आर्सेन वेङ्गर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Arsène Wenger
व्यक्तिगत जानकारी
पुरा नाम Arsène Wenger[१]
जन्म मिति (1949-10-22) २२ अक्टोबर १९४९ (उमेर ७४)
जन्म स्थान Strasbourg, France
उचाइ ६ फिट ३ इन्च (१.९१ मी)[२]
खेल्ने स्थान(हरू) Midfielder[३]
युवा करियर
1963–1969 FC Duttlenheim
1969–1973 Mutzig
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
1969–1973 Mutzig
1973–1975 Mulhouse 56 (4)
1975–1978 ASPV Strasbourg
1978–1981 RC Strasbourg 11 (0)
जम्मा 67 (4)
प्रबन्धक करियर
1984–1987 Nancy-Lorraine
1987–1994 AS Monaco
1995–1996 Nagoya Grampus Eight
1996–2018 Arsenal
*क्लब घरेलु लिग उपस्थिति र गोल

आर्सेन वेङ्गर (जन्म २२ अक्टोबर १९४९) एक फ्रान्सेली फुटबल प्रबन्धक हुन, जो १९९६ यता प्रिमियर लिग क्लब आर्सनलको प्रशिक्षण गरिरहेका छन् । ट्रफीहरूको सन्दर्भमा कुरा गर्नु पर्दा उनी आर्सनलको इतिहासमा सबभन्दा सफल प्रबन्धक मानिन्छन् र साथै क्लबमा सबभन्दा लामो समय टिक्ने प्रबन्धक पनि हुन् । वेङ्गर इंग्लैण्डमा दुई प्रिमियर लिगमा जीत प्राप्त गर्ने पहिलो गैर-ब्रिटिश प्रबंधक हुन, उनले यस्तो कारनामा १९९८ र २००२ मा गरेका थिए । २००४ मा उनी प्रिमियर लिग को इतिहासमा एकमात्र यस्ता प्रबन्धक बने जसले पुरा लिगभरी बिना कुनै हार सिर्फ जीत हासिल गरे । वेङ्गरलाई एएस मोनाको र आर्सनलमा मिलेको सफलता पछि दुनियाकै सर्वोत्तम एएस प्रबन्धक का रूपमा मानिन थालियो । आर्सनलका पुर्व उपाध्यक्ष डेविड डीनले उनलाई "अद्भुत कार्यकर्ता" भनी तारिफ गरेका थिए किनकी फुटबलको क्षेत्रमा उनका प्रबन्धन र कुशलता अतुलनिय छन् । वेङ्गरसँग स्ट्रसबर्ग विश्वविद्यालयको इलेक्ट्रिकल इन्जिनियरिङ् मा डिग्री प्राप्त छ भने अर्थशास्त्रमा मास्टर डिग्री प्राप्त छ ।

दृष्टिकोण र दर्शन[सम्पादन गर्नुहोस्]

वेङ्गरलाई एक यस्ता प्रशिक्षकको रूपमा वर्णन गरिन्छ जसले "आफ्नो करियर टोलीको निर्माणमा गुजारिदिए" र "एक सच्चा प्रबन्धक जो व्यक्तिगत र सामुहिक प्रविधि गुणवत्ता प्रति समर्पित छ ।" द टाइम्स' पत्रिकामा यो उल्लेख गरियो कि 2003–04 पछि वेङ्गरको खेल प्रतिको दृष्टिकोण आक्रामक रह्यो । उनको टोलीको खेल शैली उनका प्रतिद्वन्दीको दृष्टिकोण भन्दा विपरीत रहन्छ, तर एक "किलर टच" को कमिका कारण उनको आलोचना पनि भइरहन्छ । यद्यपी धेरै वर्षसम्म वेङ्गर 4–4–2 को संरचनामै आफ्ना खेलाडीलाई मैदान उतार्दै गए । 2005 पछि भने उनले अक्सर एक स्ट्राइकर र कसिलो मध्यपंक्तिको साथ 4–5–1 संरचनामा भरोसा गरे, विशेष रूपमा इमिरेट्स स्टेडियमका चौडा पिच र च्याम्पियन्स लिगका खेलहरूमा । सिजन 2009-10 को सुरूवातसँगै, वेङ्गरले आर्सनलमा 4–3–3 संरचनाको खेल अघि सारे, जसमा अग्रभागका पाँच हमलावर खेलका दौरान आफ्नो स्थान स्वतन्त्रतापुर्वक बदल्न सक्छन । प्रबल युवा प्रतिभाका लागि वेङ्गरको प्रतिष्ठा धेरै प्रबल छ ।

  1. "UK Companies House Directors 2002–2014 Transcription", Arsene Wenger. Town: London. County: London. Category: Directories & social history. Record collection: Directories & almanacs, अन्तिम पहुँच २० डिसेम्बर २०१४ – Findmypastद्वारा, (नामलेखन बाँकी (help))  |subscription= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "Arsène Wenger – Player Profile", Eurosport Australia, अन्तिम पहुँच १२ जुलाई २०१२ 
  3. "Wenger on title race and Ramsey", Arsenal.com, ३० नोभेम्बर २०१३, अन्तिम पहुँच १ डिसेम्बर २०१३