२०२२ फिफा विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२२ फिफा विश्वकप
كأس العالم لكرة القدم 2022
कास अल-आलम लि-कुरात अल-कदम २०२२
الآن هو كل شيء
Al-ʾāna huwa kulu shayʾ
"वर्तमान सबै थोक हो"[१]
प्रतियोगिता विवरण
आयोजक राष्ट्र कतार
मिति२० नोभेम्बर१८ डिसेम्बर
टोलीहरू३२(५ सङ्घहरूबाट)
स्थान(हरू)८ (५ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता अर्जेन्टिना (३औँ उपाधि)
उप-विजेता फ्रान्स
तेस्रो स्थान क्रोएसिया
चौथो स्थान मोरोक्को
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू६३
गोल सङ्ख्या१६६ (२.६३ प्रति खेल)
उपस्थिति२,५४६,९३७ (४०,४२८ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)फ्रान्स किलियन एम्बाप्पे (८ गोल)
तथ्याङ्कहरू ४ डिसेम्बर २०२२ सम्म अद्यावधिक गरिएको छ।


२०२२ फिफा विश्वकप (अरबी: كأس العالم لكرة القدم‎) फिफा विश्वकपको २२औँ संस्करण हो, जुन फिफाको सदस्य सङ्घहरूको पुरुष राष्ट्रिय टोलीहरूद्वारा प्रतिस्पर्धा गरिने एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो। यो प्रतियोगिता कतारमा नोभेम्बर २० देखि डिसेम्बर १८, २०२२ सम्म आयोजना भएको थियो। सन् २००२ मा दक्षिण कोरियाजापानमा भएको प्रतियोगितापछि यो अरब र मुस्लिम विश्वमा आयोजना भएको पहिलो विश्वकप हो भने यसलाई दोस्रो पूर्ण रूपमा एसियामा आयोजना गरिएको थियो। सन् २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै फ्रान्स विजेता बनेको थियो। २२ अर्ब अमेरिकी डलरभन्दा बढीको अनुमानित लागतमा, यो अहिलेसम्मको सबैभन्दा महँगो विश्वकप हो।[२] यो आँकडा कतारी अधिकारीहरूद्वारा विवादित छ, जसमा आयोजक कार्यकारी नासेर अल खातेर पनि समावेश छन्। उनको अनुसार, वास्तविक लागत $८ अर्ब हो, र अन्य तथ्याङ्कहरू २०१० मा कतारलाई विश्वकप प्रदान गरिएदेखि समग्र पूर्वाधार विकाससँग सम्बन्धित छन्।[३]

३२ टोलीको सहभागिता रहेको यो प्रतियोगिता अन्तिम थियो भने २०२६ फिफा विश्वकपमा ४८ टोलीले प्रतिस्पर्धा गरेका थिए। कतारको तातो हावापानीको[upper-alpha १] चरम सीमाबाट बच्नका लागि यो विश्वकप नोभेम्बर र डिसेम्बरमा आयोजना भएको थियो।[upper-alpha २] यो २९ दिनको कम समयावधिमा खेलाइएको थियो जसमा ६४ खेलहरू पाँच सहरका आठ स्थानहरूमा खेलाइएको थियो। कतार राष्ट्रिय फुटबल टोली छनोट प्रक्रियाद्वारा निर्धारित ३१ टोलीहरूसँगै स्वतः प्रतियोगितामा प्रवेश गरेको थियो, जुन कतारको लागि पहिलो विश्वकप हो।

कतारले समूहचरणका तीनै खेलमा हार बेहोरेको थियो।[६] कतार प्रत्येक खेल गुमाउने पहिलो आयोजक बनेको थियो।[७] समूह चरण पार गर्न नसक्ने आयोजक बनेको कतार सबैभन्दा पहिला नै बाहिरिएको थियो जहाँ यसभन्दा अगाडि २०१० फिफा विश्वकपको आयोजक राष्ट्रिय दक्षिण अफ्रिका पनि समूह चरणबाटै बाहिरिएको थियो।

प्रतियोगिताको फाइनलको पहिलो चरणमा, टोलीहरूले अङ्कको लागि चार टोलीहरूको आठ राउन्ड-रोबिन समूहमा प्रतिस्पर्धा गरेका थिए जहाँ प्रत्येक समूहको शीर्ष दुई टोलीहरू अगाडि बढेका थिए। यी १६ टोली नकआउट चरणमा प्रवेश गरेका थिए, जहाँ कतारको राष्ट्रिय दिवसको अवसरमा १८ डिसेम्बर २०२२ मा लुसेल रङ्गशालामा हुने फाइनलमा कुन टोलीले भाग लिने भन्ने निर्णय गर्न तीन चरणको खेल सम्पन्न भएको थियो।[८]

कतारमा विश्वकप आयोजना गर्ने निर्णय विवादको विषय बनेको थियो।[upper-alpha ३]

अवलोकन[सम्पादन गर्नुहोस्]

फिफा विश्वकप राष्ट्रिय फुटबल टोलीहरू बीच आयोजित एक व्यावसायिक सङ्घ फुटबल प्रतियोगिता हो।[१७] फिफाद्वारा आयोजित यो प्रतियोगिता, हरेक चार वर्षमा आयोजना गरिन्छ, पहिलो पटक सन् १९३० मा उरुग्वेमा खेलाइएको थियो र सन् १९९८ को संस्करण देखि प्रतियोगितामा ३२ टोलीले प्रतिस्पर्धा गर्दै आएका छन्।[१८] यस प्रतियोगितामा ८ राउन्ड रोबिन समूहहरू र १६ टोलीहरूको लागि नकआउट राउन्डको साथ प्रतिस्पर्धा गरिन्छ। अघिल्लो संस्करणको विजेता फ्रान्स हो[१८], जसले २०१८ फिफा विश्वकप फाइनलमा क्रोएसिया राष्ट्रिय फुटबल टोलीलाई ४-२ गोल अन्तरले पराजित गरेको थियो[१९] यो प्रतियोगिता कतारमा नोभेम्बर २० देखि डिसेम्बर १८, २०२२ सम्म कम आयोजना भएको थियो ।[२०] कतारमा आयोजना गरिएको यो अरब विश्वमा आयोजना भएको पहिलो विश्वकप प्रतियोगिता हो।[२१][२२][२३][२४][२५][२६] दर्शकहरूले सामाजिक दूरी, मास्क लगाउने र नकारात्मक परीक्षणहरू जस्ता अधिकांश कोभिड-१९ महामारी प्रतिबन्धहरूको पालना गर्नु आवश्यक थिएन।[२७]

तालिका[सम्पादन गर्नुहोस्]

विगतका फिफा विश्वकपहरू भन्दा फरक यो विश्वकप[४][२८] (सामान्यतया जुन र जुलाईमा खेलिन्छ), कतारको तीव्र गर्मी र प्रायः अत्यधिक उच्च आर्द्रताको कारण, प्रतियोगिता नोभेम्बर र डिसेम्बरमा खेलाइएको थियो। फलस्वरूप, विश्वकप असामान्य रूपमा घरेलु सङ्घ फुटबल लिगहरूको संस्करणको बीचमा खेलाइएको थियो, जुन जुलाई वा अगस्टको अन्त्यमा सुरु हुन्छ, जसमा सबै प्रमुख युरोपेली लिगहरू समावेश छन्।[२९] विश्वकपलाई समायोजित गर्न उनीहरूको घरेलु तालिकामा विस्तारित विश्रामहरू लिन बाध्य भएका थिए। युरोपका प्रमुख प्रतियोगिताहरूले विश्वकपअघि नै आ–आफ्ना प्रतियोगिताका समूह खेलहरू खेल्ने तालिका बनाएका थिए।[३०]

फिफाले सन् २०२० को जुलाईमा खेलको तालिका सार्वजनिक गरेको थियो।[३१] समूह चरण २१ नोभेम्बरदेखि सुरु हुने तय भएको थियो, जसमा प्रत्येक दिन चार खेलहरू भएका थिए।[३२][३३] कतारले फिफालाई आफ्नो टोलीलाई प्रतियोगिताको उद्घाटन गर्न अनुमति दिन दिएपछि कतार र इक्वेडरबीचको खेल नोभेम्बर २० मा सारिएको थियो। फाइनल १८ डिसेम्बर २०२२, राष्ट्रिय दिवसमा लुसेल रङ्गशालामा खेलाइएको थियो।[३४][३१]

प्रत्येक समूहका लागि खेलहरू निम्न रङ्गशालाहरूका लागि छुट्याइएको थियो:

  • समूह क, ख, ङ, च: अल बयत रङ्गशाला, खलिफा अन्तर्राष्ट्रिय रङ्गशाला, अल थुमामा रङ्गशाला, अहमद बिन अली रङ्गशाला
  • समूह ग, घ, छ, ज: लुसेल रङ्गशाला, ९७४ रङ्गशाला, शिक्षा सहर रङ्गशाला, अल जानुब रङ्गशाला

फिफाले १ अप्रिल २०२२ मा समूह चरणको स्थान र किक-अफको घोषणा गरेको थियो।[३५][३६] ११ अगस्टमा, कतार र इक्वेडर बीचको खेललाई एक दिन अगाडि ल्याइएको थियो, जुन अहिले प्रतियोगिताको उद्घाटन खेल बनेको थियो। सेनेगल विरुद्ध नेदरल्यान्डको खेलले मूल तालिका अन्तर्गत प्रतियोगिताको उद्घाटन गरेको थियो।[३७]

पुरस्कार राशि[सम्पादन गर्नुहोस्]

अप्रिल २०२२ मा, फिफाले सबै सहभागी राष्ट्रहरूको लागि पुरस्कारको घोषणा गरेको थियो। प्रत्येक योग्य टोलीले प्रतियोगिता अघि $१५ लाख प्राप्त गरेका थिए र प्रत्येक टोलीले पुरस्कार राशिमा कम्तिमा $९० लाख प्राप्त गरेका थिए। यस संस्करणको कुल पुरस्कार $४४ करोड रहेको थियो जुन अघिल्लो प्रतियोगिताको पुरस्कार भन्दा $४ करोड बढी थियो। [३८]

स्थान रकम (करोडमा)
प्रति टोली जम्मा
विजेता $४.२ करोड $४.२ करोड
उप-विजेता $३ करोड $३ करोड
तेस्रो स्थान $२.७ करोड $२.७ करोड
चौथो स्थान $२.५ करोड $२.५ करोड
५औँ–८औँ स्थान (क्वाटर-फाइनल) $१.७ करोड $६.८ करोड
९औँ–१६औँ स्थान (दोस्रो चरण) $१.३ करोड $१०.४ करोड
१७औँ–३२औँ स्थान (समूह चरण) $९० लाख $१४.४ करोड
जम्मा $४४ करोड

नियम परिवर्तन[सम्पादन गर्नुहोस्]

प्रतियोगितामा नयाँ प्रतिस्थापन नियमहरू रहेका थिए जसमा टोलीहरूले सामान्य समयमा पाँच प्रतिस्थापन गर्न सक्दछन्, र अतिरिक्त समयमा एक अतिरिक्त प्रतिस्थापन गर्न सक्दछन्।[३९][४०][४१] यसको अतिरिक्त, यो पहिलो विश्वकप हो जसमा चोट लागेकाहरूलाई पनि प्रतिस्थापनहरू गर्ने व्यवस्था मिलाइएको थियो। प्रत्येक टोलीलाई खेलको समयमा अधिकतम एक त्यस्तो प्रतिस्थापन विकल्प प्रयोग गर्न अनुमति दिइएको थियो। उक्त प्रतिस्थापनले टोलीको नियमित प्रतिस्थापनको कोटामा गणना गर्दैन।[४२] इरानी गोलरक्षक अलिरेजा बेइरानभान्डलाई इङ्ल्यान्ड विरुद्धको आफ्नो देशको पहिलो खेलमा चोट लागेको थियो र उनको स्थानमा होसेन होसेनीलाई टोलीमा समावेश गरिएको थियो। विश्वकपको दौडान यस्तो खालको प्रतिस्थापन पहिलोपटक प्रयोगमा ल्याइएको थियो।[४३]

समूह चरण[सम्पादन गर्नुहोस्]

प्रतिस्पर्धा गर्ने देशहरूलाई चार टोलीको आठ समूहमा विभाजन गरिएको थियो (समूह ए देखि एच)। प्रत्येक समूहका टोलीहरूले राउन्ड-रोबिनमा एकअर्कासँग खेले, जहाँ शीर्ष दुई टोलीहरू नकआउट चरणमा पुगे।

टिप्पणी[सम्पादन गर्नुहोस्]

  1. कतारमा धेरै उच्च तापक्रम रहेको छ भने गर्मीको समयमा धेरै आर्द्र छ।[४]
  2. यो प्रतियोगिता मे, जुन, वा जुलाईको परम्परागत महिनाहरूमा आयोजना नहुने र उत्तरी शरद ऋतु र जाडोमा हुने पहिलो प्रतियोगिता हो।[४][५]
  3. स्रोतहरू:[९][१०][११][१२][१३][१४][१५][१६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Now is all - FIFA World Cup Qatar 2022™", फिफा (अङ्ग्रेजीमा), ४ नोभेम्बर २०२१, अन्तिम पहुँच ३ डिसेम्बर २०२२ 
  2. Craig, Matt (१९ नोभेम्बर २०२२), "The Money Behind The Most Expensive World Cup in History: Qatar 2022 By The Numbers", Forbes (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ डिसेम्बर २०२२ 
  3. "No, Qatar has not spent $220 billion on World Cup stadiums", newarab.com (अङ्ग्रेजीमा), ४ नोभेम्बर २०२२, अन्तिम पहुँच २९ नोभेम्बर २०२२ 
  4. ४.० ४.१ ४.२ Sullivan, Becky (१८ नोभेम्बर २०२२), "Why Qatar is a controversial host for the World Cup", NPR, अन्तिम पहुँच २१ नोभेम्बर २०२२ 
  5. Sanderson, Katharine (१८ नोभेम्बर २०२२), "How will World Cup footballers cope with Qatar heat?", Nature 612 (7938): १९, डिओआई:10.1038/d41586-022-03771-9, पिएमआइडी 36400953 
  6. "World Cup 2022: Qatar makes history as earliest host country to get eliminated" (अङ्ग्रेजीमा), Yahoo! Sport, अन्तिम पहुँच २६ नोभेम्बर २०२२ 
  7. Press, The Associated, "Host nation Qatar becomes 1st team eliminated from World Cup", theScore.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २६ नोभेम्बर २०२२ 
  8. "When is the World Cup final? 2022 Date, kick off time as FIFA champion to be crowned in Qatar", sportingnews.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २६ नोभेम्बर २०२२ 
  9. McTague, Tom (१९ नोभेम्बर २०२२), "The Qatar World Cup Exposes Soccer's Shame", The Atlantic (Washington, D.C.: Emerson Collective), आइएसएसएन 2151-9463, ओसिएलसी 936540106, मूलबाट १९ नोभेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० नोभेम्बर २०२२ 
  10. Boehm, Eric (२१ नोभेम्बर २०२२), "The Qatar World Cup Is a Celebration of Authoritarianism", Reason (Reason Foundation), ओसिएलसी 818916200, मूलबाट २१ नोभेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ नोभेम्बर २०२२ 
  11. "FIFA World Cup 2022: Why Qatar is a controversial location for the tournament", The Times of India, Reuters, १६ नोभेम्बर २०२२, अन्तिम पहुँच २२ नोभेम्बर २०२२ 
  12. Begum, Rothna (२५ नोभेम्बर २०२२), "Qatar Can't Hide Its Abuses by Calling Criticism Racist", Foreign Policy (Washington, D.C.: Graham Holdings Company), आइएसएसएन 0015-7228, मूलबाट २७ नोभेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ नोभेम्बर २०२२ 
  13. Miller, Nick (२६ नोभेम्बर २०२२), "What does the World Cup mean to the Middle East and Arab world?", The Athletic (अङ्ग्रेजीमा), अन्तिम पहुँच २८ नोभेम्बर २०२२, "between the Western World/media and those from the Middle East" 
  14. "2022 World Cup: Criticism of Qatar finds unequal resonance around the world", Le Monde (अङ्ग्रेजीमा), १४ नोभेम्बर २०२२, अन्तिम पहुँच १ डिसेम्बर २०२२ 
  15. Baxter, Kevin (२० नोभेम्बर २०२२), "Qatar walks tightrope between Arab values and Western norms with World Cup gamble", Los Angeles Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ नोभेम्बर २०२२ 
  16. Griffin, Thomas Ross (२०१७), "Football in the Hands of the Other: Qatar's World Cup in the British Broadsheet Press", Arab World Geographer 20 (2): 170–182। 
  17. "The history of World Cup in football", footballhistory.org, अन्तिम पहुँच १७ नोभेम्बर २०२२ 
  18. १८.० १८.१ "FIFA Men's World Cup History – Past World Cup Winners, Hosts, Most Goals and more | FOX Sports", Fox Sports, अन्तिम पहुँच १७ नोभेम्बर २०२२ 
  19. "World Cup 2022: Dates, draw, schedule, kick-off times, final for Qatar tournament", Sky Sports, अन्तिम पहुँच १७ नोभेम्बर २०२२ 
  20. "Amir: 2022 World Cup Qatar a tournament for all Arabs", Gulf Times, १५ जुलाई २०१८, मूलबाट ७ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१८ 
  21. Taylor, Daniel (१५ जुलाई २०१८), "France seal second World Cup triumph with 4–2 win over brave Croatia", The Guardian, मूलबाट २६ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१८ 
  22. "France beat Croatia in World Cup final", BBC Sport, अन्तिम पहुँच १७ नोभेम्बर २०२२ 
  23. "FIFA Executive Committee confirms November/December event period for Qatar 2022", FIFA, १९ मार्च २०१५, मूलबाट १० सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०१७ 
  24. Taylor, Daniel (१५ जुलाई २०१८), "France seal second World Cup triumph with 4–2 win over brave Croatia", The Guardian, मूलबाट २६ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१८ 
  25. "France beat Croatia in World Cup final", BBC Sport, अन्तिम पहुँच १७ नोभेम्बर २०२२ 
  26. "FIFA Executive Committee confirms November/December event period for Qatar 2022", FIFA, १९ मार्च २०१५, मूलबाट १० सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०१७ 
  27. "Qatar: FIFA World Cup fans will not need Covid tests", BBC News, २७ अक्टोबर २०२२, अन्तिम पहुँच २२ नोभेम्बर २०२२ 
  28. "Energy-rich Qatar faces fast-rising climate risks at home", The Washington Post (en-USमा), आइएसएसएन 0190-8286, अन्तिम पहुँच २६ नोभेम्बर २०२२ 
  29. Sullivan, Becky (१८ नोभेम्बर २०२२), "Why Qatar is a controversial host for the World Cup", NPR, अन्तिम पहुँच १८ नोभेम्बर २०२२ 
  30. "How will the 2022 World Cup affect the Champions League schedule?", as, २५ अगस्ट २०२२, अन्तिम पहुँच २५ अगस्ट २०२२ 
  31. ३१.० ३१.१ "FIFA World Cup match schedule confirmed: hosts Qatar to kick off 2022 tournament at Al Bayt Stadium", FIFA, १५ जुलाई २०२०, मूलबाट ५ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०२० 
  32. "World Cup 2022: When does it start, which teams have qualified and what are the groups for Qatar?", The Telegraph, २३ अगस्ट २०२२, मूलबाट २३ अगस्ट २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अगस्ट २०२२ 
  33. "World Cup 2022: Tournament set to start one day early with Qatar v Ecuador", BBC Sport, १० अगस्ट २०२२, अन्तिम पहुँच १० अगस्ट २०२२ 
  34. "FIFA World Cup Qatar 2022 Match Schedule", FIFA, मूलबाट १५ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०२० 
  35. "Final match schedule for the FIFA World Cup Qatar 2022 now available", FIFA, १ अप्रिल २०२२, अन्तिम पहुँच १ अप्रिल २०२२ 
  36. "FIFA World Cup Qatar 2022 – Match Schedule", FIFA, १ अप्रिल २०२२, अन्तिम पहुँच १ अप्रिल २०२२ 
  37. "Qatar v. Ecuador to kick off FIFA World Cup 2022 on 20 November", FIFA, ११ अगस्ट २०२२, अन्तिम पहुँच १४ सेप्टेम्बर २०२२ 
  38. "FIFA President welcomes participants to Team Seminar", FIFA, १ अप्रिल २०२२, अन्तिम पहुँच १० जुन २०२२ 
  39. "How many substitutes are allowed at World Cup 2022?", Radio Times 
  40. Cons, Roddy (१५ नोभेम्बर २०२२), "How many substitutions can teams make at the Qatar 2022 World Cup?", Diario AS 
  41. "How many substitutes in World Cup 2022? Explaining new rules for Qatar tournament", sportingnews.com 
  42. "FIFA outlines player health and well-being strategy at World Cup workshop", FIFA, ७ जुलाई २०२२, अन्तिम पहुँच ७ जुलाई २०२२ 
  43. Evans, Ethan (२१ नोभेम्बर २०२२), "FIFA World Cup 2022: Concussion rules for Qatar tournament – after Alireza Beiranvand substitution vs England", LondonWorld, अन्तिम पहुँच २१ नोभेम्बर २०२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]