हितोपदेश
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
बंगाल का माण्डलिक राजा धवलचंद्रको दरवारका राजकवि नारायण पंडितद्वारा रचित नीतिकथाहरूको संगालो| हितोपदेशका कथामा अर्बुदाचल (आबू) पाटलिपुत्र, उज्जयिनी, मालवा, हस्तिनापुर, कान्यकुब्ज (कन्नौज), वाराणसी, मगधदेश, कलिंगदेश आदि स्थानको उल्लेख भएकोले कथाहरूले त्यस समयमा ती स्थानहरूको चित्रण गरेको मान्न सकिन्छ| यस बाहेक स्वयं रचनाकार नारायण पंडितले उल्लेख गरेका छन्- पंचतंत्रान्तथाडन्यस्माद् ग्रन्थादाकृष्य लिख्यते। | जसको अर्थ हुन्छ - पंचतंत्र यसको आधार हो| यसको रचना काल १२ ऑ शताव्दी मानिएको छ| नेपाली भाषामा हस्तलिखित प्रति १३७३ ई.को मानिए पश्चात१ यस काल प्रमाण लाई थप बल मिलेको छ|
हितोपदेश कथा हरू चार भागोंमा विभक्त छन|
१. मित्रलाभ
२. सुहृद्भेद
३. विग्रह
४. संधि