टिम कुक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टिम कुक
Tim Cook
जन्मटिमोथी डोनाल्ड कुक
(1960-11-01) १ नोभेम्बर १९६० (उमेर ६३)
अलाबामा, संयुक्त राज्य अमेरिका
मातृ शिक्षाप्रतिष्ठानऔबर्न बिश्वबिद्यालय (स्नातक विज्ञान)
ड्युक बिश्वबिद्यालय (एमबिए)
पेशासीईओ, एप्पल
जम्मा सम्पति$ ४०० मिलियन (अनुमानित)
कार्यकारी समिति सदस्यएप्पल
नाइकी (२००५—हालसम्म)
राष्ट्रिय फुटबल सङ्घ
हस्ताक्षर

टिमोथी डोनाल्ड "टिम" कुक (जन्म नोभेम्बर १,१९६०) एक अमेरिकन व्यावसायी हुन् तथा एप्पलका वर्तमान प्रमुख कार्यकारी अधिकृत हुन् ।[१] कुकले एप्पल कम्पनी सन् १९९८ मा विश्वव्यापी अपरेसनको वरिष्ठ उपाध्यक्षको रूपमा प्रवेश गरेका थिए ।[२] उनले त्यसपछि विश्वव्यापी खरिद तथा अपरेसनको कार्यकारी उपाध्यक्षको रूपमा कार्य गरे । सन् २०११ अगस्त २४ मा सीईओ बन्नु भन्दा पहिले उनी वरिष्ठ अपरेटिंग अफिसरको रूपमा कार्य गरेका थिए । उनले स्टिभ जब्सको ठाउँमा सीईओ भएका थिए ।[३] (कुक पहिले पनि निवर्तमान सीइओको रूपमा एप्पल कम्पनीमा काम गरिसकेका थिए जब जब्स स्वास्थ्य समस्याका कारण जनवरी २०११ मा बिदामा थिए ।)[४] सन् २०१२ को प्रारम्भमा एप्पलका कार्यकारी समितिले वहाँलाई १ लाख शेयर दिएर समानित गरेको थियो ।[५] सन् २०१२ को लेखाजोखा अनुसार कुकको $३७८ मिलियनको कुल तलब प्याकेज सहित उनलाई संसारकै सबैभन्दा बढी तलब पाउने कार्यकारी अधिकृतको रूपमा अंकित गरेको छ ।[६]

कुक नाइकी तथा राष्ट्रिय फुटबल सङ्घको कार्यकारी समितिमा समेत रहेका छन् ।[३] [७]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Steve Jobs Resigns as CEO of Apple", Apple Inc., अन्तिम पहुँच अगस्ट २५, २०११ 
  2. "Timothy D. Cook Profile", Forbes  वेब्याक मेसिन अभिलेखिकरण २०११-०८-१० मिति
  3. ३.० ३.१ "Nike — Investors — Corporate Governance — Board of Directors", Nike। 
  4. Kopytoff, Verne G.; Streitfeld, David, "Times Topics: Timothy Cook News", The New York Times, अन्तिम पहुँच अप्रिल ३०, २०१३ 
  5. After Jobs: Apple's Cook gets $380M in compensation
  6. Chenda Ngak (जनवरी ११, २०१२), "Steve Jobs' successor Tim Cook highest paid CEO", CBS News, अन्तिम पहुँच अक्टोबर १, २०१२ 
  7. "National Football Foundation Chairman, President and Board of Directors", National Football Foundation।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२२ मिति

बाह्य लिंक[सम्पादन गर्नुहोस्]