हरितगृह प्रभाव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कलकारखानाबाट निस्किएको धुवाँ, माटरगाडीको धुवाँ, धुलो तथा वनजङ्गलको विनाशका कारणले गर्दा वायुमण्डलमा कार्वनडाइअक्साइड तथा अन्य प्रदूषक ग्यासको मात्रामा वृद्धि हुन्छ । यो वृद्धिले गर्दा सूर्यको पृथ्वीमा परेको ताप परावर्तित हुने प्रक्रियामा रोकावट हुन्छ । जसले गर्दा काँचको हरियो घरमा प्रकाश भित्र जाने तर बाहिर नआउने हुनाले तातो भएजस्तै पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ । यसलाई हरितगृह प्रभाव (अङ्ग्रेजी Green House Effect) भनिन्छ ।

प्रक्रिया[सम्पादन गर्नुहोस्]

सूर्यबाट विभिन्न विकिरण आइरहेका हुन्छन् । तीमध्ये लघु तरङ्गका विकिरण इन्फ्रारेड रेडिएसन हरू पृथ्वीका सतहमा आइपुगेपछि दीर्घ तरङ्गी विकिरण फार इन्फ्रारेड रेडिएसन मा बदलिन्छ । वायुमण्डलमा रहेका हरित गृह ग्याँसहरूले ती दिर्घ तरङ्गका विकिरणलाई अन्तरिक्षतर्फ जान रोकी आफैँले सोसेर राख्दछन् । यसरी पृथ्वीमा दिर्घ तरङ्गका विकिरण हरू तापको रूपमा वायुमण्डलको तल्लो तहमा थुपृन्छन् र तिनले वायुमण्डललाई न्यानो पारी राख्दछन् । यिनै थुप्रेका विकिरणहरूले वायुमण्डलमा पार्ने विभिन्न असर नै हरित गृह प्रभावको रूपमा देखिन्छ । साधारण्त: यो निरन्तर रूपमा चलिरहने प्रकृया हो । यसलाई पृथ्वी तात्ने प्रकृया पनि भनिन्छ ।


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

हरित गृह

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]