नाइकी (कम्पनी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नाइकी कम्पनी
व्यवसाय प्रकार
निजी कम्पनी
व्यावसायिक रूपएनवाइएसइNKE
आइएसआइएनUS6541061031 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगकपडा तथा खेलकुद सामग्री
स्थापित१९६४ (ब्लू रिबन स्पोर्टसको नामले)[१]
स्थापनाकर्ताविलियम जे "बिल" बोवेरम्यान
फिलिप एच नाइट
केन्द्रीय कार्यालयवासिङ्टन राज्य, अर्गन, संयुक्त राज्य अमेरिका
(बिभर्टन, ओरेगन नजिक)
सेवा क्षेत्र
विश्वब्यापि
मुख्य व्यक्ति
फिलिप एच नाइट (अध्यक्ष)
मार्क पार्कर (प्रमुख तथा सिइओ)
उत्पादनहरूएथलेटिक जुत्ताहरू
कपडा
खेलकुद सामग्रीहरू
फेसन सामाग्री
राजश्वह्रास US$ १९.०१४ विलियन(FY 2010)[२]
परिचालन आय
वृद्धि US$ २,५१७ विलियन(FY 2010)[२]
वृद्धि US$ १.९०७ विलियन(FY 2010)[२]
कुल सम्पत्तिवृद्धि US$ १४.४१९विलियन (२०१०)[२]
कुल इक्विटीवृद्धि US$ ९.७५४ विलियन (FY 2010)[२]
कर्मचारी सङ्ख्या
३४,४००(मे २०१०)[२]
वेबसाइटNike.com

नाइकी कम्पनी (अङ्ग्रेजी: Nike, Inc.), (उच्चारण /ˈnaɪkiː/; एनवाइएसइNKE) एक सार्वजनिक रूपले खेलकुद पहिरन र उपकरण उत्पादन तथा आपूर्ति गर्ने कम्पनी हो । यसको प्रमुख कार्यालय संयुक्त राज्य अमेरिकाको पोर्टल्याण्ड महानगरीय क्षेत्र अन्तर्गत पर्ने अरेगनको बिभर्टनमा रहेको छ । यो कम्पनी विश्वमा एथलेटिक जुत्ता र पहिरन आपुर्तिमा अग्रस्थानमा [३] र आर्थिक वर्ष २००८ (३१ मे २००८को अन्त्यसम्ममा) १८.६ अरब अमेरिकी डलर भन्दाबढी राजस्व बराबरको खेल उपकरण निर्माता तथा आपूर्तिकर्ता हो । नाइकी कम्पनीमा विश्वभरिका ३०,००० भन्दा अधिक मान्छेहरु कार्यरत छन । यस कम्पनीलाई "बिल" बोवेरम्यान र फिलिप नाइटले जनवरी १९६४ मा ब्लू रिबन स्पोर्टस'को नामले स्थापित गरेका थिए,[१] र पछि १९७८ मा यो नाइकी कम्पनी बन्यो । यस कम्पनीको नामाकरण ग्रिक विजयकी देवी नाइकी(ग्रिक Νίκη उच्चारण [níːkɛː])को नामबाट भएको हो । नाइकीले आफ्नो ब्राण्ड अन्तर्गत नाइकी गल्फ, नाइकी प्रो, नाइकी +, एयर जोर्डन, नाइकी स्केटबोर्डिङ्ग र कोल हान, हर्ले इन्टरनेशनल, अम्ब्रो र कन्भर्स लगायतका अनुगामी ब्राण्डका उत्पादनहरूलाई बजारमा ल्याएकोछ । नाइकीले १९९५ र २००८को बीचमा बउअर हकी ( पछि नाम बदलेर नाइकी बउअर भएको)लाई पनि आफ्नो स्वामित्वमा लियो ।[४] खेल पहिरनहरु र उपकरणहरू निर्माण वाहेक यस कम्पनीले नाइकीटाउन नामले खुद्रा स्टोर चलाउँछ । नाइकीले आफ्नो चर्चित ट्रेडमार्क "JUST DO IT" र लोगो "Swoosh"का साथ ठूला-ठूला एथलेटिक्स खेलाडीहरु र खेल खेल समुहहरूको प्रायोजन गरेकोछ ।

सङ्गठन तथा इतिहास[सम्पादन गर्नुहोस्]

सन १९६४ मा ओरेगन विश्वविद्यालय ट्र्याक एथलेट फिलिप नाइट र उनका प्रशिक्षक बिल बोवेरम्यान द्वारा स्थापित नाइकी कम्पनीको स्थापना नाम "ब्लू रिबन स्पोर्टस" हो । यो कम्पनी शुरूमा जापानी जूत्ता निर्माता ओनित्सुका टाइगर (हाल ASICS)को वितरकको रूपमा सञ्चालन गरिएको थियो ।[५] कम्पनीको फाइदा तिब्र गतिमा बृद्धि भयो र १९६७ मा ब्लू रिबन स्पोर्टसले सान्ता मोनिका, क्यालिफोर्नियाको पिको बउलभर्डमा आफ्नो पहिलो खुद्रा स्टोर खोल्यो । १९७१ तिर, ब्लू रिबन स्पोर्टस र ओनित्सुका टाइगर बीचको सम्बन्ध सकिन लाग्यो । यसपछि ब्लू रिबन स्पोर्टसले आफ्नै लोगो अङ्कित जूत्ता उत्पादन गर्ने तयारी गर्‍यो, जस अनुरुप क्यारोलिन डेविडसनद्वारा डिजाइन गरिएका स्वूस (Swoosh) लोगो प्रयोगमा ल्यायो ।[६] नाइकीले Swooshको प्रयोग पहिलो पल्ट जून १९७१मा गर्‍यो र २२ जनवरी १९७४मा अमेरिकी पेटेण्ट र ट्रेडमार्क कार्यालयमा पेटेण्ट दर्ता गर्‍यो ।[७]

सबैभन्दा पहिला बजारमा आएको यो डिजाइनको जूत्ता नाइकी नामको फुटबल सू हो,जुन १९७१ को गर्मी मौसममा उत्पादन भएको थियो । १९७२ फेब्रुअरीमा, ब्लू रिबन स्पोर्टसले ग्रिककी विजयकी देवीको नाइकीको नामबाट लिईएको नामको साथ आफ्नो नाइकीको पहिलो जूत्ता प्रस्तुत गर्‍यो । १९७८ मा ब्लू रिबन स्पोर्टसले आधिकारिक रूपमा आफ्नो नाम परिवर्तन गरेर नाइकी राख्यो । नाइकीसँग अनुबन्धित पहिला पेशेवर खेलाडी इलिए नास्तेसको प्रायोजन संगै, एथलीटहरूको प्रायोजन कम्पनीको बजार बृद्धिको एक महत्त्वपूर्ण हतियार बन्यो ।

कम्पनीको पहिलो खुद-तयार उत्पादन बोवेरम्यानको "वफल" डिजाइनमा आधारित थियो । ओरेगन विश्वविद्यालय हेवर्ड फील्डको ट्र्याकमा पून:पृष्ठमा आएपछि, बोवेरम्यानले नयाँ युरेथन ट्र्याकमा प्रभावकारी ढंगबाट मजबुत पकड राख्न सक्ने विभिन्न सम्भावित बाहिरीसोल साथ प्रयोग गर्न शुरू गरे । उनको यो नयाँ प्रयगहरु एक आईतवार बिहनबाट शुरु भयो जब उनले आफ्नी श्रीमतीको वफल आइरनमा तरल युरेथन पोखे । बोवेरम्यानले १९७४ मा हाल आइकोनिक वफल ट्रेनर भनिने त्यस समयको 'वफल' भनिने सोलको विकास तथा परिष्कार गरे ।

१९८० सम्ममा, अमेरिका एथलेटिक जूत्ता बजारमा नाइकीको शेयर बजार ५०% पुगेको थियो र यसै वर्षको डिसेम्बरमा कम्पनी सार्वजनिक भयो ।[८] टिभी विज्ञापनहरूको सट्टा 'वर्ड-अफ-फुट' विज्ञापन (नाइकीले १९७० को दशकको अन्त्य तिर प्रकाशित गरेको विज्ञापन)सँगै यसको बृद्धि भयो । नाइकीको राष्ट्रिय टिभीमा पहिलो विज्ञापन न्यु योर्क म्याराथनको प्रसारणको क्रममा अक्टूबर १९८२ मा भएको थियो । यो विज्ञापन पोर्टल्याण्डमा अवस्थित विज्ञापन एजेन्सी वाइडेन + क्यानेडीले धेरै महीना लगाएर अप्रिल १९८२को शुरु तिर बनाएको थियो ।

नाइकी र वाइडेन + क्यानेडी मिलेर धेरै तस्वीर तथा टिभी विज्ञापनहरु निर्माण गरे र उक्त एजेन्सीको पहिलो प्राथमिकतामा हाल पनि नाइकी नै रहेको छ । नाइकीको हाल चर्चित रहेको नारा "Just Do It" १९८८ मा नाइकीको विज्ञापन अभियानको क्रममा यहि एजेन्सीका सह-संस्थापक ड्यान वाइडेनले रचना गरेका थिए । यो नारालाई एड्भरटाइजिङ्ग एजले २०औं शताब्दीका पाँच उत्कृष्ट विज्ञापन नाराहरु मध्य एकको रूपमा छानेको थियो र यो अभियान स्मिथसोनियन इन्स्टीच्यूशनमा निहित थियो।[८] १९८८मा शुरु भएको "Just Do It"को पहिलो विज्ञापनमा सान फ्रान्सिस्कन वाल्ट स्टक संलग्न भएको थियो ।[८] वाइडेनले यो नारा ग्यारी गिलमोरले उनलाई मृत्युदण्ड दिनु पूर्व भनेको शब्द "Let’s do it"बाट प्रेरित भएर रचना गरेका थिए ।[९]

१९८० को दशकको समयमा, नाइकी कम्पनीले आफ्नो उत्पादन रेखामा अन्य खेल र क्षेत्रहरूलाई समावेश गर्दे विश्व भरी विस्तार गर्‍यो ।[१०]

उत्पादन[सम्पादन गर्नुहोस्]

नाइकी द्वारा उत्पादित जुत्ता र बल

नाइकीले धेरै किसिमका खेलकुद सामग्रीहरू तथा कपडा उत्पादन गर्दछ । यसको सबैभन्दा पहिला ट्र्याकमा दौडने जुत्ताहरू उत्पादन गरेको थियो । नाइकीले वर्तमानमा पनि ब्यापक रूपमा ट्र्याक एण्ड फिल्ड, बेसबल, आइस हकी, टेनिस, फुटबल, ल्याक्रोस, बास्केटबल र क्रिकेट लगायतका खेलहरूको लागि जूत्ता, मोजा, जर्सी तथा भित्री कपडाहरु आदि निर्माण गर्दछ ।

प्रधान कार्यालय[सम्पादन गर्नुहोस्]

विज्ञापन[सम्पादन गर्नुहोस्]

प्रायोजन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Nikebiz : Company Overview : History : 1960s वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-२३ मिति, Nike, Inc., Retrieved on August 12, 2010.
  2. २.० २.१ २.२ २.३ २.४ २.५ "2010 Form 10-K, Nike, Inc.", United States Securities and Exchange Commission। 
  3. Sage, Alexandria (जुन २६, २००८), "Nike profit up but shares tumble on U.S. concerns", Reuters, अन्तिम पहुँच २००८-०७-१०  वेब्याक मेसिन अभिलेखिकरण २००८-१०-०७ मिति
  4. "Nike sells Bauer Hockey for $200 Million", The Sports Network, फेब्रुअरी २१, २००८, मूलबाट २००८-०२-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०६-०२ 
  5. "Company Overview : History : 1950s", Nikebiz, अन्तिम पहुँच २०१०-०३-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०५-२९ मिति
  6. "Logos that became legends: Icons from the world of advertising", London: The Independent, २००८-०१-०४, अन्तिम पहुँच २०१०-०२-११ 
  7. "Registration Number 72414177", TESS, U.S. Patent & Trademark Office, अन्तिम पहुँच ११ फेब्रुअरी २०१० [dead link]
  8. ८.० ८.१ ८.२ "Company Overview : History : 1970s", Nikebiz, अन्तिम पहुँच २०१०-०३-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०२-२८ मिति
  9. Peters, Jeremy W. (अगस्ट १९, २००९), "The Birth of 'Just Do It' and Other Magic Words", The New York Times, अन्तिम पहुँच २००९-०९-३० 
  10. Nike Origins

बाहिरी कडी[सम्पादन गर्नुहोस्]