गुरुग्राम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गुडगाँवबाट अनुप्रेषित)
गुरुग्राम
गुडगाउँ
गुरुग्राम सहर क्षितिज
गेटवे टावरहरू
साइबर सिटी, गुडगाँव
सुल्तानपुर राष्ट्रिय निकुञ्ज
गुरुग्राम is located in हरियाणा
गुरुग्राम
गुरुग्राम
हरियाणामा गुडगाउँको स्थान
गुरुग्राम is located in भारत
गुरुग्राम
गुरुग्राम
गुरुग्राम (भारत)
निर्देशाङ्क: २८°२७′२२″N ७७°०१′४४″E / २८.४५६°N ७७.०२९°E / 28.456; 77.029निर्देशाङ्कहरू: २८°२७′२२″N ७७°०१′४४″E / २८.४५६°N ७७.०२९°E / 28.456; 77.029
देशभारत
राज्यहरियाणा
जिल्लागुरुग्राम जिल्ला
क्षेत्रफल
 • जम्मा३३२.५० किमी (१२८.३८ वर्ग माइल)
उन्नतांश
२१७ मिटर (७११.९ फिट)
जनसङ्ख्या
 (सन् २०११)[२][३]
 • जम्मा८७६९६९
 • घनत्व२६००/किमी (६८००/वर्ग माइल)
भाषाहरू
 • आधिकारिकहिन्दी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
वेबसाइटgurugram.gov.in

गुडगाँव, आधिकारिक रूपमा गुरुग्राम नामकरण गरिएको छ, उत्तरी भारतीय राज्य हरियाणामा अवस्थित गुरुग्राम जिल्लाको एक सहर र प्रशासनिक मुख्यालय हो। यो राष्ट्रिय राजधानी नयाँ दिल्लीबाट लगभग ३० किलोमिटर (१९ माइल) दक्षिण-पश्चिममा र राज्यको राजधानी चण्डीगढबाट २६८ किलोमिटर (१६७ माइल) दक्षिणमा दिल्ली-हरियाणा सीमा नजिक अवस्थित छ। यो दिल्लीको प्रमुख उप सहरहरू मध्ये एक हो र भारतको राष्ट्रिय राजधानी क्षेत्रको एक भाग हो। सन् २०११ को जनगणना अनुसार, गुरुग्रामको जनसङ्ख्या ८,७६,९६९ रहेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

गुरुग्रामको क्षेत्र मूलतः कुरु राज्य अन्तर्गत पर्थ्यो। यस क्षेत्रमा बसोबास गर्ने प्रारम्भिक मानिसहरू अहिर कुलद्वारा शासित हिन्दुहरू थिए। यदु जनजातिहरू यस कुलको एक भाग थिए र आज उनीहरूका वंशजहरूले सामान्यतया यादव नाम राख्छन्। ईसापूर्व चौथो शताब्दीको उत्तरार्धमा, चन्द्रगुप्त मौर्यको आफ्नो राज्यको प्रारम्भिक विस्तारको भागको रूपमा यस शहरलाई मौर्य साम्राज्यले समाहित गरेको थियो।[४]

गुरुग्राम १२औँ शताब्दीको ग्रन्थ पृथ्वीराज विजयमा उल्लिखित गुडापुरा सहर जस्तै हुन सक्छ। उक्त ग्रन्थअनुसार चामाना राजा पृथ्वीराज चौहानका आफन्त नागार्जुनले राजाविरुद्ध विद्रोह गरी नगर कब्जा गरेका थिए। पृथ्वीराजले विद्रोहलाई कुल्चेर त्यस नगरलाई पुनः कब्जामा लिए।[५]

भूगोल[सम्पादन गर्नुहोस्]

गुरुग्राम भारतीय राज्य हरियाणाको गुरुग्राम जिल्लामा स्थित छ र राज्यको दक्षिणपूर्वी भाग र देशको उत्तरी भागमा अवस्थित छ। यो सहर दिल्लीको सीमामा अवस्थित छ र यसको उत्तरपूर्वमा नयाँ दिल्ली छ। यस सहरको कुल क्षेत्रफल २३२ वर्ग किलोमिटर (९० वर्ग माइल) रहेको छ।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Demography Gurgaon", मूलबाट १५ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ मार्च २०२१ 
  2. "Gurgaon City", मूलबाट १ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ नोभेम्बर २०२० 
  3. "Cities having population 1 lakh and above, Census 2011", censusindia.gov.in, मूलबाट २३ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जुलाई २०१५ 
  4. The History of India, The Rosen Publishing Group, Inc, 2010, १५ अगस्ट २०१०, पृ: 63, आइएसबिएन 978-1615301225 
  5. R. B. Singh (१९६४), History of the Chāhamānas, N. Kishore, पृ: १६३, ओसिएलसी 11038728, मूलबाट २३ मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ फेब्रुअरी २०१९ 
  6. "Demographics", Municipal Corporation, Gurgaon, मूलबाट ११ अक्टोबर २०१३-मा सङ्ग्रहित।