चित्र:प्रिन्स दाहाल - Prince Dahal - Nepali National Badminton Player-.jpeg
यस पूर्व रुपको आकार: ५७६ × ६०० पिक्सल। अरु संकल्पहरू: २३० × २४० पिक्सल • ४६१ × ४८० पिक्सल • ७२० × ७५० पिक्सल।
मूल फाइल (७२० × ७५० पिक्सेलहरू, फाइल आकार: ९७ किलोबाइटहरू, MIME प्रकार: image/jpeg)
सारांश[सम्पादन गर्नुहोस्]
नेपालका प्रिन्स दाहालले विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा उक्लिएर नेपाली ब्याडमिन्टनमा इतिहास रचेका छन् ।
ब्याडमिन्टन विश्व महासंघले सार्वजनिक गरेको पुरुष जुनियरको वरियतामा १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन् । उनले जुनियर ब्याडमिन्टनमा शीर्ष स्थानमा पुग्न १० हजार ५०० अंक जोडेका छन् । नेपाली ब्याडमिन्टनले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको यो सबैभन्दा ठूलो सफलता हो।
महासंघले सार्वजनिक गरेको वरियतामा दोस्रो स्थानमा मलेसियाका जस्टिन वोहा रहेका छन् । उसले ९,५९० अंक जोडेको छ ।
जुनियरतर्फको शीर्ष ब्याडमिन्टन खेलाडी घोषित भएपछि आरएसएससँग कुरा गर्दै दाहालले आफ्नो सपना साकार भएको बताए । ब्याडमिन्टनमा नम्बर एक बन्नको लागि आफूले प्रयासरत रहेको र आफ्नो सपना पूरा गर्न पाउँदा खुसी लागेको उनले बताए ।
‘मेरो ध्यान आगामी दिनमा सिनियर ब्याडमिन्टन प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नेतर्फ केन्द्रित हुनेछ’, उनले भने । दाहालले नेपालमा प्रतियोगिताको अवसर र प्रशिक्षण सीमित रहेको टिप्पणी गरे ।
उनले देशमा खेलाडी विकासका लागि उपयुक्त वातावरण बनाउन राज्यका निकायलाई आग्रह गरे । दाहालले कोरोना महामारीका कारण लामो समयदेखि प्रतियोगिता र प्रशिक्षणमा सहभागी हुनबाट वञ्चित भएको बताए ।
दाहाल पाँच वर्षदेखि ब्याडमिन्टन खेल्दै आएका छन् । दाहालका मामा तथा प्रबन्धक कमलेश निरौलाले प्रिन्सले विश्वको शीर्ष स्थान हासिल गर्नु आफ्नो र देशका लागि पनि उल्लेखनीय उपलब्धि भएको बताए ।
ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले दाहालको सफलताले अन्य नेपाली ब्याडमिन्टन खेलाडी र नेपालका समग्र खेलप्रेमीमा पनि उत्साह थपेको बताए ।
दाहाल सन् २०१९ मा पहिलो पटक विश्व वरीयतामा ३२औँ स्थानमा पुगेका थिए ।२०२० को विश्वव्यापी वरियतामा उनी १०औँ स्थानमा उक्लिएका थिए । पछि, उनी २०१९ मा सातौं र २०२१ मा तेस्रो स्थानमा उक्लिए। विश्व ब्याडमिन्टन महासंघले हरेक हप्ता सिनियर र जुनियर ब्याडमिन्टन खेलाडीहरूको वरीयता घोषणा गर्छ।
प्रिन्स अहिले काठमाडौंको लगनखेलमा कक्षा ११ मा अध्ययनरत छन् । त्यसैगरी महासंघले सार्वजनिक गरेको महिला जुनियरतर्फको वरियतामा नेपालकी महिला खेलाडी रसिला महर्जन १९ औं स्थानमा पुगेकी छन् ।
अनुमति पत्र[सम्पादन गर्नुहोस्]
यो तस्बिरले एक प्रतिलिपि अधिकार सुरक्षित विकिपिडिया वेब पृष्ठको पर्दाचित्रण समावेश गर्दछ।
मिडियाविकि, विकिपिडियामा चलिरहेको सफ्टवेयर नि:शुल्क सफ्टवेयर हो; तपाईँ यसलाई पुनः वितरित गर्न सक्नुहुनेछ र/वा यसलाई जीएनयू सामान्य सार्वजनिक अनुमतिपत्रका शर्तहरू अन्तर्गत नि:शुल्क सफ्टवेयर फाउन्डेशनद्वारा प्रकाशित गरिएको रूपमा; या त इजाजतपत्रको संस्करण २, वा पछिल्ला कुनै पनि संस्करणमा परिमार्जन गर्न सक्नुहुनेछ। क्रिएटिव कमन्सको पाठ एट्रिब्यूशन-सेयरएलाइक ३.० अपरिवर्तित अनुमतिपत्रका शर्तहरू अन्तर्गत कुनै पनि विकिपिडिया पाठलाई प्रतिलिपि गर्न, वितरण गर्न र/वा अनुमति दिन अनुमति प्रदान गरियो। | |||
|
फाइल इतिहास
मिति/समय मा क्लिक गरेर त्यससमयमा यो फाइल कस्तो थियो भनेर हेर्न सकिन्छ ।
मिति/समय | छोटो चित्र | आकारहरू | प्रयोगकर्ता | टिप्पणी | |
---|---|---|---|---|---|
हालको | ००:०१, १९ जनवरी २०२२ | ७२०×७५० (९७ किलोबाइटहरू) | निरज चौधरी (कुरा गर्नुहोस् • मेरो योगदानहरू) | नेपालका प्रिन्स दाहालले विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा उक्लिएर नेपाली ब्याडमिन्टनमा इतिहास रचेका छन् । ब्याडमिन्टन विश्व महासंघले सार्वजनिक गरेको पुरुष जुनियरको वरियतामा १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन् । उनले जुनियर ब्याडमिन्टनमा शीर्ष स्थानमा पुग्न १० हजार ५०० अंक जोडेका छन् । नेपाली ब्याडमिन्टनले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको यो सबैभन्दा ठूलो सफलता हो। महासंघले सार्वजनिक गरेको वरियतामा दोस्रो स्थानमा मलेसियाका जस्टिन वोहा रहेका छन् । उसले ९,५९० अं... |
तपाईंले यो फाइल अधिलेखन गर्न सक्नुहुन्न ।
फाइल प्रयोग
यो फाइलसँग कुनै पनि पृष्ठ जोडिएको छैन।