शारदा शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजकुमारी शारदा शाह
नेपालकी राजकुमारी
जन्म(१९४२-०२-०२)२ फेब्रुअरी १९४२
नारायणहिटी राजदरबार, काठमाडौं, नेपाल
मृत्यु१ जुन २००१(2001-06-01) (उमेर ५९)
नारायणहिटी राजदरबार, काठमाडौं, नेपाल
जीवनसाथीकुमार खड्गविक्रम शाह
सन्तानविकास बिक्रम शाह
दिबास विक्रम शाह
आशिष विक्रम शाह
नाम
शारदा राज्य लक्ष्मी देवी शाह
घरानाशाह वंश (जन्मद्वारा)
बाबुमहेन्द्र वीरविक्रम शाह
आमाइन्द्र राज्यलक्ष्मी देवी शाह
धर्महिन्दू

नेपालकी राजकुमारी शारदा शाह वा शारदा राज्य लक्ष्मी देवी शाह (फेब्रुअरी २, १९४२ – जुन १, २००१)नेपालका राजा महेन्द्रकी छोरी थिइन्। राजकुमारी शारदा र उनका पति कुमार खड्गविक्रम शाह नेपाली शाही हत्याकाण्डमा मारिएका नेपाली शाही परिवारका दश सदस्यमध्ये दुई थिए।


जीवन[सम्पादन गर्नुहोस्]

राजकुमारी शारदा राजा महेन्द्र वीरविक्रम शाह र उनकी पहिलो पत्नी इन्द्र राज्यलक्ष्मी देवी शाहकी दोस्रो छोरी थिइन्।

शारदा नामको अर्थ "कला र ज्ञानको देवी" हो।[१]

राजकुमारी शारदाले लोरेटो कन्भेन्ट, दार्जिलिङ र त्रिभुवन विश्वविद्यालयमा शिक्षा हासिल गरेकी थिइन् । उनी सामाजिक कल्याणका गतिविधिमा सक्रिय थिइन् र बालबालिकाको कल्याणकारी गतिविधिमा संलग्न थिए। राजकुमारी शारदा नेपाली रेडक्रस सोसाइटी, विपद् राहत उपसमिति, बाल कल्याण उपसमिति लगायतका संस्थासँग आबद्ध थिइन् । सन् १९७१ मा, उनले SOS Village-Nepal को स्थापना गरिन्, र यसको अध्यक्ष थिइन्।

राजकुमारी शारदाले २९ मे १९६५ मा कुमार खड्ग विक्रम शाह (१९३९–२००१) सँग काठमाडौंमा विवाह गरिन् ।

राजकुमारी शारदा र कुमार खड्ग दुवैको सन् २००१ जुन १ मा नेपाली दरवार हत्याकाण्डमा हत्या भएको थियो ।[२]

सम्मान[सम्पादन गर्नुहोस्]

राष्ट्रिय सम्मान[स्रोत नखुलेको]
  • Member of the Order of Gorkha Dakshina Bahu, 1st class (13 April 1972).
  • King Mahendra Investiture Medal (2 May 1956).
  • King Birendra Investiture Medal (24 February 1975).
  • Commemorative Silver Jubilee Medal of King Birendra (31 January 1997).
विदेशी सम्मान[स्रोत नखुलेको]

कुल[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Indian Baby girl names starting with S - Hindu girl Names - Latest girl Names India", children.indiaeveryday.in, मूलबाट २७ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अप्रिल २०१८  वेब्याक मेसिन अभिलेखिकरण २७ सेप्टेम्बर २०१५ मिति
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named womensenews.org
  3. "Boletín Oficial del Estado", अन्तिम पहुँच २१ अप्रिल २०१८