राणा शासन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राणाहरूले गरेको पारिवारिक शासन। नेपालमा यो विक्रम सम्बत १९०३ देखि प्रारम्भ भएर २००७ साल सम्म कायम रह्यो। यसमा राणा प्रधानमन्त्रीका भाईमा पद सर्दै जाने नियम थियो। देशका मुख्य मुख्य शक्तिशाली पदहरूमा पनि राणा खानदानका नै मानिसहरू नियुक्त हुन्थे। आधारभूत मौलिक अधिकार हुँदैनथ्यो। राणाले जे बोले पनि कानुन सरह लागू हुन्थ्यो।

समयकाल[सम्पादन गर्नुहोस्]

१९०३ भाद्र ३२ कोतपर्व
१९०३ असोज २ जंगबहादुर प्रधानमन्त्री नियुक्त
१९०३ कार्तिक १२ भण्डारखाल पर्व
१९०४ जंगबहादुरद्वारा राजा राजेन्द्र पदच्युत्
१९०४ अलौ पर्व; राजा राजेन्द्र राज बन्दी भए ।
१९०५ जङ्गबहादुर र उनका सबै वंशजहरूलाई राणाजी मान्यता
१९०६ जङ्गबहादुर युरोप भ्रमण
वि.स. १९१० मुलुकी ऐन जारी

राणा शासणको अन्त्य गरेको कथा[सम्पादन गर्नुहोस्]

नेपाली कांग्रेसले मातृकाप्रसाद कोइरालाको नेतृत्वमा सशस्त्र विद्रोहको उद्घोष गरसिकेको थियो । त्यस क्रान्तिमा विद्यार्थी पनि सरकि हुनुपर्छ भनेर वनारसबाट ५० जना विद्यार्थी वीरगन्जको युद्धमोर्चामा खट्ने निर्णय गर्‍यौँ । तर, त्यसका लागि पटनामा रहेको नेपाली कांग्रेसको हेडक्वार्टरमा कमान्डर मातृकाप्रसाद कोइरालासँग सम्पर्क गरेर अनुमति लिनुपर्ने प्रावधान थियो । मातृकाप्रसाद कोइरालाले नेपाली कांग्रेसको झन्डा नबोकी मोर्चामा सरकि हुन नपाइने उर्दी सुनाएपछि शैलेन्द्रकुमार उपाध्यायसहित ११ जना कम्युनिस्ट समर्थक विद्यार्थी रक्सौलमा रहेको छुट्टै क्याम्पमा बस्ने गरी त्यहाँबाट बाटो लाग्यौँ । पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्यलगायतका कम्युनिस्ट नेताहरू रक्सौलको त्यही क्याम्पमा आन्दोलनलाई सघाउन पुगिसकेका थिए । आन्दोलनमा सरकि हुन त्यहाँ पुग्नेजति सबैलाई उनीहरूले उसिनाका चामल र भान्टाको तरकारी खुवाउने प्रबन्ध मिलाएका थिए । हामीले पनि खूब खायौँ । यत्तिकैमा थीरबम मल्लले सहादत प्राप्त गरेको खबर आयो । मलाई पनि ज्यादै उकुसमुकुस भयो । आन्दोलनको मोर्चामा सरकि भएर 'बरु शहीद हुन्छु, त्यत्तिकै बस्िदनँ' भन्ने अठोट गरेँ । मलाई काठमाडौँ गएर आन्दोलनमा सरकि हुन भनियो । तर, राहदानी मिलेन । त्यसपछि म वनारस फर्किएँ । पाल्पा सहायक मण्डल भन्ने पाल्पाली विद्यार्थीको एउटा सङ्गठन थियो, त्यसैको भेला आयोजना गरी पाल्पा जाने र त्यहीँबाट आन्दोलन उठाउने सल्लाह भयो । पाल्पाबाट लालप्रसाद चित्रकार मलाई लिन नौतनवासम्म आउने व्यवस्था पनि उनीहरूले नै मिलाए । भारतमा कम्युनिस्ट पार्टी प्रतिबन्धित अवस्थामै थियो भने नेपालमा पनि सहज अवस्था थिएन । २००७ सालको परविर्तनपूर्व कम्युनिस्ट त के नेपाली कांग्रेसको झन्डा पनि सार्वजनिक रूपमा प्रदर्शन गर्न सकिने अवस्था थिएन । तसर्थ, डिल्लीरमण रेग्मीको सम्पर्कमा रहेर केही समय काम गरेको र उनीसँगको सम्बन्ध पनि सुमधुर नै रहेकाले शैलेन्द्रकुमार उपाध्यायको सल्लाहमा रेग्मीको स्वतन्त्रता, समानता र भाइचाराको प्रतीकस्वरूप तीनतारे झन्डा बोकेर पाल्पा जाने र त्यसैका मुनि पाल्पामा कम्युनिस्ट पार्टीको आन्दोलन सञ्चालन गर्ने कुरा भयो । चित्रकार मलाई लिन नौतनवा आएर बसेका थिए । उनले नै मलाई गरबि किसानको पहिरनमा छड्के पटुका बाँधिदिए र डोकोमा पुराना लुगाफाटो बोक्न लगाए । उनले मलाई यसरी सिँगारे कि फोटो देखेका र नाम मात्र सुनेकाले चिन्न सक्ने अवस्थै रहेन । त्यहाँबाट बाटो लागेपछि आममानिस र प्रहरीलाई उनी यसरी हँसाउँथे, मान्छे हेरेका हेर्‍यै हुन्थे । उनी मेरो परचिय यसरी दिन्थे, 'मेरो गाउँका दूध बेच्ने जैसी बाहुन हुन् ।' उनको कला ज्यादै उन्मुक्त किसिमको थियो । आमजनताले बुझ्ने, मन पराउने प्रहसन र व्यंग्य चित्र लेखनमा पाल्पामा कमाएको प्रसिद्धि यहाँ पनि ठाउँठाउँमा देखाउँदै हिँडिरहेका थिए । एक समय थियो, पाल्पाका मानिसहरू चित्रकारलाई पाहुना बनाएर खुवाउन पाउँदा ज्यादै गौरवको अनुभव गर्थे । यिनका बुबा बज्रकर्मी र रंगरोगन लगाउने काम गर्थे । यिनीहरूले कोरिदएका चित्र अहिले पनि तानसेनका खानदानी पुराना घरहरूमा देख्न पाइन्छन् । ००७ सालको जनक्रान्तिको सम्झना गर्दा सबैभन्दा पहिले मेरो आँखामा 'लाले जोकर'का रूपमा प्रख्यात भएका तिनै चित्रकारको अनुहार मुस्कुराउँछ र हामी हिँडेको बाटोको सम्झना गराउँछ । बेलुका अबेर गर्दा पाल्पामा कफ्र्यु लाग्ने डर थियो भने दिउँसै जाँदा मलाई त्यहाँ चिन्छन् कि भन्ने पनि त्रास थियो । त्यसैले हामी झिसमिसे अँध्यारोमा बजार प्रवेश गर्‍यौँ, त्यो पनि मूलबाटोबाट नभई चोरबाटोबाट । त्यहाँबाट हामी सरासर सुन व्यापारी त्रिरत्न शाक्यको पसलमा पुग्यौँ । पसलमा मान्छेहरूको भीड थियो । मैले 'अलिकति सुन बेच्नु थियो साहूजी !' भन्न के पाएको थिएँ, उनले बुझिहाले र मलाई भित्र लिएर गए । लालप्रसाद त्यहीँबाट बिदा भए । म लक्ष्मीप्रसाद श्रेष्ठको घरमा गएर बेलुका बास बसेँ ।

१८ पुस २००७ का दिन पाल्पाका ३२ जना युवा टक्सारमा भेला भयौँ र भोलिपल्टबाट आन्दोलन चर्काउने निर्णय गरी सहीछाप गर्‍यौँ । ३२ जनाले सहीछाप गरे पनि भोलिपल्ट १३ युवक र चार युवतीका साथ हाम्रो आन्दोलन सुरु भयो । तीनतारे झन्डा र व्यानरका साथ अघि बढेको जुलुसमा पूरै तानसेन बजारका मानिसहरू सहभागी हुन थाले । तीन ठाउँमा सम्बोधन गर्दा नगर्दै मलाई शीतलपाटीमा घोक्र्याएर समाउन खोजिए पनि त्यो सम्भव भएन । यत्तिकैमा गजब के भयो भने कर्णेल क्षेत्रविक्रम राणाले मेरो हात समातेर 'हामी पनि राजा त्रिभुवनकै समर्थक हौँ, आजलाई जुलुस बन्द गरेर घरघर जाऔँ' भने । म पनि के कम भनिहालेँ, त्यसो भए तपाईँहरू पनि राजाका पक्षमा नारा-जुलुस गर्नुस् न त ! उनले 'सैनिक अनुशासन'का कारण यसो गर्न नमिल्ने बताएपछि हामी आफ्नै ढङ्गले जुलुस गर्दै अगाडि बढ्यौँ । त्यस दिन मात्रै मैले १९ ठाउँमा भाषण गरेको थिएँ । यत्तिकैमा चारैतिरका सैनिक पोस्टहरू हटाइए । कफ्र्यु तोडियो । नजरबन्दमा रहेका रुद्रशमशेर राणा पनि मुक्त भए । र, राजबन्दीहरू पनि रहिा हुने क्रम सुरु भयो । यसरी १९ पुसका दिन नै पाल्पाबाट राणाशासनको अन्त्य भयो ।

यत्तिकैमा मलाई पाल्पामा वनमा लगेर गोली हानी मारएिको हल्ला वनारसमा खूब चलेछ । भारतका मुख्य समाचारपत्रहरूले ठूल्ठूला शीर्षकमा मेरो सहादतको समाचार प्रकाशित गरेछन् । डिल्लीरमण रेग्मी स्वयंले त प्रधानमन्त्री जवाहरलाल नेहरूलाई 'नेपाली कांग्रेसका मान्छेहरूले मेरो सोझो र निरपराध कार्यकर्ता कमलराज रेग्मीलाई मारेर घोर अन्याय गरेको' तारसमेत दिल्लीमा पठाएका थिए रे ! वनारसमा साथीहरूले मेरो सम्झनामा 'शोकसभा' मनाउने बन्दोबस्त गररिहेका बेला लखनउबाट प्रकाशित हुने नयाँ सबेराले सत्य समाचार प्रकाशित गरेछ, 'कामरेड कमलराज रेग्मी जिन्दा हैं' शीर्षकमा ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]