स्वप्नदोष
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अप्रिल २०१२) |
आफ्नो नामका विपरीत स्वप्नदोष (Nocturnal emission) कुनै दोष न भएर एक स्वाभाविक शारीरिक क्रिया हो जसका अन्तर्गत एक पुरुषलाई निंदाएका बेला वीर्यपात (स्खलन) हुन जान्छ, त्यतिखेर पुरुष एक स्वतःस्फूर्त यौनानन्दको अनुभव पनि गर्दछन्। यो प्रक्रिया स्त्रीहरुमा पनि देखिन्छ। स्वप्नदोष, किशोरावस्था र शुरुआती वयस्क वर्षहरु का बेला हुने एक सामान्य घटना हो, तर यो उत्सर्जन यौवनका पछि कुनै पनि समय हुन सक्छ। आवश्यक छैन कि प्रत्येक पुरुष स्वप्नदोषलाई अनुभव गर्छन्, जहाँ अधिकांश पुरुष यसलाई अनुभव गर्दछन् त्यहीं केही पूर्ण रुपले स्वस्थ र सामान्य पुरुष पनि यसको अनुभव गर्दैनन्। स्वप्नदोषका बेला पुरुषहरुलाई कामोद्दीपक सपना आउन सक्छ र यो स्तंभन बिना पनि हुन सक्छ।
स्वप्नदोषका बेला यौनसुखका बद्ला झुनझुनी, जस्तै पिशाब निंस्कदै गरेको वा जस्तै पिशाब लागेको जस्ता अनुभूति हुन सक्छ। धेरै किशोर यस बेला निन्द्राबाट जाग्छन् र तिनमा एक लज्जाको भावना आउँछ कि उनले सुत्दा बिछाउँना गिलो गरेकोछ।
स्वप्नदोष, एक कामोद्दीपक सपना पछि हुने एक स्वाभाविक शारीरिक प्रतिक्रिया हो जसको कारण पुरुष व्यक्तिको भित्र लगातार उत्पादित हुँद रहेको शुक्राणु कोशिकाहरुको प्रशस्त रुपमा शरीरबाट बाहिर निकाल्छ।