमन्त्रको अबसरबाट मुक्ति मिल्ने विश्वासका कारण यहाँ आएका बताउँछन्। सोनामाइस्थानको ८ वर्ग किमी सीमा क्षेत्रभित्र पाइला टेक्नासाथ कारनीहरु काम्न सुरु गर्ने सोनामाई मन्दिरका पूजारी झगरु भनिने चन्द्रहासन झाको दाबी छ। उक्त मेलामा बोक्सी भूतप्रेत नियन्त्रण मेलामा आफ्नो शरीरको दुःख निवारणका लागि सोनामाइको शरणमा भक्तजनहरु आउने गरको झा बताउँछन्। सोनामाइको मूर्ति राखिएकै मन्दिर परिसरमै पूर्वपट्टि राजदेवी काठको मौलो छ, जहा यो अदभूत मेला लाग्ने गर्छ। सोनामाईमा लाग्ने भूतमेला यस क्षेत्रमै प्रख्यात मेलाको रूपमा मानिन्छ। भूतप्रेत बोक्साबोक्सी र दुष्ट आत्मलाले सताइएका हजारौं पीडित प्रत्येक वर्ष यस मेलामा आउने गरेको सोनामाई २ घर भएका रौशन कुमार यादवले बताए। 'विश्वास गरेर आउने जोसुकै पीडित सोनमाईको असीम कृपाले निको भएर नै जाने गर्छ। ' स्थानीय यादवले भने- 'सोनामाईको महिमाकै कारण यो मेलामा जहिल्यै पनि उतिकै भिड लाग्ने गर्छ।’ तपाई फेसबुकमा facebook.com/sonamai र #सोनामाई को पेज लाईक गर्न सकनु हुन्छ।

 मा अब्स्थित यो मन्दिर परापुर्व काल देखी नै भित मेलाको नामले प्रसिद्ध छ।

दस्मी सम्म चल्ने यस मेलामा हजारौं हजार पीडित र दर्शनार्थी हरूको भिर लाग्ने गरिन्छ।

भुत प्रेत,बोक्सा बोक्सी ,काला जादु ,जादु टोना,र दुष्टआत्मा दुवारा सताइएका का हजारौं पीडित प्रतेक वर्ष यस मेलामा आउने गर्छन् र दर्शनार्थी को ठुलो भिड लाग्ने गर्छ।

माताको अनुपम कृपाले सम्पुर्ण भक्तजनको दु:ख कष्ट दुर हुन्छ भने जनविश्वास रह्दै आएकोछ।

यस् मेलामा महोत्तरी ,धनुषा ,सर्लाही ,बारा ,पर्सा लगायत नेपाल का विभिन्न ठाउँ र भारत को सिमाब्र्ती ईलाका लागायत पट्ना सम्मबाट श्राधालु भत जनहरू आउने गर्छ।

भत्त हरूको चाहना र यकन्छा बमोजिम तान्त्रिक बिधिबाट भुत ,प्रेत ,काला जादु, दुष्ट आत्मा को बिनास गरी पीडित लाई निको परिन्छ। यो यस्तो ठाउहो जाहा भुत आफै सब्थोल बोल्न थाल्छ। तत पश्चात् जन्तर दिएर सधै का लागि भुत भगाई दिन्छ पुजारी परिबार भन्छ्न...

सोनामाई धार्मिक र पर्यटन को हिसाब ले महत्त्वपूर्ण भए पनि यसको विकास तिर धायान न गयेको ले खासै उपलब्धि हासिल गर्न सकेको छैन। थप जानकारी www.sonamai.wordpress.comबाट प्राप्त गर्न सकिन्छ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]