कम्प्युटर

नेपाली विकिपीडियाबाट
(Computer बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

"कम्प्युटर टेक्नोलोजि" लेख यहाँ रिडाइरेक्ट हुन्छ। कृपया लेखको कम्पनिको लागि कम्प्युटर टेक्नोलोजि लिमिटेड हेर्नुहोला।

कम्प्युटर
Acer Aspire 8920 Gemstone.jpgDM IBM S360.jpgColumbia Supercomputer - NASA Advanced Supercomputing Facility.jpgDell PowerEdge Servers.jpg 2010-01-26-technikkrempel-by-RalfR-05.jpgDelta-C personal computer.jpgG5 supplying Wikipedia via Gigabit at the Lange Nacht der Wissenschaften 2006 in Dresden.JPG


'"कम्प्युटर"' अंग्रेजी: Computer जसलाई नेपालीमा 'सुशाङख्य' पनि भनिन्छ एउटा प्रोग्रामेबल यन्त्र हो। कम्यप्युटर शब्द ल्याटिन शब्द "Compute" बाट अाएकाे हाे । जस्काे अर्थ "गणना गर्नु" हाे । यन्त्रको बनावट लगातारस्वचालित भई गणितिय अथवा तार्क्रिक क्रमांकहरूको कार्य पुरा गर्ने हुन्छ। कुनै पनि क्रमांकको कार्यलाई चाहे जति परिवर्तन गरेर कम्प्युटरलाई एक भन्दा धेरै समस्याहरू समाधान गर्न प्रयोग गर्न सकिन्छ।

विशेष गरि कम्प्युटर दुई ओटा तत्वहरु मिलेर बनेकाे हुन्छ । ती हुन् कम्प्युटर हाडवेरकम्प्युटर सफ्टवेर । यि दुई बिच निकै घनिष्ठ सम्बन्ध रहेकाे हुन्छ । हाडवेर विना सफ्टवेरले केही काम गर्न सक्दैन र सफ्टवेर विना पनि हाडवेरले केही कार्य सञ्चालन गर्न सक्दैन । यि दुवै हाडवेर र सफ्टवेरकाे पुर्ण मिलन भएपछी मात्र कम्प्युटरले कार्य सञ्चालन गर्न सक्छ । त्यसैले यि दुई तत्वहरूलाई एकै सिक्काकाे दुई पाटाेकाे रूपमा वर्णण गर्न सकिन्छ ।

सामान्यत: कम्प्युटरमा हुने एक प्रकारको मेमोरिमा तथ्याङ्क भन्डारण गरिन्छ, कुनै एक वस्तुले गणितिय तथा तार्क्रिक कार्य गर्दछ भने अर्को क्रमांक तथा नियन्त्रण वस्तुले कार्यहरूको श्रेणि जानकारिको भन्डारणको आधारमा परिवर्तन गर्दछ। यसमा हुने पेरिफेरल साधनहरूले जानकारिलाई बाहिरि स्रोतबाट भित्र्याउनुका साथै परिणामलाई बाहिर श्रोता समक्ष पुर्याउँछन्।

कम्प्युटरको प्रोसेसिङ विभागले जानकारिहरूको पंक्ति सम्पादन गरेर तथ्याङ्क पठ्ने, निर्वाहित गर्ने तथा भन्डारण गर्ने गर्दछ। निर्णायक जानकारिले क्रमांकिक जानकारिलाई यन्त्रको अथवा वातावरणको हालको अवस्थाको क्रित्यका आधारमा परिवर्तन गर्छ।

पहिलो विध्युतिय कम्प्युटरहरू २०औं शताब्दिको मध्य(सन् १९४०-१९४५)मा विकसित भएका हुन्। मौलिक रूपमा, तिनिहरू ठुला कोठाको जत्रो नाप भएका र विध्युतिय खपत हजारौं आधुनिक कम्प्युटरहरूले जति गर्ने खालका थिए।[१]

आधुनिक कम्प्युटरहरू ईन्टिग्रेटेड सर्किट्स प्रविधिका आधारमा बन्ने भएकाले यिनिहरू पहिलेका यन्त्रभन्दा लाखौं-करोणौं गुना बडि क्षमतावान् र नाप मात्र केही अंशका हुन्छन्।[२] सामान्य कम्प्युटरहरू प्रशस्तै सानो हुने हुँदा यिनिहरू मोबाईल साधनमा सजिलै अटाउँछन्, मोबाईल कम्प्युटरलाई विध्युतिय पावर साना ब्याट्रिबाट सजिलै उपलब्ध गराउन सकिन्छ। पर्सनल् कम्प्युटरहरू आफ्नो अनेकौँ रूपमा ईन्फर्मेसन् युगका मर्ति हुनुका साथै धेरै मानिसले सोच्ने गरेका 'कम्प्युटर्स्' हुन्। अन्तत: ईम्बेडेड कम्प्युटरहरू धेरै खाले उपकरणहरू एम पि थ्रि प्लयेर्स् देखि आधुनिक युध्द विमानखेलौना देखि उध्योग यन्त्रमानव सम्म प्रचुर मात्रामा प्रयोग गरिन्छ।

कम्प्युटरको इतिहास[सम्पादन गर्ने]

कम्प्युटरभन्ने शब्दको पहिलो उच्चारण सन् १६१३मा भएको तथ्याङ्क छ, जुन शब्दले हिसाब र गणना गर्ने ब्यक्तिलाई २०औँ शताब्दिको मध्य सम्म पनि जनाईन्थ्यो। १९औँ शताब्दिको अन्त्यदेखि चाहिँ, सो शब्द आफ्नो वास्तविक अर्थमा प्रयोग गर्न थालियो, जसले गणाना गर्ने यन्त्र भनेर जनाउथ्यो।[३]

सिमित-क्रितिय पुरातात्विक कम्प्युटर[सम्पादन गर्ने]























टिप्पणि[सम्पादन गर्ने]

  1. सन् १९४६, ENIAC लाई १७४ kW पावर लाग्थ्यो। येसको तुलनामा हेर्दा, एउटा आधुनिक ल्याप्ट्प कम्प्युटरले लगभग ३० W; पावर खपत् गर्छ, झन्डै ६ हजार गुणा कम। "Approximate Desktop & Notebook Power Usage" 
  2. पुरातात्विक कम्प्युटरहरू जस्तै: कोलोस्स्ENIACले ५ देखि १०० बिचका कार्यको एक सेकेन्डमा रिति पुरा गर्थे। एक आधुनिक "सामाग्रि" माईक्रोप्रोसेसर (सन् २००७ सम्ममा)ले करोडौँ कार्यको एक सेकेन्डमा रिति पुरा गर्छ, र धेरै जसा कार्यहरू पुरतात्विक कार्यभन्दा अप्ठ्यारा र फाईदाजनक छन्। "Intel Core2 Duo Mobile Processor: Features" 
  3. कम्प्युटर, ना., Oxford English Dictionary (२ ed.), Oxford University Press, १९८९, <http://dictionary.oed.com/>. Retrieved on २००९-०४-१० 

स्रोत[सम्पादन गर्ने]



बाहिरि लिङ्कहरू[सम्पादन गर्ने]

कम्प्युटरको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

Definitions from Wiktionary
Textbooks from Wikibooks
Quotations from Wikiquote
Source texts from Wikisource
Images and media from Commons
News stories from Wikinews
Learning resources from Wikiversity