स्पाइस नेपाल प्रा लि

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

स्पाइस नेपाल प्रा लि नेपालको एउटा गैर सरकारी जी एस एम मोबाइल सेवा प्रदाता हो र यो नेपालको टेलिकम्युनिकेशन सेक्टरको पहिलो गैर सरकारी जी एस एम मोबाइल सेवा प्रदाता हो जसले मेरो मोबाइल नामको ब्राँडबाट यो सेवा दिन शुरु गरेको हो। जसलाई अब एन सेल भनिन्छ। यस ब्राण्डले राज्य टेलिकम्युनिकेशन कम्पनी नेपाल टेलिकमको एकाधिकारलाई तोड्यो र यस्ले नेपाल टेलिकम्युनिकेशन क्षेत्रमा एउटा प्रतिस्पर्धा शुरु गर्यो।

स्पाइस नेपाल प्रा लिको स्थापना २००४मा नेपाल टेलिकम्युनिकेशन्स अधोरिटीको लाइसेंस प्राप्त गर्नको साथमा शुरु भएको थियो साथै यसले दुबै प्रकारको सेवा पोस्ट-पेडप्रिपेड सेवा मूलुक भित्र दिन थाल्यो। ब्यवसायिक तौरमा यो कम्पनिले १७ सितम्बर २००५मा राजधानीको उपत्यका भित्र यो सेवा शुरु गर्यो र बिस्तारै दुई वर्षको अवधिमा यो फैलिदै गएको छ।

यो कम्पनीले आफ्नो सेवा दिएका केही क्षेत्रहरू:- धुलिखेल, बनेपा, नागरकोट, चितवनको भरतपुर, हेटौडा, बिरगञ्ज, सिमरा, बिराटनगर, इटहरी, धरान, जनकपुर, निजगढ, राजबिराज, काँकडभिट्टा, भद्रपुर, पोखरा, बुटवल, बर्दागढ, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, र गाईघाट, मेरो मोबाइलको सेवा नेपालको १४औँ अञ्चलमा विस्तार भई सकेको छ।