हितोपदेश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बङ्गाल का माण्डलिक राजा धवलचंद्रको दरवारका राजकवि नारायण पंडितद्वारा रचित नीतिकथाहरूको संगालो| हितोपदेशका कथामा अर्बुदाचल (आबू) पाटलिपुत्र, उज्जयिनी, मालवा, हस्तिनापुर, कान्यकुब्ज (कन्नौज), वाराणसी, मगधदेश, कलिंगदेश आदि स्थानको उल्लेख भएकोले कथाहरूले त्यस समयमा ती स्थानहरूको चित्रण गरेको मान्न सकिन्छ| यस बाहेक स्वयं रचनाकार नारायण पंडितले उल्लेख गरेका छन्- पंचतंत्रान्तथाडन्यस्माद् ग्रन्थादाकृष्य लिख्यते। | जसको अर्थ हुन्छ - पंचतंत्र यसको आधार हो| यसको रचना काल १२ अैां शताव्दी मानिएको छ| नेपाली भाषामा हस्तलिखित प्रति १३७३ ई.को मानिए पश्चात यस काल प्रमाण लाई थप बल मिलेको छ|

हितोपदेश कथा हरू चार भागमा विभक्त छन|

१. मित्रलाभ

२. सुहृद्भेद

३. विग्रह

४. संधि