मिश्र
मिश्र एक उत्तर अफ्रिकी राष्ट्र हो। यो राष्ट्र सिनाइ प्रायद्वीपमा अवस्थित छ र यसले अफ्रिकालाई पश्चिम एसियासँग जोड्दछ। करिब १००१४५०km2 क्षेत्रफलमा फैलिएको मिश्रको उत्तरमा मूमध्य सागर, उत्तर-पूर्वमा गाजा पट्टी र इजरायल, पूर्वमा लाल सागर, दक्षिणमा सुडान र पश्चिममा लिब्या पर्दछ।
मिश्र अफ्रिका र मध्य-पूर्वमा सबैभन्दा धेरै जनसंख्या रहेका देशहरू मध्ये एक हो। यो देशको करिब ७.५४ करोड जनसंख्या[१] प्रायः, नाइल नदीको आसपासको ४०००० किमि2 क्षेत्रमा बसोबास गर्दछन्। मिश्र भरि यो क्षेत्रमा मात्र कृषियोग्य जमीन पाइन्छ। मिश्रमा सहारा मरुभूमि पर्दछ जहाँ जुन न्युनः मात्रामा मात्र मानव बस्ती पाइन्छ। मिश्रको करिब आधा जनसंख्या शहरी क्षेत्रमा बसोबास गर्दछन्, जस मध्ये धेरैजसो काइरो, अलेक्जेण्ड्रिया र नाइल डेल्टा वरिपरिका स्थानमा बसोबास गर्दछन्।
मिश्र प्राचीन सभ्यता, विश्व प्रसिद्ध गिजा पिरामिड क्षेत्र र त्यहाँ अवस्थित गिजाको ग्रेट स्फिङ्क्सको लागि प्रसिद्ध छ। मिश्रको दक्षिणी लक्षोर नगर थुप्रै प्राचीन आर्टिफ्याक्ट जस्तै कर्नक मन्दिर र भ्याली अफ द किङ्ग्स्को लागि प्रसिद्ध छ। मिश्रलाई मध्य पूर्वको महत्त्वपूर्ण राजनैतिक र सांस्कृतिक देशको रूपमा लिइने गरिन्छ।
विषयसूची |
जनसंख्या [सम्पादन गर्ने]
न्ज्क्ष् क्न् क्ष्ज्न्