हिउँ चितुवा
यो लेख अंग्रेजी विकिपीडिया बाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।
| हिउँ चितुवा | ||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| संरक्षण स्थिति | ||||||||||||||||
| वैज्ञानिक वर्गीकरण | ||||||||||||||||
|
||||||||||||||||
| द्विपद नाम | ||||||||||||||||
| Panthera uncia (स्क्रबर, १७७५) |
||||||||||||||||
Range map
|
||||||||||||||||
हिउँ चितुवा (अंग्रेजी: Snow Leopard) ठूलो बिरालो प्रजातिको मांसाहारी जनावर हो, जुन दक्षिण अफ्रिका तथा मध्य एशियाका हिमाली क्षेत्रमा पाइन्छ। हिउँ चितुवा समुन्द्री सतहबाट ३,००० देखि ५,५०० मिटर उचाई बीचका चट्टानी हिमाली क्षेत्रमा बसोबास गर्छन। लुकेर रहने स्वभाबको कारण यिनिहरूको सही संख्या थाहा हुन सकेको छैन, तापनि खुला जंगली क्षेत्रमा ३,५०० देखि ७,०००को संख्यामा तथा बिश्वका चिडियाघरहरूमा ६०० देखि ७००को संख्यामा हिउँ चितुवाहरू रहेको अनुमान गरिएको छ।
हिउँ चितुवा अन्य ठूला बिरालो प्रजातिका जनावर भन्दा सानो हुन्छ, तर उनीहरू कै आकारमा देखिन्छ, सामान्यतया यिनीहरूको तौल २७ देखि ५४ किलोग्राम तथा लम्बाई ७५ देखि १३० सेन्टिमिटरको हाराहारीमा हुन्छ भने पुच्छर सहितको लम्बाई यो लम्बाईको ७५ देखि ९० प्रतिशत बढी हुने गर्छ।
विषयसूची |
[सम्पादन गर्ने] स्वरूप
यसको थुतुनो छोटो हुन्छ र नाकका प्वाल ठूला हुन्छन् जसले गर्दा हिमाली क्षेत्रमा स्वास फेर्न सजिलो हुन्छ। यसको शरीरमा हल्का खैरो रंगको लामा र बाक्ला भुत्ला हुन्छन्। यसको शरीरभरी काला पहेँला थेग्लाहरू हुन्छन् र छाती सेतो हुन्छ। यसको आँखा निलो वा हरियो रंगको हुन्छ पंजा ठूला हुन्छन् जसले गर्दा यिनीहरू हिउँमा सजिलै हिड्न सक्छन। लामो र लचकदार पुच्छर हुन्छ जसले गर्दा चट्टानी भू-भागमा हिड्दा शरीर संतुलन गर्न सहयोग मिल्छ।
[सम्पादन गर्ने] वासस्थान
हिउँ चितुवा हिमाली क्षेत्रका जंगल तथा पत्थरीला पहाडहरूमा बसोबास गर्ने गर्दछ।
[सम्पादन गर्ने] भौगोलिक बितरण
हिउँ चितुवा मध्य तथा दक्षीण एशियाको उबडखाबड परेको हिमाली प्रदेशमा लगभग १,२३०,३०० वर्ग किलोमिटरको क्षेत्र भित्र पाइन्छ, जुन क्षेत्र भित्र नेपाल, चीन, भारत, अफगानिस्तान, भुटान, काजकस्तान, किर्गिस्तान, मंगोलिया, पाकिस्तान, रसिया, ताजकिस्तान र उज्वेकिस्तान लगायतका बाह्र वटा देशहरू पर्छन।
भौगोलिक बितरण अनुसार हिम चितुवा बसोबास गर्ने क्षेत्र पश्चिम अफगानिस्तानको हिन्दुकुस शिर दर्या(the Syr Darya) बाट पमिर हिमालय(Pamir Mountains), टियान शान(Tian Shan), काराकोरम हिमाल(Mt.K2),कश्मिर, कुन्लुन, हुदै दक्षिणी साइबेरीया सम्म फैलिएको छ, जहाँ रसियाको अल्ताइ हिमाल, साजन, तन्नु-ओला हिमाल र बैकाल तालको पश्चिमी क्षेत्रका हिमलायहरू पनि पर्दछन। हिउँ चितुवा मंगोलियामा मंगोलिया तथा गोवी अल्ताइ(Gobi Altai) र खाङ्गाई हिमालाम तथा तिब्बतमा उत्तरमा अल्ताइन-ताह(Altyn-Tagh) सम्म पाइन्छ।
[सम्पादन गर्ने] संख्या तथा संरक्षण स्थिति
म्याककार्थि(McCarthy)ले सन २००३मा गरेको अध्ययनका अनुसार हिउँ चितुवाको कुल संख्या ४,०८० देखि ६,५९०को हाराहारिमा रहेको देखिन्छ(तालिका तल छ), यो अनुमानित संख्यामा हाल फरक पर्न सक्छ। साथै बिश्वभरिका चिडियाघरहरूमा लगभग ६००-७००को संख्यामा हिउँ चितुवाहरू रहेको अनुमान गरिएको छ।
सन १९७२मा आई यु सि एन(IUCN)ले हिउँ चितुवालाई बिश्वब्यापि रूपमा यसको खतरामा परेका प्रजातिको रातो सुची(Red List of Threatened Species)मा सुचीकृत गर्यो, सन २००८मा यहि खतराको सुचीलाई कायम नै राखियो।
| देश( क्षेत्र) | बासस्थानको क्षेत्र (कि मि२.) |
अनुमानित संख्या |
|---|---|---|
| अफगानिस्तान | ५०,००० | १००-२००? |
| भुटान | १५,००० | १००-२००? |
| चीन | १,१००,००० | २,०००-२,५०० |
| भारत | ७५,००० | २००-६०० |
| काजकस्तान | ५०,००० | १८०-२०० |
| किर्गिस्तान | १०५,००० | १५०-५०० |
| मंगोलिया | १०१,००० | ५००-१,००० |
| नेपाल | ३०,००० | ३००-५०० |
| पाकिस्तान | ८०,००० | २००-४२० |
| ताजकिस्तान | १००,००० | १८०-२२० |
| उज्वेकिस्तान | १०,००० | २०-५० |
संरक्षण क्षेत्रहरू:
- चित्रल राष्ट्रिय निकु़ञ्ज, खाईबर-पख्तुनख्वा, पाकिस्तान.
- हेमिस राष्ट्रिय निकु़ञ्ज, लताख, भारत.
- खुन्जरब राष्ट्रिय निकु़ञ्ज, गिल्गिट-बाल्तिस्तान, पाकिस्तान.
- नन्दा देवी राष्ट्रिय निकु़ञ्ज, उत्तरखण्ड, भारत, युनेस्को बिश्वसम्पदा सुचीमा सुचीकृत
- क्वामोलाङ्मा(Qomolangma) राष्ट्रिय प्रकृति आरक्ष, तिब्बत, चीन.
- सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल, युनेस्को बिश्वसम्पदा सुचीमा सुचीकृत
- तमोर फेङ(Tumor Feng) प्रकृति आरक्ष, पश्चिमी टियाशान हिमाल, शिन्जियाङ, चीन.
- भ्यालि अफ फ्लावर(Valley of Flowers) राष्ट्रिय निकु़ञ्ज, उत्तरांचल, भारत, युनेस्को बिश्वसम्पदा सुचीमा सुचीकृत
- शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, डोल्पा, नेपाल.
- ढोरपाटन शिकार आरक्ष, बाग्लुङ्ग, नेपाल.
- अन्नपूर्ण संरक्षण क्षेत्र, नेपाल.
- जिग्मे दोर्जि राष्ट्रिय निकु़ञ्ज, भुटान.
- गोबि गुर्भान्सैखान राष्ट्रिय निकु़ञ्ज, मंगोलिया.
- अबसुनुर हलो(Ubsunur Hollow), मंगोलिया र टुभा गणतन्त्र, रुसको राज्य सिमानामा.
- दिबाङ बन्यजन्तु आरक्ष, अनिनि, भारत.
[सम्पादन गर्ने] बाहिरी लिंकहरू
|
|||||||||||