होलेसुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

होलेसुङ आजभन्दा लगभग ४५० वर्ष पहेले हलेसी क्षेत्रको किरातीहरुका साझा पुर्खा प्रथम कविला शासक थिए। जस लाई चाम्लिङ राई हरूको पहिलो पुर्खाभनिन्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

मझुवागढीबाट हलेसी क्षेत्र आएका "होमैखुङ" का छोरा होलेसुङ थिय। होलेसुङले सेनवंशी शासनअन्तरगत हलेसी थुममा स्वायत्त शासन गरेका थिए । उनले सेनहरूबाट 'लाहाछाप' प्राप्त गरी स्थानीय शासन सञ्चालन गरेका थिए। सेन र मकवानका बीचमा चलेको युद्धमा सेनको तर्फबाट होलेसुङ पनि लडाई लडेका थिय। उनको दरबार हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ५ साविकको दुर्छिम गाविस को वडा नम्बर ३ मा पर्ने हात्तीढुङ्गे गाउँको 'खिम्ले'मा थियो। यहाँ अझै उनले बनाएका दरबारको भग्नावशेष पाइन्छ। हाल निर्माण भएको सडक दुर्छिम छापडाँडा ‘दलश्वर राई’ चोक बरभञ्ज्याङबाट साल्तेम्मा, चुमाखु, चुमाखभन्ज्याङ, हात्तिढुंगा, पिपले, गणेशटार, वानाम्ला गाउँ हुँदै सुनकोशी किनारको बतासेघाट जोडिएको १२.१ किलोमिटर सडक होलेसुङ-जनकराज राई मार्ग यिनै किराती पुर्खा होलेसुङ कोनाममा जोडिएको छ।