हिमानी शिवलिङ्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमरनाथ स्थित हिमानी शिवलिङ्ग

हिमानी शिवलिङ्ग अमरनाथ मन्दिरको गुफामा हिउँले निर्मित हुने शिवलिङ्गलाई भन्ने गरिन्छ । जसको भारतीय जीवनमा आफ्नो बेग्लै धार्मिक महत्त्व छ र यस शिवलिङ्गलाई हेर्न लाखौको संख्यामा श्रद्धालुहरु टाढा टाढाबाट आउने गर्छन । यो शिवलिङ्ग मौसममा आउने बदलाव अनुसार चन्द्रमाको कला अनुसार घट्ने बढ्ने हुन्छ र पूर्णिमाको दिन लगभग १० वा १२ फिटको उचाई सम्म हुने गर्दछ । प्रत्येक वर्ष श्रावण पूर्णिमाको दिन जुलाई-अगस्त महिनामा यो शिवलिङ्ग आफ्नो अधिकतम उचाईमा आउने गर्दछ र यसै दिन विश्वभरका श्रद्धालु अमरनाथ गुफामा स्थित मन्दिर मा घुइचो लाउने गर्छन ।

अमरनाथ श्रीनगरको पूर्वमा १४५ कि.मी. टाढा स्थित छ । अमरनाथ गुफा जहाँ स्थित छ त्यहाँ हिउँले ढाकिएको उपत्यका छ जुन समुन्द्र सतहदेखि १३,७०० फिट ऊँचाईमा स्थित रहेको छ । सेप्टेम्बर देखि जुन सम्म यो ठाउँ पुरै हिउँले ढाकिएको हुन्छ र यहाँ पुग्न अप्ठ्यारो हुन्छ । अमरनाथ गुफा लगभग १५० फिट अग्लो र ९० फिट लामो रहको छ ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]