नागरिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नागरिक कुनै पनि राष्ट्र वा नगरको आधिकारिक नागरिकता प्राप्त गरेको ब्यक्ति हो।

कुनै पनि राजनीतिक समुदाय (राष्ट्र या नगर)को सदस्य भई राजनीतिक क्रियकलाप गर्न पाउने अधिकारलाई नागरिकता भनिन्छ। नागरिकता र राष्ट्रियता धेरै हदसम्म मिल्दा जुल्दा शब्दहरू हुन, तर पनि ती दुई शब्दहरूमा फरक छ। जस्तै: कुनै ब्यक्तिको राष्ट्रियता भएपनि नागरिकता नहुन सक्तछ। कुनैपनि देशमा गैह्र नागरिकलाई बिदेशी भन्ने गरिन्छ।

माथिको परिभाषा अनुसार नागरिकता भनेको कुनै ब्यक्तिले समाजमा पाउने राजनीतिक अधिकार हो। त्यसैले एउटा देशको राष्ट्रियता भएको ब्यक्ति अर्को देशको नागरिक बन्न सक्तछ।

नागरिक कर्तव्य[सम्पादन गर्नुहोस्]

नागरिकको कर्तव्यका सन्दर्भमा नेपालको संविधानको धारा ४८ मा देहायका ४ बटा कर्तव्यहरु उल्लेख गरिएको छ:- १. राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, २. संविधान र कानूनको पालना गर्नु ३. राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु, ४. सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षण गर्नु । यसका साथै, सक्षम प्रतिनिधि छनोटका लागि मतदानमा भाग लिनु, आफ्नो अधिकारप्रति जागरूक र कर्तव्यप्रति क्रियाशील हुनु, राष्ट्रिय झण्डा, चिन्ह, राष्ट्रिय गान र विभूतिहरूप्रति सम्मान व्यक्त गर्नु, कानून बमोजिम राज्यलाई कर तिर्नु, राज्यलाई सकारात्मक र रचनात्मक सहयोग गर्नु, लोकतान्त्रित्रक मूल्य मान्यताको सम्मान गर्नु आदि।

सम्बन्धित लेखहरू[सम्पादन गर्नुहोस्]

  • नेपाली नागरिकता प्राप्त गर्न आवश्यक नियम