लमजुङ राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लमजुङ राज्य
विसं १५५०–विसं १८४२
नेपालको नक्शामा लमजुङ जिल्ला (रातो)
नेपालको नक्शामा लमजुङ जिल्ला (रातो)
सरकारराजतन्त्र
राजा 
इतिहास 
• स्थापना
विसं १५५०
• विलयकाल
विसं १८४२ विसं १८४२
अचेलनेपाल
  1. ...

लमजुङ राज्य नेपालको एकिकरण पुर्व चौबीसी राज्य थियो। कास्कीका राजा कुलमन्डन शाहले १५५० मा यशोब्रम्ह शाहलाई राजा बनाई पठाएपछि लमजुङ राज्य औपचारिक रुपमा स्थापना भएको थियो। वि.सं. १८३९ कार्तिक १८ लमजुङ राज्य पूर्णत: नेपालमा सम्मिलित भयो । लमजुङका अन्तिम राजा बीरमर्दन शाह एक साहसी, स्वाभिमानी र योद्धा थिए । नेपालले चौबीसी नलिई नछोड्ने वातावरण बनाएको हुनाले लमजुङले नेपाल सामु हार स्वीकार्नै पर्यो । सके सम्म लमजुङ राज्यको रक्षा गर्न वीरमर्दन शाहले चाहेका भए पनि केही लागेन । चौबीसीहरूमा स्थायी एकता नहुनाले र ती राज्यहरू टाढा पर्नाले पनि आपसमा मद्दत मिल्न कठीन परेको थियो । परिणामस्वरूप तनहूँको साथै लमजुङ पनि नेपालको गास बन्यो । वि.सं. १५५० देखि १८३९ सम्म ३०० वर्ष सम्म लमजुङ स्वतन्त्र राज्यको रूपमा रही विशाल नेपालमा सम्मिलित हुन पुगेको थियो ।[१]

नामाकरण[सम्पादन गर्नुहोस्]

"लमजुङ" शब्द मगर भाषाबाट आएको मानिन्छ । यसको अर्थ अग्ला, लामा तथा ठूला पहाड तथा पर्वतहरूले बनेको भूमि भन्ने बुझिन्छ ।[२]

ऐतिहासिक पृष्ठभुमि[सम्पादन गर्नुहोस्]

प्राचीनकालबाटै लमजुङ क्षेत्र लिच्छवि शासनअन्तर्गत पर्थ्यो । त्यसको पुष्टी गर्ने सामग्रीको अभाव रहे पनि त्यसबेला नेपाल राज्य हालको भन्दा विशाल भएबाट भन्न सकिएको हो । लमजुङमा मगर, दुरा, गुरूङ र ब्राम्हणहरू कहिले बसोबास गरे भनी स्पष्ट गर्न सकिने स्थिति रहेको छैन । लिच्छविकालबाटै ती सबै जातिको उपस्थिति नेपालमापाइन्छ । कर्णाली प्रदेशमा नागराजवंशीय खसमल्ल राजाहरूको राज्य स्थापनापूर्व पनि त्यहाँ धेरै जाति बस्दथे । कर्णाली प्रदेशको सवा लाख पर्वत ओगटेको साम्राज्य तीन शताब्दीसम्मरहेपछि पन्ध्रौं शताब्दीको मध्यतिर त्यो साम्राज्य छिन्नभिन्न हुन थाल्यो । त्यसै क्रममा गढवालमा बाह्र, अठार ठकुराई,कुमाउँमा तेह्र ठकुराई, कर्णाली प्रदेशमा बाइसी र गण्डकी प्रदेशमा चौबीसी राज्यको स्थापना भयो । त्यसै सिलसिलामा वि.सं. १५२४ मा कास्की राज्यको स्थापना भएको थियो । कास्कीका राजा कुलमण्डन शाहका दुई छोराको विवाह गुल्मी धुर्कोटका राजा माणिक्य मल्लकी दुई छोरीसँग भएको थियो । लमजुङ राज्यमा राज्य स्थापना गर्न उनै कुलमण्डन शाहले आफ्ना माहिला छोरा कालू शाहलाई पठाए । ती कालू शाहलाई त्यताका हिउँ निथ्रिने शेषलेक क्षेत्रमा बस्नेले छकाएर मारे । कालू शाहलाई सिमसिम ढुंगामा मारिएको भन्ने पनि सुनिन्छ । उनका साथ गएका नारायण दुरालाई पनि शेषान्त(गुरूङ) हरूले मारे। त्यसैले नारायण दुराका छोरा लक्ष्मण दुराले लमजुङमा घलेको हुकुम मेटी शाही हुकुम कायम गर्ने प्रतिज्ञा गरे । उनैको सक्रियतामा लमजुङ चिसंखुका कुश्माकरघिमिरे, दुराडाँडाका खाजेदुरा, नारायण दुरा, चामु धिङ्गल,शुक्रबार क्याब्साको गोल बनाई ठकुरी राजा माग्न भनी कास्कीकोटतिर लागे ।' कास्कीका राजाले लमजुङेहरूलाई आफ्नो माहिलो छोरो मारिएकोमा बेस्सरी हकारे । अन्त्यमा कान्छो छोरा यशोब्रम्ह शाहलाई लमजुङको राजा बनाउन खटाएपछि लमजुङेहरूले राजालाई जालीथैलो जावीमा राखीलमजुङतिर हिंडे (सानै उमेरका हुनाले) । कालू शाहकी रानीलाई राम्चे र मिदुम खोलाको दोभानमा सुरक्षा दिईपालेका दुराहरूले यशोब्रम्ह शाहलाई लमजुङको ठूलो स्वाँरामा लगी ढुंगामाथि बसाली सिंदुर अविर जात्रा गरे । त्यसढुंगालाई हालसम्म सिंदूरे ढुंगा भनिदै छ ।"

इतिहासमा खासगरी लमजुङको शाहवंशीय शासन कालको इतिहासलाई हेर्दा लडाकु, साहसी, वीर तथा विरङ्गनाहरूको राज्यको रूपमा लमजुङलाई लिइएको पाइन्छ । त्यो समयमा स्याङ्जालाई सिकारी, लमजुङलाई गरुड, गोरखालाई सर्प र कास्कीलाई भ्यागुताको रूपमा इतिहासमा उल्लेख गरेको पाइन्छ ।[२]

राजा यशोब्रम्ह शाह[सम्पादन गर्नुहोस्]

लमजुङ दरबार

राजा यशोब्रम्ह शाह वि.सं. १५५० आषाढ १५ गते रविबार दशमीका दिन सूर्योदयारिष्ट घटिषु ९।२५ सिंह लग्न पारेर लमजुङको गद्दीमा बसेका थिए। आफू लमजुङका राजा भए पनि दाजु कालू शाह मारिए झैं मारिने त्राश थियो । तसर्थ सिक्लिस क्षेत्रका ल्होचन गुरूङसँग मित्यारी गरी कविक्याल,सवक्याल, पुरूक्याल र कोकिल गुरूङलाई हात लिई पोंजो भन्ने ठाउँमा घलेका सन्तानलाई मास्न लगाए। त्यसरी मद्दत गर्ने ल्होचन र दुराहरूलाई राजा यशोब्रम्ह शाहले हले, पाटे,कोदाले, त्रिशाली, पञ्चसाली खोरिया फाँड्ने र शिकार गर्ने च्यांग्रा पाल्ने र व्यापार गर्ने सहुलियत प्रदान गरे। राजा यशोब्रम्ह शाहले वशन्तावतीसँग विवाह गरेका थिए। उनले तुर्लुङकोट र पुरानोडाँडामा राजमुकाम गराएर पनि सुरक्षित ठानेनन्। हाल ती ठाउँहरूमा पुरानाकिल्ला र घरका अवशेषहरू छँदैछन् । त्यसपछि उनले गाउँशहरलाई राजमुकाम गराई गुप्तकालीदेवीको स्थापना गरे । उनको पालामा बनेको लमजुङ दरबार अद्यापि छँदै छ । राजा यशोब्रम्ह शाहका २ छोरा थिए नरहरि शाहद्रव्य शाह । कालू शाहका छोरा नरपति शाहले लमजुङको उत्तरतिरका चार गाउँको हुकुम पाएका थिए र पछि नरहरि शाह विरूद्ध कुल गरेकाले मारिएका थिए । द्रव्य शाह गोरखाका राजा भएका हुनाले नरहरि शाहले उनलाई पनि मार्ने षडयन्त्र गर्दा असफल भए । कुनै ठाउँमा यशोब्रम्हशाहलाई जसवम्म र रानीलाई जसन्तावती पनि भनिएकोछ । कहिं त जस्मजिजू पनि भनिएको छ ।' बेंशीशहरबाट गाउँशहर जाँदा उकालोमा विश्राम गरी छहारी लिने चौतारी उनै यशोब्रम्ह शाहले बनाएको कुरा त्यसताका बूढापाकाहरू भन्दछन् ।राजा यशोब्रम्ह शाहले गाउँहशहरमा कालिकामन्दिर, गोरखनाथ गुफा, दरबार र किल्ला, चौतारी, सिंढी रधर्मपानीको बन्दोबस्त गरेकाले अद्यापि त्यता त्यो परम्पराकायम छ । कालीका पूजारीमा बोहरा, बराल, आले जोगीहरूरहेका छन् । यशोब्रम्ह शाहले लमजुङ दरबारमा बाइससुसारेको दरबन्दी बसालेका थिए र लमजुङ राज्य नेपालमामिलेपछि पनि उक्त परम्परा बाँकी रहेकोले यहाँ त्यसैआधारमा उल्लेख गरिन्छ : [३]

  1. आलेमगर-सुसारे
  2. रानामगर-प्रसाद जुटाउने
  3. बोहरा-भण्डारे
  4. गुरूजी-सुवेदी
  5. मूलपूरोहित-बराल
  6. बेदुवा-घिमिरे
  7. ज्योतिष-घिमिरे
  8. नगार्जी
  9. मौल्यानी- खवास
  10. बिहारे
  11. भजनीया भाट
  12. राँगापाठा खोज्ने-मुखिया
  13. दूधकुभेण्डे-
  14. कन्याबर्ने-क्षेत्री
  15. चन्दने-गोरखनाथ पूजारी
  16. गंगाजले - फूलपाते
  17. चिराके-निशाने
  18. समिधे - कामी- कटुवाल
  19. सार्की-मिझार
  20. बहिदार
  21. सुनार-विश्वकर्मा
  22. बढाई गर्ने - दमाईं
  23. गाइने-गन्धर्व कलाकार मालश्रीसँगै आर्वाजो र सारंगी रेट्ने ।

उपर्युक्त तेइस सुसारेलाई आवश्यक गुठीको व्यवस्था थियो । राजा यशोब्रम्ह शाह लमजुङलाई ८००० लमजुङको स्थापना गर्न समर्थ भए । उनैले लमजुङलाई शक्तिशाली र आँटिलो बनाएका थिए ।[४] उनैले गाउँशहर गर्मीको राजधानी र बेंसीशहर जाडोको राजधानी बनाई निर्माण कार्य गरेका थिए, जो अद्यापि छन् । वि.सं. १५९८मा उनले लमजुङमा तोप ढाल्न लगाई सैनिक मजबुती गराएको कुरा ऐतिहासिक कालक्रमबाट जानकारी हुन्छ ।[५]

सोर्हौं सताब्दीमा शाह वंशीय राजाका पूर्वज यशोब्रम्ह शाहले लमजुङ जिल्लामा शासन गरेका थिए । यसैलाई शाहवंशको उद्गम विन्दु मानिन्छ । त्यति बेला भद्र, शान्त तथा इमान्दार जातिको रूपमा चिनिने मगर जातिलाई राजदरवारको सेवामा राखिएको र त्यसैले गर्दा मगर भाषा एवं भेषभुषा र संस्कृतिको सामान्य प्रभाव राजदरवार एवं राज्य शासन सञ्चालनमा रहेको कुरालाई कतिपय सामाजिक तथा सांस्कृतिक संस्कार र परम्पराले पुष्टि पनि गरेको पाइन्छ ।[२]

राजा नरहरि शाह[सम्पादन गर्नुहोस्]

उदिपुर कालिका

लमजुङको राजगद्दीमा नरहरि शाह कहिले बसे भन्नेकुरा पुष्टी गर्ने सामग्री प्राप्त भएका छैनन् । यद्यपि वि.सं.१६१६ सालमा गोरखामा द्रव्य शाहले राज्य स्थापना गर्दा लमजुङमा नरहरि शाह पनि गद्दीमा बसीसकेको कुरा तत्कालीन विवादबाट जानकारी हुन्छ । नरहरि शाहले बेसीशहरको राजकुलो कर्पुटारको राजकुलो, भोर्लेटारको राजकुलो र भोटें ओडारको कुलो निर्माण गराएका थिए । लमजुङ कोटमा कचरीघर, पूजाकोठा, अखण्डदीपकोठा,दशैंघर आदि पनि नरहरि शाहले नै निर्माण गराएका थिए ।लमजुङ कालीकामा वडादशैं र चैतेदशैंमा पूजा गर्ने राँगा ६,बोका २५, भेडाथुमे १०, सुँगुर १, चैतेदशैंमा बोका १९, भेडो१, राँगा २ र सुँगुर १ बलिको पनि व्यवस्था गरेका थिए । त्यहाँ पर्व-पर्वमा वेद, चण्डी, दुर्गाकवच, रूद्री पाठ गर्ने, पूजाआरतीको पनि व्यवस्था गरिदिए । उनले लक्ष्मीनारायण,त्रिपुरेश्वर, कर्पुरेश्वर, ईशानेश्वेर जस्ता मन्दिरहरूको पुनर्निर्माण गराए । लमजुङस्थित लक्ष्मीनारायण मन्दिरको ईंट ९०० वर्ष पुरानो भएको चर्चा पनि पाइएको छ । [६] गोरखाक्षेत्र लमजुङको प्रभावमा थियो । नरहरि शाह लमजुङका राजा भएपछि द्रव्य शाहले विद्रोह गरी गोरखाको स्थापना गर्दा लमजुङले पछिसम्म दावा गरी रहयो तर गोरखाले लमजुङ प्रति प्रत्याक्रमण गरेन । त्यसको मनोवैज्ञानिक कारण छ । नरहरि शाहले आफ्ना भाइ द्रव्य शाहलाई बाबुको श्राद्धसँगै गर्ने सल्लाह गरी चेपेपारि लमजुङतर्फ बोलाए । त्यस दिन श्राद्ध भयो र धाईकी छोरीले आँखा सन्काई दिएकाले द्रव्य शाह भागे । त्यस छलले नरहरि शाह र द्रव्य शाहको चेपेमा आमाको दूध बगाई सीमाना गरेको धर्म भूटियो[७] राजा नरहरिशाहले मनाङबाट मुक्तिनाथ जाने बाटो सुधार गरेका थिए । त्यति हुँदा पनि राजा नरहरि शाहका पालाको अभिलेख प्राप्त भएको छैन । जे जति जानकारी भएको छ, त्यो कि त लोकइतिहास हो या त अरू लेखकले प्रकाशन गरेका र वंशावलीकोअपुष्ट टिपोट मात्र हो । त्यति हुँदा पनि नरहरि शाहको इतिहास गोरखाका राजा द्रव्य शाहका दाजुका नाताले तत्काल गरेका षडयन्त्र र गोरखालाई लमजुङमा मिलाउने प्रयत्न गरेका वर्णनबाट अस्तित्व प्रमाणित हुन गएको छ र लमजुङ रहेसम्म उनैका वंशजले त्यहाँ राज्य गरेका थिए । [१]

राजा चूडा शाह[सम्पादन गर्नुहोस्]

लमजुङका राजा चूडा शाहको नाउँ वंशावलीमा उल्लेख गरिएको छ । त्यस बाहेक उनको राज्यकाललाई पुष्टी गर्ने अन्य श्रोतहरू प्राप्त हुन सकेका छैनन् । उपलब्ध नभएसम्मका निम्ति चूडा शाह लमजुङ राज्यका राजा रहेको भन्नेसम्म जानकारी भएको छ ।[८] ऐतिहासिक कालक्रमका आधारमा गोरखाका पूर्ण शाह लमजुङका राजा चूडा शाहका समकालीक देखिन्छन् । पूर्ण शाहको पालामा पनि बाबु द्रव्य शाहका जस्तै लमजुङ र गोरखाको युद्ध चल्यो । लमजुङले गोरखाको लिगलिगमा कब्जा गरेको हुँदा गोरखाली सेनाले हटाएको कुरा गोरखा वंशावलीमा उल्लेख छ । त्यसरी विचार गर्दा वि.सं. १६४५ देखि १६६२ सम्म लमजुङमा पनि चूडा`शाह राजा रहेको संकेत पाइन्छ । राजा चूडा शाहका पालामारनसिं र देउदास भण्डारी रहेको एउटा टिपोटबाट जानकारी भएको छ । ती व्यक्तिहरू लमजुङ राज्यको स्थापनाकाल देखिका भँडारे थिए ।

राजा अचिन्द्र शाह[सम्पादन गर्नुहोस्]

लमजुङका राजा अचिन्द्रलाई चन्द्र शाह पनि भनिएको छ । उनका समकालीक गोरखाली राजा राम शाह थिए ।अचिन्द्र शाह बुद्धिमान र राजनीति निपुण थिए । लमजुङको सेनालाई उनले लिगलिग, लकाङ, भिर्कोट, देउराली, धुँवाकोटर च्याङली गोरखाले लमजुङबाट लुटी लिएको थाहा पाई त्यसको रक्षार्थ खटाए । गोरखाका राजा राम शाहले तीक्षेत्रहरूलाई सम्झाई, धम्काई आफ्नो अधिनमा पारेकाले लमजुङेहरूले त्यहाँ आक्रमण गराउनु परेको थियो । तर त्यस युद्धमा गोरखालीहरू विजयी भएकाले लमजुङे सेना रित्तो हातफर्किनु पयो । त्यसको बदला लिन लमजुङका राजा अचिन्द्र'शाहले वारपाक निवासीहरूलाई उचालेर गोरखाको सरहदमा वागी भई घुस्न लगाए । त्यो षडयन्त्रबाट गोरखाली शंकालू देखिंदा राम शाह बालुवा व्याशीमा शिकारमा गएको मौकापारी उनमाथि हमला गरी मार्न लगाए । तर त्यो योजना पनि सफल भएन । यसरी हरेक क्षेत्रमा गोरखाबाट लमजुङ ठगिदै जान थाल्यो ।१६. त्यस घटनाबाट लमजुङका राजा अचिन्द्र शाहको राज्यकाल वि.सं. १६६२ पछि १६९३ सम्म रहेकोअनुमान गर्न सकिने स्थिति छ । लमजुङले मझुवालाई आफ्नोकब्जामा लिन सफलता पाएको थियो । अचिन्द्र शाहका देउदास र सिरै भण्डारीहरू लमजुङका भँडारे थिए ।[९]

राजा नरेन्द्र शाह[सम्पादन गर्नुहोस्]

लमजुङका राजा नरेन्द्र शाह अचिन्द्र शाहका छोरा हुन् । वंशावलीमा उनको राज्यकालका बारेमा उल्लेख गरिएको पाइदैन । नरेन्द्र शाहको अर्को नाउँ नराज शाह पनिरहेको बुझिन्छ भने कुनै ठाउँमा नरेन्द्र शाहका छोरा नराज शाह भन्ने उल्लेख गरिएको छ ।[१०] लमजुङका राजा नरेन्द्र शाहका समकालीन गोरखाली राजा कृष्ण शाह रहेको थाहा पाइन्छ । गोरखाका राजा कृष्ण शाहपछि रूद्र शाह राजा हुँदा पनि लमजुङमा राजा नरेन्द्र शाह थिए । राजा नरेन्द्र शाहले गोरखाले राम शाहका पालामा मिलाइएको मझुवामाथि अधिकार गरे । तर रूद्र शाहको राज्यकालमा गोरखाले मझुवा क्षेत्र लिएरै छोड्यो [१]

राजा केहरीनारायण शाह[सम्पादन गर्नुहोस्]

गोरखाका राजा पृथ्वीपति शाहका समकालीक लमजुङका राजा केहरीनारायण शाहले गोरखासँग लामै संघर्ष गर्नुपयो । राजा केहरीनारायण शाहले ६१ वर्ष राज्य गरेकोकुरा प्रकाशित भएको छ ।[११] तर उनको राज्यकाल कहिले आरम्भ भयो वा कहिले अन्त्य भयो भन्ने श्रोतहरू प्राप्त भएका छैनन् । वि.सं. १७२४ मा गोरखाका राजा रूद्र शाहको परलोक भएको देखिनाले र उनका बाबु कृष्ण शाहका समकालीक राजा नरेन्द्र शाह हुँदा वि.सं. १७३०-३१ तिरकेहरीनारायण शाह राजा भएको सम्भावना महसुस हुन जान्छ । त्यसरी विचार गर्दा वि.सं. १७३१-४१ गर्दा १७७२ सम्म उनको राज्यकाल रहेको ठानिएको छ । राजा केहरीनारायण शाहले वि.सं. १७४१ मा रू.२४०० रकम लिई नारायणदास उपाध्यायलाई केही जमीनबेचेका र केही रजबन्दकी राखी कागत गरिदिएका थिए । [१२] लमजुङ राज्यलाई गोरखाले अँचेटीरहेको र आफ्नो रक्षाको निम्ति राजा केहरीनारायण शाहले प्रशस्त रकम जम्मा पारी सामरिक उपकरणहरू जम्मा पार्ने र निर्माण गर्ने गर्दा खर्चिलो पर्न गएको थियो । त्यस आवश्यकतालाई पूर्ति गर्नका निम्तिराज्यका मलिला जमीन या त बिक्री गर्ने या बन्दकी दिने गरेकोपाइन्छ । त्यस प्रकारको क्रम अन्य बाइसी, चौबीसी र सेनराजाहरूका राज्यमा पनि रहेको पाइन्छ । गोरखाका राजा पृथ्वीपति शाह वि.सं. १७३४ देखि१७७३ सम्म राजा रहेको प्रमाणित भएको छ । त्यसअन्तरालमा लमजुङका राजा केहरीनारायण शाहले वि.सं.१७४१ देखि ९ वर्षसम्म ११ पटक गोरखामाथि आक्रमण गरेका थिए । त्यसको प्रतिकार गर्न गोरखाले १२ वर्षमाथि ८० वर्ष मुनिका मानिसलाई जम्मा पारी लिगलिग, लकाङ, भिर्कोट, धुँवाकोट, द्यौरालीमा रहेका लमजुङको फौजमाथि अचानक हमला गरेका थिए । २१ ती गाउँहरूमा लमजुङले ३ वर्षसम्म लगातार शासन चलाएको थियो । त्यस क्षेत्रमा पुनः१७५२ मा गोरखाले विजय गर्दा लमजुङ खिस्रिक्क परेकोले सहन नसक्ने अवस्थामा पुग्यो । त्यसको ५-६ वर्षपछि लमजुङले बलपूर्वक गोरखाले खोसेको इलाकामा हमला गरी लिगलिगमा लमजुङका राजकुमार भीम शाह तैनाथ रहेका थिए । त्यसबाट गोरखालाई निराशा लाग्यो ।[१]

लमजुङले आफ्नो भू-भाग फिर्ता लगेकोले गोरखाकाराजा पृथ्वीपति शाहका कान्छा छोरा रणदुर्लभ शाहलाई गोरखाबाट धपाए जस्तो गरी लमजुङमा प्रवेश गराइयो ।उनका साथमा गौरेश्वर पन्त वलि कडरियाहरू लमजुङको लिगलिग पुगेका बेलामा गोरखाबाट धपिई आएको स्पष्ट पारी ५-७ महिना लमजुङ बसे । लमजुङे राजकुमारले विश्वासगरी लिगलिगको जिम्मा रणदुर्लभ शाहलाई दिए । त्यसैमौकामा गोरखामा सुटुक्क खवर गरी हमला गर्न लगाई लिगलिग गोरखाको पारे । यसरी गोरखा र लमजुङबीचमा छिमेकी बस्तीहरूका अधिकार गर्ने होड जस्तै चलेकोदेखिन्छ । राजा केहरीनारायण शाहको नाउँ लमजुङ बेसीशहरस्थित नारायण मन्दिरको पटाङ्गिनीमा रहेको आठपंक्तिको अभिलेखमा पनि परेको छ । सो अभिलेख शाके १६६७ वि.सं. १८०२ को हुनाले त्यति बेलासम्ममा केहरीनारायण`शाहको मृत्यु भई उनका छोरा दशिवंत शाह राजा भइसकेकोप्रमाणित भएको छ । राजा केहरीनारायण शाहले छिमेकी राज्यहरूसँग राम्रो सम्बन्ध बसालेका थिए । विशेष गरी लमजुङ राज्यलाई गोरखाले एकोहोरो दपेटेकोले छिमेकी चौबीसी राज्यहरूसँग मद्दत लिई गोरखालाई कमजोर पार्नु पर्नेस्थिति थियो । सामरिक शक्तिमा लमजुङ सक्षम भएर पनि।गोरखाले त्यसलाई बेला-बेलामा हेप्दथ्यो । त्यसबाट दुवैको।सीमा क्षेत्रमा गोरखाको स्थापनाकालदेखि नै तनाव चलिरहेकोले लमजुङका जनता पनि जुझारू बन्ने बानी परेका थिए ।[१]

भीम शाह (दशिवन्त शाह)[सम्पादन गर्नुहोस्]

लमजुङका राजा दशिवन्त शाह (भीम शाह)को वि.सं.१८०२ को एउटा अभिलेख प्राप्त भएको छ । उक्त अभिलेखमाश्री केहरीनारायण शाहकी बुहारी दशिवन्त शाहकी रानी हेमदासीपट्टिबाट जन्मेकी छोरी जवावतीले लमजुङमा निर्माण गरेको धर्मशाला भन्ने कुरा उल्लेख गरिएको छ । सो अभिलेखले लमजुङका राजा दशिवन्त र रानी हेमदासीको नामप्रकट गर्न सकेर पनि राजा केहरीनारायण शाहको राज्यकालर जशिवन्त शाहको मृत्यु मिति पनि खुलेको छैन । लमजुङका राजा भीम शाह (दशिवन्त) गोरखाका राजा नरभूपाल शाहका समकालीक थिए । त्यति भएर पनि वि.सं. १७९६ भन्दा अगाडि नै राजा भीम शाह (दशिवन्त) को मृत्यु भएको कुराप्रकाशमा आएको र त्यसपछि लमजुङमा रिपुमर्दन शाह राजा भएका थिए ।[१]

रिपुमर्दन शाह[सम्पादन गर्नुहोस्]

वि.सं १७८२ देखि १७८८ को अन्तरालमा लमजुङ,कास्की तनहूँ मिलेर गोरखाको धुवाकोट पट्टिबाट एक मुख,च्याङली पट्टिबाट अर्कोमुख, लकाङ भिर्कोटपट्टिबाट एकमुखगरी गोरखामा आक्रमण गरे । त्यस्तो अवस्थामा ती क्षेत्रकामानिस जुटी चौबीसीलाई लखेटे । त्यसपटक लमजुङकोगोरखासँग जमेर युद्ध हुन पाएन । गोरखा र लमजुङकोबीचमा बेला-बेलामा खटपट परिरहेको थियो । विशेष गरीसीमाक्षेत्रमा कहिले लमजुङले त कहिले गोरखाले आक्रमणगरिरहन्थे । गोरखाले लमजुङसँग युद्ध गर्नुभन्दा पूर्व र दक्षिणतिर चेप्न चाहन्थ्यो । लमजुङले गोरखासंग आफ्नो क्षेत्रखोसेको फिर्ता लिन चाहन्थ्यो । गोरखाले दखल गरेको ठाउँ छोड्न चाहदैनथ्यो । त्यसै अवस्थामा वि.सं. १७९६ माघ ११ गते गोरखा र लमजुङको बीचमा कास्कीको अधमाथि अधिकार गर्न लमजुङलाई दिने र गोरखाले पूर्वको काम गर्दा लमजुङले हमला नगर्नु भन्ने सर्त राखिएको थियो । त्यस सन्धिपत्रमा उल्लेख भएको व्यहोरा गोरखाले पालन नगरेमा ४०,००० रूपैयाँ लमजुङलाई तिर्नुपर्ने सर्तबन्दी गरिएकोथियो । त्यसका साथै लमजुङका राजा रिपुमर्दन शाहसँग गोरखासँगको सीमाक्षेत्रमा पृथ्वीनारायण शाहसँग भेटी पूर्वसिन्धुसम्म गोरखा बढ्दा लमजुङले मद्दत गर्ने र अर्घौ लमजुङले जित्दा गोरखाले मद्दत गर्ने स्पष्ट सर्त राखिएकोथियो । कालु पांडे भन्ने गोरखाली काजीले लमजुङसँग सन्धि गर्ने काममा विशेष भूमिका खेलेका थिए । त्यसो गर्नलाई कालु पांडेको छोरा वंशीधर पाण्डे र लमजुङका युवराज वीरमर्दन शाहसँग मित्यारी सम्बन्ध गरिएको थियो ।। राजा रिपुमर्दन शाहले लमजुङलाई शासनमा सजिलो रहोस् भनी २७ मौजामा विभक्त गरिदिएका थिए । मौजा भन्नाले सानो राज्य, प्रदेश, अंचल र जिल्लाको सुविधाजनक इलाकाहरूलाई एकै ठाउँमा राखी विभाजन गर्ने पद्दतिलाई व्यवहार गरेको इलाकालाई जनाउँछ ।

वि.सं. १७९७ मा गोरखा र लमजुङको सम्बन्ध राम्रो हुँदा ती दुवै राज्यले ललितपुर राज्यको लामिडाँडा क्षेत्रसँग जोडिएको देउराली भन्ने ठाउँ कब्जा गरेका थिए । वि.सं.१७९६ मा ती दुवै लमजुङ र गोरखाको बीचमा सन्धि भएको थियो ।

वि.सं. १७९९ मा गोरखामा नरभूपाल शाहको मृत्युभई युवराज पृथ्वीनारायण शाह राजा भए । त्यसको एक वर्षपछि वा १८०० मा गोरखाको काजी पदमा कालु पांडेलाई नियुक्त गरेका थिए ।[१३] त्यसै नियुक्तिपछि १८०१ मा गोरखाका राजा पृथ्वीनारायण शाह र लमजुङका राजा सन्धि गरेका थिए । यसबाट लमजुङका राजा रिपुमर्दन शाहलाई गोरखाका राजाले महत्व दिएको देखिन्छ । गोरखाका राजाले काशी यात्रा जाँदा र पूर्वतिर बढ्दा लमजुङबाट खतरा नपरोस् भन्ने नै त्यस सन्धिको लक्ष्य थियो किनभने लमजुङ सामरिक शक्तिमा सम्पन्न भएको गरूड भनिन्थ्यो भने गोरखा सर्प अनि काठमाडौं उपत्यका भ्यागुतो ।

वि.सं. १८०२ सम्म लमजुङका राजा रिपुमर्दन 'शाहको राज्यकाल रहेको र त्यसै वर्ष वीरनारायण शाहको राज्यकाल रहेको प्रमाणित भएको छ ।

बीरमर्दन शाह (बीरनारायण शाह)[सम्पादन गर्नुहोस्]

लमजुङका राजा बीरमर्दन शाहका काजी जयसिंह भण्डारी थिए ।[१४] यिनको मीत्यारी गोर्खाका काजी कालू पांडेका छोरा वंशीधर पांडेसँग लगाएको थियो । वीरमर्दनशाहको जन्म मिति थाहा भएको छैन तापनि वि.सं. १८०२मा यिनी लमजुङका राजा भइसकेकाले उनका बाबु रिपुमर्दन शाहको मृत्यु भइसकेको बुझिन्छ । लमजुङका राजाहरू गोरखालीका पुस्तैनी शत्रु बनेका थिए । गोरखाका राजा पृथ्वीनारायण शाहले लमजुङ सँगभएको पुरानो सन्धिपत्रलाई तोडीदिए । त्यो समाचार सुनेका लमजुङका राजा बीरमर्दन शाहले तनहूँ, कास्की र पर्वतका राजाहरूलाई हात लिई एकत्व गर्न थाले । तदनुसार त्यस चौबीसी संगठनले गोरखामाथि आक्रमण गर्ने तयारी पनि गर्न थाल्यो । लमजुङ र पर्वतका राजाहरू मिलेर कास्कीका राजा सिद्धिनारायण शाहलाई हैरान पारेका थिए । फलस्वरूप कास्की चौबीसीबाट फुटेर गोरखातिर मिल्ने लक्षण थियो । गोरखाले कास्कीमा आफ्नो दूत पठाएर सम्बन्ध बढाउँदै लगेको थियो । उता चौबीसीको संयुक्त शक्तिले गोरखाको सिहानचोकमाथि दखल गर्न सफल भएको थियो । गोरखाका नरभूपालकी भित्रिनीपट्टिका रणरुद्र शाह र काजी कालू पांडेको युक्तिले सिहानचोकबाट चौबीसी फौज हट्न बाध्य भयो । वि.सं. १८११ को त्यो घटनाले लमजुङलाई ज्यादै मर्का पयो । [१५]

वि.सं. १८१५ मा लमजुङ, कास्की, तनहूँ, भीरकोटजस्ता राज्य मिलेर पुनः गोरखामाथि आक्रमण गरे । कीर्तिपुरको दोस्रो आक्रमण १८१४ मा गोरखाको पराजीत भईसकेको थियो । त्यो रिस फेर्न चौबीसीको एकगठ भई सो आक्रमण गरिएको थियो । चेपेको किनारमा पुगेको चौबीसी सेनालाई रागिनाश गढीमा किल्लाबन्दी बनाइरहेको देखेर गोरखाले सिरानचोकगढी बनाएको थियो । गढी निर्माण गरी सकेर गोरखाले चौबीसीमाथि रागिनाशगढीमा घेराउ गर्दा लमजुङको धेरै योद्धा काटिए । त्यसै अवस्थामा कुञ्जर भण्डारी, पारथ भण्डारी लगाएत २५० जना लमजुङे पक्राउ पर्न गए । रागिनाशगढी र लाखाजुङ पनि गोरखाले दखल गर्दा लमजुङलाई साह्रै मर्का पर्यो ।[१६] लमजुङलाई गोरखा बढ्दै गएकोमा प्रत्यक्ष खतरा बढीरहेको थियो र लमजुङ हडबडाउन थाल्यो ।

वि.सं. १८१९ मा मकवानपुरलाई गोरखाले विजय गरेपछि त्यसको प्रत्यक्ष प्रभाव चौबीसी र विशेष असर तनहूँलाई परेकोले चौवीसी राज्यहरू त्रशित हुन थाले । त्यसैले विभिन्न बहाना पारी चौबीसीका सल्लाह बमोजिम हर्मी, धुवाकोट, च्याङली, भिरकोट, देउराली र लकाङ जस्तागाउँमा दिउसै लूटपाट मच्चाउन थाले । वि.सं. १८२० फागुन -चैतमा भएको त्यस काण्डमा उता गोरखालीले शूरप्रताप शाहको नेतृत्वमा आक्रमण गर्दा दुवै पक्षमा केहीहताहत भए ।[१७] लमजुङलाई गोरखा बढ्दै गएकोमा प्रत्यक्ष खतरा बढीरहेको थियो र लमजुङ हडबडाउन थाल्यो । वि.सं. १८२२ मा कीर्तिपुरमाथि गोरखालीले अधिकार गरेको थाहा पाएका लमजुङका राजा बीरमर्दन'शाहले गोरखामा आक्रमण गर्न सेना खटाउँदा गोरखाले पनि प्रत्याक्रमण गरे । दुवैको लाखाजुङमा भेट भएर युद्ध हुँदा लमजुङको सेना कमजोर भएकोले त्यहाँबाट हट्नुपर्यो ।[१८] वि.सं. १८२९ (शाके १६९४) लमजुङका राजा बीरनारायण`शाह र आफ्ना दुई रानी सालधरा र श्रीसकलानकुमारी सहित तीन जनाले ईशानेश्वर महादेवको नाममा धर्मकर्म परब्रम्हार्थ १४० खेतको अन्न संकल्प गरेका थिए । लमजुङको कर्पुटारफाँटमा उभ्याइएको शिलालेखमा उत्कीर्ण अभिलेखले अतीत, बटुवा, फकीर, कुखुरा चल्ला सदावर्त राख्ने कामधर्ममा तत्पर रहने राजा रानीले जीवरक्षा तथा भवानीविश्वनाथ (शिवपार्वती) का नाउँमा गुठ राखिदिएका थिए ।[१९] उपर्युक्त वर्णनबाट लमजुङ कर्पुटारस्थित प्राचीन ईशानेश्वर मन्दिरमाजाने जोगीहरूको पनि बस्ने खाने बन्दोबस्त त्यहाँका राजारानीले गरेको स्पष्ट भएको छ । ईशानेश्वर महादेवका अधिकृत पूजारीमा उपाध्याय सोती ब्राम्हणहरू रहेको पनि प्रमाणित भएको छ । ती सोतीहरूलाई ६० मुरी खेतलमजुङका राजाहरूले राखी नित्य नैमित्य पूजा चलाई बाँकीबचेको भोग गर्नु भन्ने लालमोहर नेपाल सरकारले गरिदिएको पनि पाइन्छ । त्यसरी मठ मन्दिरमा गुठी र ईश्वरका नाउमा तीर्थालू र जोगी जालन्धरलाई सुविधा पुऱ्याउने सदावर्त राखेको पाइनाले राजा वीरनारायण शाह धार्मिक, समाजसेवी र उदार भएको कुरा पनि प्रमाणित हुन गएको छ ।[१]

लमजुङका राजा बीरनारायण शाहको राज्यकाल वि.सं. १८२५ मा गोरखाले कान्तिपुर र ललितपुरलाई वशमा पारेपछि तनहूँका राजा हरकुमारदत्त सेनले गोरखासँगआश्रित सन्धि गरे ।

नेपालमा विलय[सम्पादन गर्नुहोस्]

गोरखाको पश्चिम विजय वि.सं. १८२७देखि शुरूभयो र त्यसको पहिलो धक्का तनहूँलाई नै पयो । वि.सं. १८२८ मा केहरसिंह बस्न्यातको नेतृत्वमा ६०० जति तालिमे र २००० जति बेतालिमे सिपाहीसहित तनहूँबाट,त्यति नै सिपाहीसाथ वंशराज पाण्डेले कास्कीको बाटो लाग्ने भए । यस्तो गोरखालीको ओइरो लाग्न गएको अवस्थामा लमजुङका राजा बीरनारायण शाहले सामना गर्नु ठीक नठानी गोरखा (नेपाल) को आश्रयमा रहन स्वीकार गरे । तदनुसार उनको जमानतस्वरूप आफ्ना छोरा बीरभूपाल शाहलाई काठमाडौं बस्न पठाउनु पर्ने भयो । लमजुङको रागिनाश गोरखाले लियो र केहरसिं बस्न्यातलाई लमजुङे राजाले शिरपाउ दिई लमजुङभित्रको चारनाल खेत फिर्ता गरिदिए । नेपाली सेनालाई तनहूँको सेना मद्दत गर्न पुग्यो र रिसिङ,भिर्कोट, गह्रौं, पैयूँ दखल गन्यो । वंशराज पांडेले कास्कीलाई वशमा लिई वर्षादमा केहरसिंह बस्न्यातसँग मिले । वर्षा आरम्भ भएको हुनाले पर्वतले लमजुङ र तनहूँलाई हात लिन खोजेका बेलामा क्याक्मी गह्रौं कोटमा ९६ जना तनहूँका सिपाही काटिए । त्यही निहुँमा तनहूँ नेपाल विरूद्ध भड्कियो । २००० चौबीसी र त्यति नै गोरखाली सतहूँमा भिडन्त हुँदा ५०० नेपाली काटिए भने केहरसिं बस्न्यात पनि मारिए । वंशराज पांडे मूर्छा पर्दा पक्रिए । नेपाली सेनामा भागदौड मच्चियो । भागेकालाई सेतीको छेउमा १४ दिन थुनिए । ढोर,सतहूँ, भिर्कोट, गहूँ र पैयूबाट भागाभाग भएपछि नेपालले पश्चिमतिर विजय गर्ने अभियान परित्याग गर्नुपयो । लमजुङले पनि गोरखाको विरूद्ध विद्रोह गर्यो र चौबीसीतिर लाग्यो ।/| वि.सं. १८३१ मा गोरखाका राजा पृथ्वीनारायण' शाह र १८३४ मा उनका उत्तराधिकारी प्रतापसिंह शाहको मृत्यु हुँदा नाबालक रणबहादुर शाहलाई गद्दीमा राखी नायब मुमा महारानी राजेन्द्रलक्ष्मीदेवीले नेपालको शासन चलाउन थालिन् । त्यसै अवसरमा वि.सं. १८३८ माघ २५ गते चौबीसीले नेपालमाथि आक्रमण गरे । कास्कीको सम्बन्ध गोरखासँग भएको हुनाले चौबीसीलाई साथ दिन अनकनाइरहेको बेलामा पर्वत र लमजुङका सेनाले बाध्य गराई आफ्नो खेमामा ल्याए । तनहूँको सिजुङमा ठाना बनाई बसेका नेपालीसेनालाई चौबीसीले लघारेर गोरखाको सिरानचोक गढीतिर बढ्यो । नेपाली सेना सिरानचोकमा जमेर बसेको हुनाले चौबीसी त्यहाँ नपुग्दै कास्कीका राजा सिद्धिनारायण शाहले युद्धमैदानबाट हात झिके । चिप्लेटीमा नेपाल र चौबीसीको युद्ध भयो । झिमऱ्याक र सिजुङमा भएको युद्धमा चौबीसीको हार भयो । पर्वतका राजा कीर्तिबम मल्ल साह्रै रिसाएकाले कास्कीमाथि लूट मच्चाए । त्यसपछि चौबीसीमा एकताको अभाव हुँदै गयो । वि.सं. १८३९ मा वंशराज पांडेले.लमजुङको राजधानीमा घेराउ गर्दा तनहूँ र लमजुङका राजाहरू मनाङको बाटो भाग्दै पर्वत दाखिल भएर रामनगर.पुगे ।II।गते लमजुङका राजा बीरमर्दन शाह भाग्दा उनका छोरा बीरभूपाल शाह लमजुङमा परिवारसाथ थिए । नेपालसँग राजा बीरमर्दन शाहले काशीवास जान परिवार मगाउँदा पठाइएकोले उनी त्यतै लागे । त्यसरी १८३९ कार्तिक १८ लमजुङ राज्य पूर्णत: नेपालमा सम्मिलित भयो । लमजुङका अन्तिम राजा बीरमर्दन शाह एक साहसी, स्वाभिमानी र योद्धाथिए । नेपालले चौबीसी नलिई नछोड्ने वातावरण बनाएको हुनाले लमजुङले नेपाल सामु हार स्वीकार्नै पर्यो । सके सम्म लमजुङ राज्यको रक्षा गर्न वीरमर्दन शाहले चाहेका भए पनि केही लागेन । चौबीसीहरूमा स्थायी एकता नहुनाले र ती राज्यहरू टाढा पर्नाले पनि आपसमा मद्दत मिल्न कठीन परेको थियो । परिणामस्वरूप तनहूँको साथै लमजुङ पनि नेपालको गास बन्यो । वि.सं. १५५० देखि १८३९ सम्म ३०० वर्ष सम्म लमजुङ स्वतन्त्र राज्यको रूपमा रही विशाल नेपालमा सम्मिलित हुन पुगेको थियो ।

राणा कालिन समय[सम्पादन गर्नुहोस्]

जङ्गबहादुर राणा वि. सं. १९१४ सम्ममा ज्यादै शक्तिशाली वने जसको फलस्वरुप राजाको लाल मोहर प्राप्त गरी कास्की तथा लमजुङको श्री ३ महाराज तथा मुलुकको प्रधानमन्त्री बन्न पुगे ।

प्रशासनिक विभाजन[सम्पादन गर्नुहोस्]

राजा रिपुमर्दन शाहले लमजुङलाई शासनमा सजिलो रहोस् भनी २७ मौजामा विभक्त गरिदिएका थिए । मौजा भन्नाले सानो राज्य, प्रदेश, अंचल र जिल्लाको सुविधाजनक इलाकाहरूलाई एकै ठाउँमा राखी विभाजन गर्ने पद्दतिलाई व्यवहार गरेको इलाकालाई जनाउँछ । लमजुङका २० मौजाहरू यसप्रकार छन् ।[१]

लमजुङ कालिका
  1. रजस्थल = राजा बस्ने ठाउँ वा राजधानी राजमुकाम हुने ठाउँ। गौंडा निर्माण गरेको ठाउँ ।
  2. सराञ्चोक= राजाका सिपाहीले सरायँ खेल्ने त्रिवेणी परेको मेला लाग्ने ठाउँ ।
  3. चौथर = गौंडाकोट भनी लमजुङ राज्यले सैनिक
  4. नौथर = लमजुङको दोर्दीखोलाको मुहान दूधपोखरी
  5. तार्कू = शिवरात्रीमा मेला लाग्ने र देवस्थल रहेकोठाउँ ।
  6. तान्द्राङ= नागभैरव मन्दिरस्थित पुरानो ठाउँ ।
  7. जीता = भैरवस्थान र सातधारा रहेको ऐतिहासिक ठाउँ
  8. कुन्छा = कुन्छा सिरानगढी, कालिका मन्दिरमा ३६ गुठियार रहेका र शिवरात्री तथा फागू पूर्णिमाको दिनमा मेला लाग्ने ठाउँ ।
  9. बाह्रथर = लमजुङको फौज बस्ने र तालिम गर्ने ठाउँ ।
  10. चौघरखोला = भिरालो र खोलाले चारैतिर घेरेको ठाउँ ।
  11. दशथर = उत्तरकन्या मन्दिर, स्थायीकुवा, मिदिम खोलाको र खुदी खोलाको शिर दूधपोखरीमा जनैपूर्णिमाको दिन मेला लाग्दछ ।
  12. अलकाटार = चेपे नदीको पश्चिमतिर चक्रतीर्थमा माघेसंक्रान्तिमा मेला लाग्दछ र टार परेको लेरविवाली गर्न सकिने पुरानो ठाउँ हो
  13. लुपुटार = धमिली कूवा र कडरियाहरूको बसोबास क्षेत्र हो ।
  14. थन्सिङ राजराजेश्वरी मन्दिर रहेको प्रशस्त गुठीसाँगे, बांग्रे, भोर्लेटार धोद्रे गाउँमा धेरै मानिस बसोबास गर्ने ठाउँ
  15. करापू = इशानेश्वर महादेव मन्दिर र चिसंकु क्षेत्र ।शिवरात्रीमा यहाँ ठूलो मेला लाग्दछ । “शिवरात्री कर्पूटार चैते दशैं बाग्लुङ बजार” भन्ने उखान बनेकोहो ।
  16. चारनाल पाँचगाउँ = चारगाउँका मानिसले कुलपूजा गर्ने महत्वको ठाउँ
  17. दूराडाँडा तुर्लुङकोट र दूराहरूको दूल्लूवाट आएपछिको पहिलो बस्ती ।
  18. चिती : राजाको चिताईदारहरूलाई बसोबास गर्न खटाइएको ठाउँ ।
  19. पुस्तुन = कालिका मन्दिर, देउरालीकोट, लटेश्वरमहादेवको मन्दिरस्थल र बाहुनडाँडा नामले प्रसिद्धरहेको प्राचीन ऐतिहासिक स्थल ।
  20. खासुर = गोखुरेश्वर महादेवको मन्दिरस्थित रहेको गाउँ ठाउँ ।
  21. तारकाङ (मकैखोला) हाल कास्की जिल्ला अन्तर्गत पर्न गएको ।
  22. नामर्जुङ = गुरूङहरूको पुरानो बस्ती रहेको ठाउँ। हाल कास्कीमा)
  23. मकैखोला= पुरानो लमजुङे राजाका गुरूहरूको बसोबास क्षेत्र ।
  24. गहने = राजाका गहनागुरिया निर्माण गर्ने सुनारहरू बस्ने ठाउँ ।
  25. गोर्जे = कास्की जिल्लामा पर्न गएको पुरानो बस्ती भएको ठाउँ ।
  26. ताङतिङ= पुराना जमानामा भीरबाट दाउरा काठभीरबाट लडाउने ठाउँ ।
  27. धाङजाकोट = याङजाकोट= असिना तर्काउने तान्त्रिकहरू बस्ने ठाउँ ।

बाह्य सम्बन्ध[सम्पादन गर्नुहोस्]

गोरखासँगको सम्बन्ध[सम्पादन गर्नुहोस्]

चौबिसी संगको सम्बन्ध[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ १.७ सुवेदी, राजाराम (बि.सं .२०५९ असार (२००२ Nov)), "लमजुङ्ग राज्य", प्राचीन नेपाल (पुरातत्व विभाग नेपाल): ५५। 
  2. २.० २.१ २.२ "जिल्ला विकास समिति, लमजुङ (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, लमजुङ, http://www.ddclamjung.gov.np/index.php?option=com_content&view=article&id=78&Itemid=69। 
  3. लमजुङ दरबार हेरचाह अड्डाको फाइलबाट
  4. योगी नरहरिनाथ (२०१३), इतिहास प्रकाश २:३, इतिहास प्रकाश मंडल, पृ: ५८६-८७। 
  5. धनबज्र बज्राचार्य र टेक बहादुर श्रेष्ठ (२०३४), लमजुङको ऐतिहासिक झलक, भ्वायस अफ हिष्ट्री भोलम, पृ: ३०। 
  6. धर्मराज थापा (बि.सं .२०४१), लोक संस्कृतिको घेरामा लमजुङ, काठमाडौं: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, पृ: २८८- ९। 
  7. दिनेशराज पन्त (बि.सं .२०४१), गोरखाको इतिहास १, दिनेशराज पन्त, पृ: ५५। 
  8. योगी नरहरिनाथ (बि.सं. २०१०), इतिहास प्रकाश, इतिहास प्रकाशक संघ, काठमाडौं, पृ: ६७। 
  9. दिनेशराज पन्त (बि.सं. २०४१), गोरखाको इतिहास १, दिनेशराज पन्त, पृ: २८। 
  10. दिनेशराज पन्त (बि.सं .२०४१), गोरखाको इतिहास १, दिनेशराज पन्त, पृ: १९८। 
  11. योगी नरहरिनाथ (वि.सं.२०१३), इतिहास प्रकाश २:३, इतिहास प्रकाश मंडल, पृ: ४१७। 
  12. रामजी तेवारी र अरू (वि.सं.२०१३), ऐतिहासिक पत्र संग्रह २, काठमाडौंः नेपाल सांस्कृतिक परिषद्, पृ: १६-१७। 
  13. भीमबहादुर पांडे (वि.सं.२०३४), राष्ट्र भक्तिको झलक, काठमाडौंः रत्न पुस्तक भण्डार, पृ: १६-१७। 
  14. दिनेशराज पन्त (बि.सं .२०४१), गोरखाको इतिहास १, दिनेशराज पन्त, पृ: २९। 
  15. बाबुराम आचार्य (बि.सं. २०२९), नेपालको संक्षिप्त वृत्तान्त, काठमाडौंः प्रमोद शम्शेर राणा र नीरविक्रम प्यासी, पृ: १८-१९। 
  16. बाबुराम आचार्य (बि.सं. २०२९), नेपालको संक्षिप्त वृत्तान्त, काठमाडौंः प्रमोद शम्शेर राणा र नीरविक्रम प्यासी, पृ: ३३। 
  17. बाबुराम आचार्य (बि.सं. २०२५), श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, भाग ३, काठमाडौंः श्री ५ महाराजाधिराजका प्रमुख सम्वाद सचिवालय, राजदरबार, पृ: ४२८। 
  18. बाबुराम आचार्य (बि.सं. २०२५), श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, भाग ३, काठमाडौंः श्री ५ महाराजाधिराजका प्रमुख सम्वाद सचिवालय, राजदरबार, पृ: ४३८। 
  19. धर्मराज थापा (बि.सं .२०४१), लोक संस्कृतिको घेरामा लमजुङ, काठमाडौं: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, पृ: ७१।