स्वप्न बगैंचा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गार्डन अफ् ड्रिम
Swapna Bagaicha
स्वप्न बगैंचा
स्वप्न बगैंचाको मनोरम दृष्य
स्वप्न बगैंचाको मनोरम दृष्य
स्वप्न बगैंचा is located in नेपाल
स्वप्न बगैंचा
नेपालको नक्शामा स्वप्न बगैंचा
सामान्य विवरण
स्थानकाठमाडौँ, नेपाल
राष्ट्रनेपाल
हाल भाडामा लिनेहरूशिक्षा मन्त्रालय
सम्पन्नसन् १९२० [१]
लागत१ लाख
ग्राहककेशर सम्शेर राणा
स्वामित्वनेपाल सरकार, शिक्षा मन्त्रालय
प्राविधिक विवरण
भुईँ तला क्षेत्र६,८९५ मी2 (७४,२२० वर्ग फिट)
योजना तथा निर्माण
वास्तुकारकिशोर नरसिंह राणा
सन्दर्भ
History of Garden of Dreams

स्वप्न बगैंचा काठमाडौँको पर्यटकीय स्थल ठमेलको प्रवेश मार्गमा अवस्थित एक ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थान हो। वास्तुकलाको अनुपम नमूना प्रस्तुत भएको यो बगैंचा प्राकृतिक सङ्ग्राहलयका रूपमा पनि परिचित छ। यस बगैंचालाई कतिपयले 'सपनाको स्वर्ग' भन्ने गरेका छन् भने कसैले मिनी यूरोप पनि । तत्कालिन नेपाली सेनाका फिल्ड मार्शल केशर शमशेर जबराले युरोप भ्रमणका बेला बेलायतका राजा 'किङ् एडवार्ड सातौँ'को बगैंचा अवलोकन गरेका थिए। त्यसैबाट प्रभावित भएर उनले सन् १९२०मा [२] यो बगैंचाको निर्माण गरेका हुन् ।

केशर शमशेरको मृत्युपछि २०२१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको यस बगैंचाले दशकौंसम्म उपेक्षित बन्नु परेको थियो। झण्डैं ७ वर्ष लगाएर पुननिर्माण गरी २०६४ सालदेखि यो बगैंचा सञ्चालनमा ल्याइएको हो। ऐतिहासिक र शास्त्रीय शैलीमा निर्माण गरिएको यो बगैंचाको नमूना वरिष्ठ वास्तुविद् किशोर नरसिंह राणाले गरेका हुन्।

६ ऋतुका नामबाट निर्माण गरिएका सदन (आराम गृह), पोखरी, यूरोपियन शैलीको बरण्डा र विभिन्न प्रकारका चरा वस्ने घरहरूले यो बगैंचालाई थप आकर्षक बनाएको छ। युवाजोडीका लागि मात्र होइन परिवारसहित घुम्न र रमाइलो गर्न पनि सकिने यो बगैंचा प्रवेशका लागि नेपालीलाई ८०, विदेशीलाई १ सय ६० र बृद्धबृद्धा तथा बालबालिकालाई ४० रूपैयाँ शुल्क लाग्छ। शान्त र सफा यो बगैंचा प्राकृतिक सुन्दरतासँगै ऐतिहासिक वास्तुकलाको ज्ञान र मनोरञ्जन लिन पनि उपयुक्त छ। स्वप्न बगैंचाभित्र निजी तथा सामूहिक समारोहका साथै सांस्कृतिक र अन्य कार्यक्रमसमेत गर्न सकिन्छ। यो बगैंचामा घुम्न र मनोरञ्जन लिन आउनेहरूको सुविधालाई ध्यानमा राखेर बगैंचा हाताभित्रै 'केशर क्याफे' सञ्चालन गरिएको छ। [३]

इतिहास[सम्पादन गर्नुहोस्]

केशर शमशेरले बेलायतबाट फर्केपछि आफ्ना पिता चन्द्रशमशेरलाई यस्तै किसिमको बगैँचा बनाउन अनुरोध गरे तर जनताले यस कार्यलाई राम्रो नमान्लान कि भन्ने डरले चन्द्रशम्शेरले अनुमति दिएनन्। अनि पैसाको अभावले विशाल बगैँचा बनाउने केशर शम्शेरको सपना अधुरो रह्यो। एकपटक तिहारमा उनले आफ्नो बुबासँग जुवा खेलेर एक लाख रूपियाँ जिते। उनले त्यही एक लाख रूपैंया खर्चेर स्वप्न बगैँचा बनाए। अहिलेको बगैँचा त्यसैको पुरातन विरासत हो। यो बगैंचा भूदृष्य, वास्तुकला र वनस्पति सजवटको संगम हो जसलाई 'फ्युजन अफ थ्री इलिमेन्टस्'(Landscape , Architecture and Garden) पनि भनिन्छ। सन् १९६४मा केशरशमशेरको मृत्युपछि नेपाल सरकारको स्वामित्वमा गएको यो बगैँचाको त्यसपछि लामो समयसम्म रेखदेखको अभावमा अस्तित्व लोप हुने अवस्थामा पुग्यो र यसलाई ब्युँताउन नेपाल भ्रमण वर्ष १९९८ले मद्धत गर्यो। त्यसैको परिणामस्वरूप सन् २००२मा अष्ट्रियन सरकार र नेपाल सरकारबीच यसको पुनर्निर्माणको संझौता भएपछि लगातार सात वर्ष लगाएर उसैले यसलाई पुनः सोही संरचनामा लग्ने निधो गर्यो र सन् २००७मा उसैको सहयोगमा १० लाख डलरमा यसको जिर्णोद्दार र पुनर्निर्माण सम्पन्न भएपछि यसले जीवन्तता पाएको छ।[४]

वर्तमान अवस्था[सम्पादन गर्नुहोस्]

सन् १९२० ताका बनाइएको यो ऐतिहासिक बगैँचा हो। १२ रोपनी क्षेत्रफलमा फैलिएको यो बगैंचालाई छवटै श्रृतुको बगैँचा पनि भनिन्छ। जहाँ नेपालको छवटै क्रृतुको झझल्को दिने पेभिलियन बनाइएको थियो तर हाल यसमा वसन्त, गृष्म र वषर्ा गरी तीनवटा क्रृतुका पेभिलियन -सदन) मात्र छन्। यिनै सदनका अघिन्तिर खुला आकाश मुनि आक्कलझुक्कल हुने नाचगान र सांस्कृतिक कार्यक्रमले यसको रौनकता थप्ने गरेको छ। प्राकृतिक सुन्दरता त छ नै यस अलावा कला र ल्याण्डस्केप, कमल पोखरी, क्यास्केट वाटरफल र अर्धचन्द्राकार आकारको क्रिसियन पोखरी, नेपालको तराई, पहाड र हिमालमा पाईने विभिन्न विरुवाहरू वा फूलहरू साथै विदेशवाट ल्याईएका विरुवा र फूलहरू यसका प्रमुख आकर्षक हुन्। शहरी हल्लाखल्लाबाट एकैछिन भए पनि राहत मिल्ने भएकोले पनि प्रकृतिको नजिकपुग्न चाहने र एकान्तपि्रय व्यक्तिहरूका लागि मात्र होइन, भवन निर्माण कला, बरण्डा र पर्गोलाका पारखीहरू यहाँ आउने गरेका छन्। यसबाहेक यहाँ सेता र राता असारे फूल, म्याङनोलिया, गुलाफ, अस्ट्रेलिया, बेलायतभारतबाट ल्याइएका विभिन्न खाले फूलहरू, अग्ला अग्ला नरिवलका रुख, निगालो र खेतको गरा जस्तै गरी बनाइएको चउरको डिजाइन पनि छ।[४]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]