१९९६ क्रिकेट विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९९६ विल्स क्रिकेट विश्वकप
मिति१४ फेब्रुअरी – १७ मार्च
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद
क्रिकेटको प्रकारएकदिवसीय अन्तर्राष्ट्रिय
टुर्नामेन्टको प्रकारराउन्ड-रोबिन तथा नक्आउट
आयोजक(हरू)पाकिस्तान
भारत
श्रीलङ्का
विजेताश्रीलङ्का श्रीलङ्का (१औँ उपाधि)
सहभागीहरू१२
खेल संख्या३७
म्यान अफ द सिरिजश्रीलङ्का सनथ जयसूर्या
अधिक रनभारत सचिन तेन्दुलकर (५२३)
अधिक विकेटभारत अनिल कुम्बले (१५)

क्रिकेट विश्वकप १९९६ (आधिकारिक रूपमा विल्स क्रिकेट विश्वकप) क्रिकेट विश्वकप प्रतियोगिताको छैठौ क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता १४ फेब्रुअरी देखि १७ मार्च सम्म पाकिस्तान, भारत तथा श्रीलङ्कामा भएको थियो । यो टुर्नामेन्ट आईटिसीले विल्ड ब्राण्ड दवारा प्रायोजित रहेको थियो । यस टुर्नामेन्टमा १२ वटा टिमले भाग लिएको थियो । यो प्रतियोगिता श्रीलङ्काले अस्ट्रेलियालाई हराएर पहिलो पटक जितेको थियो ।[१]

आयोजक[सम्पादन गर्नुहोस्]

सन् १९९६ को विल्स विश्वकप पाकिस्तान, भारत तथा श्रीलङ्कामा भएको थियो । यस विश्वकप अघि अस्ट्रेलिया तथा वेस्ट इन्डिज क्रिकेट टिमले श्रीलङ्कामा तनावको स्थिति देखेर खेल्न अस्विकार गरेका थिए । श्रीलङ्का क्रिकेट बोर्डले सुरक्षा स्थिति बढाउदा पनि दुवै टिम खेल्न मानेनन् जसले गर्दा श्रीलङ्का सिधै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो ।

आयोजक शहर तथा स्थान[सम्पादन गर्नुहोस्]

भारतले १७ वटा म्याचको आयोजन १७ वटा भिन्न स्थानमा गरेको थियो भने पाकिस्तानले १६ म्याच को आयोजन ६ वटा स्थानमा गरेको थियो तथा श्रीलङ्काले ४ वटा म्याच ३ स्थानमा आयोजन गरेको थियो ।

भारत[सम्पादन गर्नुहोस्]

शहर स्थान क्षमता म्याचहरू
कोलकाता, पश्चिम बङ्गाल इडेन गार्डेन ९०,०००
कानपुर, उत्तर प्रदेश ग्रीन पार्क ४५,०००
मोहाली, पञ्जाब पञ्जाब क्रिकेट सङ्घ स्टेडियम ४०,०००
बेंगलोर, कर्नाटक एम. चिन्नास्वामी स्टेडियम ५५,०००
चेन्नई, तामिलनाडु एम. ए. चिदबरम स्टेडियम ५०,०००
हैदराबाद, तेलङ्गाना लाल बहादुर शास्त्री स्टेडियम ३०,०००
कटक, उडिसा बाराबती स्टेडियम २५,०००
ग्वालीयर, मध्य प्रदेश रूप सिंह स्टेडियम २५,०००
विसाखापट्टनाम, आन्ध्र प्रदेश इन्दिरा प्रियदर्शिनी स्टेडियम २५,०००
पटना, बिहार मोइन-उल-हक स्टेडियम २५,०००
पुणे, महाराष्ट्र नेहरू स्टेडियम २५,०००
मुम्बई, महाराष्ट्र वानखेडे स्टेडियम ४५,०००
अहमदाबाद, गुजरात सरदार पटेल स्टेडियम ४८,००० 1
वडोदरा, गुजरात मोती बाग स्टेडियम १८,०००
जयपुर, राजस्थान सवाई मानसिंह स्टेडियम ३०,०००
नागपुर, महाराष्ट्र विदर्भ सी.ए. ग्राउन्ड ४०,०००
दिल्ली फिरोज साह कोटला स्टेडियम ४८,०००

पाकिस्तान[सम्पादन गर्नुहोस्]

शहर स्थान क्षमता म्याचहरू
पेशावर, खाइबर पखतुनख्वा अरबाब नियाज स्टेडियम ३०,०००
लाहोर, पञ्जाब गद्दाफी स्टेडियम ६०,०००
फैसलाबाद, पञ्जाब इकबाल स्टेडियम २५,०००
गुजरानवाला, पञ्जाब जिन्नाह स्टेडियम १२,०००
कराची, सिन्ध राष्ट्रिय स्टेडियम ३०,०००
रावलपिन्डी, पञ्जाब रावलपिन्डी क्रिकेट स्टेडियम १५,०००

श्रीलङ्का[सम्पादन गर्नुहोस्]

शहर स्थान क्षमता म्याचहरू
क्यान्डी असगीरिया स्टेडियम २५,०००
कोलम्बो आर. प्रेमदासा स्टेडियम ३५,०००
कोलम्बो सिन्हालीज स्पोर्ट्स क्लब ग्राउन्ड १०,०००
श्रीलङ्कामा स्थान

समुह चरण[सम्पादन गर्नुहोस्]

समुह A[सम्पादन गर्नुहोस्]

समुह B[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Cricket Worldcup Timeline", espncricinfo