स्काउट सदस्यता ब्याज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्काउटङको साधारण जानकारी हासिल गर्न सर्वप्रथम सदस्यता लिनु अनिवार्य छ, सदस्यता लिदा दिईने ब्याजलाई सदस्यता ब्याज भनिन्छ । सदस्यता ब्याज स्काउटहरूलाई दिक्षा दिदा दिइन्छ ।यो ब्याजको भूमी निलो हुन्छ । निलो रंगले स्काउटहरु आकाश जस्तै विश्व भरि फैलिएका छन् भन्ने कुरा जनाउँछ । यस ब्याजलाई वरिपरी गोलो धागोले बेरिएको हुन्छ जसको अर्थ स्काउटहरु निश्चीत सिमा भित्र बाधिएका हुन्छन् भन्ने कुरा जनाउँछ ।

यस ब्याजको भित्र रुख र रुख भित्र तारा र तारा भित्र चन्द्र सूर्यलाई देखाईएको छ । यस ब्याजमा रहेको रुखले स्काउटहरु रुख जस्तै शितलता प्रदान गर्न सदा तत्पर हुन्छन् भन्ने कुरा जनाउछ र यस भित्र रहेको तारा र तारा भित्र रहेको चन्द्र र सूर्यले स्काउटहरु चन्द्र र सूर्य जस्तै सदा आकाशमा चम्कीरहेका हुन्छन् भन्ने कुरा जनाउँछ । [१]

प्रक्रिया[सम्पादन गर्नुहोस्]

स्काउट सदस्यता ब्याज प्राप्त गर्नको लागि देहायका विषय जान्नु पर्दछ[सम्पादन गर्नुहोस्]

  • दर्ता तथा समारोह– सदस्यता समारोहमा सहभागी भएको हुनु पर्ने ।(ट्रूपको प्रवेश पाउँदा गर्ने समारोह)
  • प्रतिज्ञा – स्काउटको तीन वटा प्रतिज्ञा जानेको हुनु पर्ने ।
  • नियम – स्काउटको दशवटा नियम जानेको हुनु पर्ने ।
  • स्काउट प्रणाम तथा स्काउट चिन्हको जानकारी हासिल भएको हुनुपर्ने छ ।
  • स्काउटको हात मिलनको अर्थ र ज्ञान हासिल भएको हुनुपर्ने छ ।
  • स्काउटको सिद्धान्तको अर्थ र ज्ञान हासिल भएको हुनुपर्ने छ ।
  • स्काउटको कार्यक्रम र कृयाकलापहरूमा सहभागीता जनाएको हुनुपर्ने छ ।
  • नेपाल स्काउट गीत जानेको हुनुपर्ने छ ।
  • राष्ट्रिय गान, राष्ट्रिय झण्डाको ज्ञान र सम्मान गर्न जानेको हुनुपर्ने छ ।
  • स्काउटले स्काउटिङ्गको आधारभूत सिद्धान्तको ज्ञान,विश्व स्काउटिङको शुरुवात, विश्व चिफ स्काउट र्लड बेडेन पावेल र विश्व चिफ गाइड लेडि बेडेन पावेलको छोटो जिवनी जानेको हुनुपर्ने छ ।
  • स्काउटले नेपालमा स्काउटको स्थापनाको बारेमा आधारबुत इतिहास जानेको हुनुपर्ने छ ।
  • स्काउटले नेपालमा स्काउटको आठ बुँदामा आधारित कार्यक्रम तथा क्रियाकलापको परिचय जानेको हुनुपर्ने छ ।
  • स्काउटले सदस्यता ब्याजको अर्थ र ज्ञान प्राप्त गरेको हुनुपर्ने छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. स्काउट सदस्यता ब्याज वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-२९ मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाहिरी कडिहरु[सम्पादन गर्नुहोस्]