हेनरी किसिन्जर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हेनरी किसिन्जर
५६औँ अमेरिकी परराष्ट्रमन्त्री
कार्यकाल
२२ सेप्टेम्बर १९७३ – २० जनवरी १९७७
राष्ट्रपतिरिचार्ड निक्सन
जेराल्ड फोर्ड
सहायककेनेथ रस
रोबर्ट एस इङ्गरसोल
चार्ल्स डब्ल्यु रोबिन्सन
पूर्वाधिकारीविलियम पि रजर्स
उतराधिकारीसाइरस भ्यान्स
८ अमेरिकी राष्ट्रिय सुरक्षा परामर्शक
कार्यकाल
२० जनवरी १९६९ – ३ नोभेम्बर १९७५
राष्ट्रपतिरिचार्ड निक्सन
जेराल्ड फोर्ड
पूर्वाधिकारीवाल्ट रोस्टो
उतराधिकारीब्रेन्ट स्कोक्रफट
व्यक्तिगत विवरण
जन्म
हेइन्ज अलफ्रेड किसिन्जर

(1923-05-27) मे २७, १९२३ (उमेर १००)
बाभारिया, जर्मनी
राजनीतिक दलरिपब्लिकन
जीवन साथी(हरू)आन फ्लेइसर (सन् १९४९-६४)
न्यान्सी किसिन्जर (सन् १९७४-हाल)
मातृ शिक्षाप्रतिष्ठानसिटी कलेज अफ न्युयोर्क
हार्भड विश्वविद्यालय
जीवनवृतिकूटनीतिज्ञ, राजनीतिज्ञ, शिक्षाविद्, व्यवसायी
हस्ताक्षर
सैन्य सेवा
शाखा/सेवाअमेरिकी सेना
श्रेणीसर्जेन्ट

हेनरी किसिन्जर (मे २७, १९२३ – नोभेम्बर २९, २०२३) एक अमेरिकी कूटनीतिज्ञ, राजनीतिक वैज्ञानिक, भूराजनीतिक सल्लाहकार, र राजनीतिज्ञ जसले रिचर्ड निक्सनगेराल्ड फोर्डको राष्ट्रपति प्रशासन अन्तर्गत संयुक्त राज्य विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा सेवा गरेका थिए।[१] हेनरी किसिन्जर राष्ट्रपति रिचार्ड निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए। किसिङ्गरले भियतनाम मा युद्धविराम वार्ता गर्ने कामको लागि १९७३ नोबेल शान्ति पुरस्कार प्राप्त गरे। [२]

किसिन्जरको जन्म जर्मनीमा भएको थियो। उनी सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्रीको रूपमा सेवा गरेका थिए। चीनसँग सम्बन्ध विस्तारका लागि उनी सन् १९७१ मा पाकिस्तानको रावलपिन्डीबाट चीन गएका थिए भने यस घटनालाई “पिङपङ कूटनीति” भनिन्छ।[३] उनले भियतनाममा युद्धविराम वार्ताको लागि सन् १९७३ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए।

किसिङ्गरको १०० वर्षको उमेरमा नोभेम्बर २९, २०२३ मा केन्ट, कनेक्टिकटमा उनको घरमा मृत्यु भयो।[४][५][६]

विदेश नीति[सम्पादन गर्नुहोस्]

किसिन्जर अमेरिकी राजनीतिमा एक विवादास्पद र ध्रुवीकृत व्यक्तिको रुपमा चिनिन्छ। किसिन्जरलाई उच्च प्रभावशाली अमेरिकी विदेशमन्त्री भनेर धेरै प्रमुख अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूले सम्मान गर्ने गरेका पनि छन्। जर्ज सल्जको फेब्रुअरी २०२१ मा मृत्यु भएसँगै किसिन्जर सबैभन्दा जेष्ठ जिवित परिषदीय सदस्य र निक्सन प्रशासनको एक मात्र जिवित सदस्य बनेका थिए।[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The Nobel Peace Prize 1973", NobelPrize.org, मूलबाट अक्टोबर २६, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ४, २०१९ 
  2. Feldman, Burton (२०००), The Nobel Prize: A History Of Genius, Controversy, and Prestige, Arcade Publishing, पृ: १६, आइएसबिएन 978-1-55970-537-0, "Two members publicly resigned when the peace prize was awarded to Henry Kissinger and Le Duc Tho in 1973 for a cease-fire in the Vietnam War." 
  3. "अमेरिकाले विदेश नीति पुन:परिभाषित गर्नुपर्छ"खबरहब 
  4. Sanger, David E. (नोभेम्बर २९, २०२३), "Henry Kissinger Is Dead at 100; Shaped Nation’s Cold War History", The New York Times, अन्तिम पहुँच नोभेम्बर २९, २०२३ 
  5. Pengelly, Martin (२०२३-११-३०), "Henry Kissinger, secretary of state to Richard Nixon, dies at 100", The Guardian (en-GBमा), आइएसएसएन 0261-3077, अन्तिम पहुँच २०२३-११-३० 
  6. "Key facts about Henry Kissinger, US diplomat and presidential adviser", Reuters (अङ्ग्रेजीमा), २०२३-११-३०, अन्तिम पहुँच २०२३-११-३० 
  7. "कम्युनिस्ट होइन, कन्फ्युसियाली चीन"नागरिक न्युज। सङ्ग्रह मिति २०२१-०५-०३