हिसिला यमी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
हिसिला यमी

By #sagar2055

हिसिला यमी मन्त्री पदमा बहाल रहेकै बेला संविधानसभाको सभासद्मा विजयी हुने मध्ये एक हुनुहुन्छ। काठमाडौं ७ बाट विजयी हुनभएकी यमी एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को केन्द्रीय सदस्य पनि हुनुहुन्छ। उहाँले लामो समयसम्म प्राध्यापन पनि गर्नुभयो। उहाँ माओवादी निकट महिला संघको केन्द्रीय अध्यक्ष पनि बन्नुभयो। पूर्वमन्त्री धर्मरत्न यमीकी छोरी भएकाले राजनैतिक वातावरणमा हुर्कनुभएकी यमी सानैदेखि नै राजनीतिप्रति रुची थियो। उहाँ ०३६ देखि मोहनविक्रम सिंहले नेतृत्व गरेको मसालबाट राजनीति यात्रा थाल्नुभएको थियो। यमी ०६२मा आफ्ना पति डा.बाबुराम भट्टराई, दीनानाथ शर्मासँगै पार्टीबाट कारबाही पर्नुभयो। केही समयपछि पुनः बहाली गरिएको थियो।

४८ वर्षीया यमी औपचारिकरूपमा बेलायतबाट आर्किटेक्चर 'हाउजिङ'मा स्नातकोत्तर हुनुहुन्छ। यमी संयुक्त सरकारको आवास तथा भौतिक योजनामन्त्री बन्नुभयो।

राज्यको पुनर्संचनामा आर्थिक, सामाजिक क्रान्तिलाई जोड दिदै संविधानमा नै शिक्षा, स्वास्थ्य र रोजगारलाई मौलिक हकको रूपमा सुनिश्चित गर्ने उहाँको एजेण्डा छ। आफूले जनताको लागि गरेको त्याग र माओवादीले संविधानसभाको लागि यति धेरै बलिदान गरेकाले आफूलाई जनताले विजयी बनाएको उहाँको तर्क छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]