हट शेल रे

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
हट शेल रे
हट शेल रे लाईभ
व्यक्तिगत विवरण
उत्पत्ति न्याशभिल, टेनेसि, संयुक्त राज्य अमेरिका
किसिम पप रक, पप, ईमो पप[१]
सक्रिय वर्ष २००५–हाल
लेबल आरसिए (२०११-हाल)
जाईभ (२००८-२०११)
सहयोगि किथ फोलेस, पल ओभरस्ट्रिट, फिल केगि, न्यु बोईज
सदस्यहरु
रायन फोलेस
न्याश ओभरस्ट्रिट
ईयन केगि
जेमि फोलेस

हट शेल रे एक पप रक ब्यान्ड हो जुन २००५मा न्याशभिल, टेनेसी,मा गठन भएको थियो। यस ब्यान्डमा रायन फोलेस (प्रमुख गायन, रिदम गिटार), न्याश ओभरस्ट्रिट (प्रमुख गितार, गायन), ईयन केगि (बेस, गायन), र जेमि फोलेस (ड्रम) गरि चार सदस्य रहेका छन। उनीहरूको पहिलो एल्बम, लभसिक ईलेक्ट्रिक, २७ अक्टोबर, २००९को जारी भएको थियो।[२] उनीहरूले २०११को निकै लोकप्रिय एकल गित "टुनाईट टुनाईट" गितबाट प्रसिद्धि पाए र सबैको ध्यान खिच्न सफल भए।

इतिहास[सम्पादन गर्ने]

हट शेल रे २००५मा गायक, गीतकार रायन फोलेस र गिटारवादक न्याश ओभरस्ट्रिट बीच भेट भए पछि गठन भएको थियो। ब्यान्डको नाम सुरुमा मिरेकल ड्रग थियो र पछि माईस्पेसमा भएको स्टकरको नाममा हट शेल रेमा परिवर्तन गरियो।[३] ओभरस्ट्रिट गायक तथा गीतकार पल ओभरस्ट्रिटको छोरा र अभिनेता कोर्ड ओभरस्ट्रिटको भाइ हुन। रायन र जेमि भने गीतकार किथ फोलेसको छोरा र केगि फिल केगिको छोरा हुन।[४]

समर २००७ मा, ब्यान्डले र्‍यापर लिटल जनको कन्सर्टमा प्रर्दशन गरे। त्यसपछि उनीहरूले साउथ बाई साउथवेस्ट, अस्टिन, टेक्सस् जस्ता विभिन्न स्थानहरूमा प्रर्दशन गरे र भेडेरा नामक ब्यान्डमा टुरमा गए। हालैमा उनीहरूले टेलर स्विफ्टको वर्ल्ड टुरमा समेत प्रर्दशन गरेका थिए।

उनीहरू अक्टोबर २००८मा जाईभ रेकर्डस्‌सँग अनुबन्धित भएका थिए र आफ्नो पहिलो एल्बम, 'लभसिक ईलेक्ट्रिक'मा काम सुरु गरे।

२०११–हाल: व्हाटेभर[सम्पादन गर्ने]

"हट शेल रे"ले "टुनाईट टुनाईट" बोलको एकल गित जारी गरे जुन गित जुलाई २०११मा बिलबोर्ड हट १००मा #६ सम्म पुग्न सफल भएको थियो। उनीहरूको अर्को एकल गित, "आई लाईक ‌ईट लाईक द्याट" १३ सेप्टेम्बर, २०११मा प्रिमियर भयो। उनीहरूको "व्हाटेभर" एल्बम ब्यान्डको वेबसाइटमा ४ अक्टोबर, २०११मा घोषणा गरिएको थियो, र २९ नोभेम्बर, २०११मा जारी भएको थियो।

३१ डिसेम्बर २०११ मा, ब्यान्डले रायन सिक्रेस्टसँग डिक क्लार्कको नयाँ वर्ष कार्यक्रममा प्रदर्शन गरे। २९ जनवरी २०१२मा उनीहरूले राष्ट्रिय टिभि कार्यक्रम - प्रो बाउल पूर्वखेल समारोहमा गाए।[५] उनीहरूले फेब्रुवरि २०, २०१२मा हल अफ गेम अवार्डस्‌मा पनि गित गाए।

ब्यान्डका सदस्यहरू[सम्पादन गर्ने]

  • रायन किथ फोलेस – प्रमुख गायन, रिदम गिटार (२००५–हाल)
  • न्याश लिनडेन मिलर ओभरस्ट्रिट – प्रमुख गितार, गायन (२००५–हाल)
  • ईयन सब्यास्टियन केगि – बेस, गायन (२००५–हाल)
  • जेमि क्रिस्टियन फोलेस – ड्रम (२००५–हाल)

सांगीतिक रेकर्डिंगहरूको सूची[सम्पादन गर्ने]

एल्बम[सम्पादन गर्ने]

शीर्षक एल्बम विवरण टप चार्ट स्थान
युएस्
[६]
अस्ट्रेलिया
[७]
लभसिक ईलेक्ट्रिक
  • जारि मिति: अक्टोबर २३, २००९
  • लेबल: जाईभ
व्हाटेभर
  • जारि मिति: नोभेम्बर २९, २०११
  • लेबल: आरसिए
४८ २५

विस्तारित गीत[सम्पादन गर्ने]

शीर्षक एल्बम विवरण टप चार्ट स्थान
युएस् हिट
[८]
टुनाईट टुनाईट
  • जारी मिति: फेब्रुवरि ८, २०११
  • लेबल: जाईभ

एकल गीत[सम्पादन गर्ने]

वर्ष शीर्षक टप चार्ट स्थान सर्टिफिकेशन्स् एल्बम
युएस्
[९]
युएस्
पप

[१०]
युएस्
[९]
युएस्
[९]
क्यानडा
[९]
अस्ट्रेलिया
[११]
२००९ "आई लाईक टु डान्स" लभसिक ईलेक्ट्रिक
२०१० "ब्लिड" ३१
२०११ "टुनाईट टुनाईट" १९ १०
  • अस्ट्रेलिया: प्ल्याटिनम[१२]
  • क्यानडा: प्ल्याटिनम[१३]
  • युएस्: २× प्ल्याटिनम[१४]
व्हाटेभर
"आई लाईक ‌ईट लाईक द्याट" (न्यु बोईजसंग) २८ १५ १८ ३८ ५९ १७
  • अस्ट्रेलिया: प्ल्याटिनम[१२]
  • युएस्: प्ल्याटिनम[१४]
२०१२ "अनेस्टलि" ४६

म्युजिक भिडियो[सम्पादन गर्ने]

  • आई लाईक टु डान्स (२००९) [निर्देशक - एरोन प्ल्याट]
  • ब्लिड (२०१०)
  • टुनाईट टुनाईट (२०११) [निर्देशक - लुगा पोडेस्टा]
  • आई लाईक ‌ईट लाईक द्याट (२०११)
  • अनेस्टलि (२०११)

पुरस्कार तथा नामांकन ‎[सम्पादन गर्ने]

वर्ष संस्था पुरस्कार मनोनित कार्य परिणाम
२०११ प्रेमियोस फ्युज अवार्ड सर्वश्रेष्ठ नयाँ कलाकार - अन्तर्राष्ट्रिय "टुनाईट टुनाईट" मनोनित
जे-१४ टिन आईकन अवार्ड आईकनिक ब्यान्ड हट शेल रे मनोनित
अमेरिकन म्युजिक अवार्ड स्प्रिन्ट वर्षको नयाँ कलाकार हट शेल रे विजयी

सन्दर्भ सूची[सम्पादन गर्ने]

बाह्य लिन्क्सहरू[सम्पादन गर्ने]