वियोगरात्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली (खस) भाषा साहित्यका कविहरूः भुवनहरि सिग्देलः सिग्देल शास्त्रीय छन्दमा कविता रचना गर्ने वर्तमानका सशक्त कवि हुन् । उनको जन्म वि सं २००७ साल जेठ ५ गते दहचोक काठमाडौंमा भएको थियो । उनले नेपाली खण्डकाव्य, महाकाव्य मात्र हैन कथासङ्ग्रह र उपन्यासहरू पनि लेखेका छन् । २०७३ सालमा उनले लेखेका 'आमोई' जीवन इतिवृत्त निकै चर्चित रहेको थियो । सात खण्डकाव्य तीन महाकाव्य एक नव्यकाव्य एक नीतिकाव्य एक नव्यकाव्य एक कविता सङ्ग्रह चार उपन्यास एक बालगीत र एक जीवनवृत्त लेखिसकेका उनी विशेषत शास्त्रीय छन्दकै कविताका प्रखर कवि मानिन्छ । उनका प्रकाशित कृतिहरूमा

खण्डकाव्यतर्फः आर्तनाद २०५४, कानी २०५५, कुलबहादुर २०५८,  डल्ले २०५८, समयचक्र २०६४ सुनसपना २०६५ , निसानी २०६८ महाकाव्यतर्फः धरणीधर २०५५ , मेनुका २०५६, विभुधारा २०६१, वैयाकरण २०७०

कवितासङ्ग्रहः रो कविता २०६१, खगोल यात्राकाव्य २०६६, , कलमगङ्गा २०६८ नव्यकाव्यः खाते २०५५ नीतिकाव्यः तीतामीठा कुरा २०६३, उपन्यासः रमिलानानी २०६६, सुरासुन्दरी २०६६, जदौमालिक २०७२ र उर्मिला २०६९ कथासङ्ग्रहः अतीत जब २०६५ संस्मरणः स्मृतितरङ्ग २०६७ , मनका सयपत्री २०६८ जीवन इतिवृत्तः आमोई २०७२ बालगीतः मै छोरी सुन्दरी २०७१ आदि हुन् ।

हरि खनालः हरि खनाल समकालीन नेपाली साहित्यको क्षेत्रमा वहुविधामा कलम चलाउने सशक्त साहित्यकार हुन् । विसं २०२३ सालमा नीलकण्ठ ९ पाल्पा धादिङमा जन्मिएका खनालको साहित्ययात्रा उपन्यासबाट शुरू भएको थियो । एक दर्जन भन्दा बढी बालसाहित्य लेखेका उनी शास्त्रीय छन्दमा कविता लेख्छन् । विसं २०७३ सालमा उनले लेखेका 'सँघार' नामको कविता सङ्ग्रह र २०७० सालमा लेखेका हास्यव्यङ्ग्य निबन्ध 'भोकासुर' उनको उपन्यास 'मैयाँ' र द्वन्द्वकालीन घटनाको सेरोफेरोमा लेखिएका कथासङ्ग्रह 'अँध्यारो मानचित्र' पनि उतिकै प्रसिद्ध छ । हालसम्म एक दर्जन बालकथा दुई बालउपन्यास एक बालनाटक पाँच विभिन्न क्षेत्रका कथाहरू एक निबन्ध सङ्ग्रह र एक विभिन्न छन्दका कविता नेपाली साहित्य भण्डारमा उनले दिइसकेका छन् । गीत गजल नाटक मुक्तक सबै विधामा उतिकै कलम चलाउने उनी नयाँ नयाँ छन्द आविष्कारमा पनि निपुण देखिन्छन् । उनका हालसम्मका प्रकाशित कृतिहरूमा बालसाहित्य तर्फ बालकथाहरूः (१) चटकी मामा, २०६३ (२) भूतको कपर्दी, २०६६ (३) बादल राजा बादल रानी, २०६८ (४) हर्के र बिर्खे, २०६८ (५) हजुरबा, २०६८ (६) झरनाको गीत, २०६९ (७) चराको साथी, Bird's Friend २०७० (८) काफल पाक्यो, २०७४ (९) गीत गाउने सन्दूक, २०७४ (१०) अनारको बोट, २०७४ (११) सुरुवालको फूल २०७८ (१२) खरायोको ऐना २०७८ ख. चित्रकथाहरूm (१) पर्खंदा पर्खंदै, The Lost Opportunity २०७० (२) स्याल र लोटा, २०७४ बालउपन्यासः (१) साथी, २०६६ (२) कलाको जीत, २०६८ (३ ) आमा २०७८ बालनाटकः (१) चन्द्रमा र मुनियाँ, २०७१ अन्य साहित्यतर्फ उपन्यासः (१) मैयाँ, २०५७  ख. कथासङ्ग्रहः (१) बाबाको बिहे, २०६१ (२) अँध्यारो मानचित्र, २०६९ (३) चर्चित पौराणिक कथाहरू, २०७० (४) पञ्चतन्त्रका कथाहरू (सङ्कलन र पुनर्लेखन), २०७१ (५) एकादेशमा (लोककथा सङ्ग्रह, सङ्कलन र पुनलेखन),२०६८ (६) अमर पौराणिक प्रेमकथाहरू , २०७५ ग. निबन्धः (१) भोकासुर (हाँस्यव्यङ्ग्य), २०७० घ. कविता सङ्ग्रहः (१) सँघार (छन्दकविता), २०७३ लघुकथा सङ्ग्रहः परावर्तन २०७४ (ङ ) नाटक सङ्ग्रहः सैरन्ध्री, २०७५ (च) गीजल सङ्ग्रहः अन्तर्नाद, २०७५ रहेका छन् ।

ठाकुरप्रसाद शर्माः विसं २०१० साल भाद्र २५ गते गुल्मीमा जन्मिएका कवि ठाकुरप्रसाद शर्मा कविता विधामा जमेका साहित्यकार हुन् । अन्तर्ध्वनि २०५५ आस्थाका पाइला २०५९ उपासना २०६० शव्दनाद २०७० उनका कवितासङ्ग्रहहरू हुन् । शास्त्रीय छन्दमा कविता लेख्न सिपालु यी कविले २०६६ सालमा मुक्तक सङ्ग्रह र २०६५ सालमा चम्पूकाव्य वसन्तानन्द प्रकाशन गराएका छन् । पञ्चामृत नमक अध्यात्मिक लेखसमेत लेखेका यिनले २०७० सालमा साहित्य यात्राका पदचाप नामक समीक्षा सङ्ग्रह समेत प्रकाशन गराएका पाइन्छन् । साहित्यको उन्नयनका लागि यिनले दायित्व वाङमय प्रतिष्ठानको संस्थापक भएर क्रियाशील भएका देखिन्छन् ।

नवराज रिजालः विसं २०२२ सालमा धादिङ जिल्लामा जन्म भै हाल डुमरवाना बारामा बसोबास गरिरहेका साहित्यकार नवराज रिजाल बालसाहित्य र अन्य प्रौढ साहित्यमा क्रियाशील साहित्यकार हुन् । बालसाहित्य तर्फ बोक्सी बूढी भूतको घरभित्र २०६१ तिलकानेको टीको २०६२ छट्टु बाँदरको बिहे २०६३ स्याब्बास गोपी २०६७ रोजीको हवाइजहाज जस्ता बालकथासङ्ग्रह प्रकाशन गराएका छन् भने जून दाइ आए २०६८ र गुराँस फुलेपछि २०६९ गरी दुई बालकवितासङ्ग्रह पनि यिनले प्रकाशन गराएका देखिन्छन् ।प्रौढ साहित्यतर्फ अदृश्य पीडा २०५७ यिनको लघुकथा सङ्ग्रह हो भने चुपचाप २०६६ मा प्रकाशित गजलसङ्ग्रह हो । कथा विधामा सशक्त देखिने रिजाल साहित्य पत्रकारिताका क्षेत्रमा निकै क्रियाशील छन् । २०५० सालदेखि यिनले नवप्रज्ञापन पत्रिका प्रकाशन आरम्भ गरेका यिनले यसका विभिन्न प्रकार र प्रकृतिका विशेषाङ्कसमेत प्रकाशन गरिरहेका छन् ।

कवि पुरुषोत्तम सिग्देलः वि सं १९९९ बैशाख १७ गते ताप्लेजुङको फुङ्लिङ ९ मा जन्मनुभएका कवि  पुरुषोत्तम सिग्देल पिता स्व भोलानाथ सिग्देल र माता हर्कमाया सिग्देलका पुत्र हुनुहुन्छ । झापाको एक विद्यालयमा अध्यापन गरी सेवानिवृत्त जीवन बिताइरहनु भएका उहाँ नेपाली साहित्यका सशक्त कवि हुनुहुन्छ । अनुवाद र सिर्जनामा सिध्दहस्त कवि सिग्देलले भतृहरिका तीन शतकको पद्यानुवाद वि सं २०६४ सालमा गर्नुभएको थियो । त्यस अघि वि सं २०६३ सालमा सिग्देल वंशावली प्रकाशन गर्नुभएका कवि सिग्देलको आमा महाकाव्य २०६९ परिक्रमा खण्डकाव्य २०७२ धुपछायाँ महाकाव्य २०७५ प्रकाशित छन् । शास्त्रीय छन्दका कवितामा बान्की भर्ने कवि पुरुषोत्तम सिग्दलेका विदुर नीति र कविता सङ्ग्रह प्रकाशोन्मुख रहेका छन् ।

डिल्लीरमण शर्मा अर्याल ( वि स‌ १९८८- २०७२) वि सं १९८८ साल चैत्र ७ गते धादिङ जिल्लाको नलाङ २ मा जन्मनु भएका साहित्यकार डिल्लीरमण शर्मा अर्याल पिता वेदनिधि अर्याल र माता अयोध्यादेवीको कोखबाट जन्मनुभएको हो । लामो समय शिक्षण पेशामा समर्पित रही अवकाश लिनुभएका कवि अर्याल नेपाली संस्कृत भाषामा कथा कविता लेखनमा सक्रिय रहनुभयो । संस्कृत भाषाको श्रीरङ्गस्तुती काव्यबाट शुरू भएको उहाँको साहित्य यात्रामा वेदनिधि खण्डकाव्य २०४६ थोपल खण्डकाव्य २०५८ गङ्गाजमुना कविता सङ्ग्रह २०५८ संस्मरण सँगालो जीवनका कथा व्यथाहरू २०५८ अष्टचिरञ्जजीवीहरू कथासङ्ग्रह २०५९ मुटु खायो गीत सङ्ग्रह २०६० रेडक्रस खण्डकाव्य २०६१ विद्यार्थीहरूको निबन्ध निबन्धसङ्ग्रह २०६२ अयोध्यादेवी शोक काव्य २०६६ नेपाल दर्शन खण्डकाव्य २०६७ मेलम्चीका तिर्खा कवितासङ्ग्रह २०६७ गुरुदक्षिणा कवितासङ्ग्रह २०६७ र जनआन्दोलन महाकाव्य २०६७ रहेका छन् । धादिङ साहित्य समाज नामक साहित्य संस्था सञ्चालन गरी साहित्य अभियानमा नेतृत्वसमेत गर्नु भएको कवि तथा साहित्यकार अर्याल वि सं २०७२ साल असार ४ गते व्रह्मलीन हुनुभयो ।