ठाकुरबाबा मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ठाकुरबाबाको मन्दिर
ठाकुरबाबाको मन्दिर परिसरमा लागेको मेला
ठाकुरबाबा मन्दिर
प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व
जिल्लाबर्दिया
देशनेपाल

ठाकुरबाबा मन्दिर अर्थात ठाकुरद्वारा बर्दिया जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। यस मन्दिर परिसरमा हरेक वर्ष माघी पर्वको अवसरमा माघी महोत्सव आयोजना गर्ने गरिन्छ। माघे संक्रान्तिको अघिल्लो दिन देखि शुरु हुने मेला चार दिनसम्म लाग्ने गर्दछ। यो मन्दिर बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय नजिकै अवस्थित छ। ठाकुरबाबा मन्दिरमा सन्तान नहुनेहरू सन्तान हुने आशमा पूजा गर्न आउने गर्दछन् [१] ३ सय वर्ष अघि मल्लकालमा किसानले खेत जोत्ने क्रममा अष्टभुजा पोषण बिष्णु र हनुमान भगवानको ढुङ्गाको मुर्ति फेला परेको र सो ठाँउमा उचाल्न नसकेपछि सोहि ठाँउमा राखिएको धार्मिक किम्बदन्ती रहेको छ। थारु जातीको महन्त पुजारी रहेको एक मात्र यस मन्दिर भित्र मुख्य देवताको रूपमा भगवान विष्णुको मूर्ती छ। थारु जातीले भगवान विष्णुलाई ठाकुर भनी पुकार्ने भएकाले यो मन्दिरको नाम पनि ठाकुरबाबा रहन गएको बताइन्छ। मन्दिरको स्थापना अभिलेख केहि नभेट्टीए पनि करीब २० वर्ष अघि प्रकासीत ओम गोरक्षनाथ पुस्तकमा ८५ वर्षिय जगन्नाथ योगीले लेखेको ठाकुरबाबा एक चिनारीमा उल्लेख गरीए अनुसार कर्णाली नदिमा शिव लिङ्गको मुर्ति फेला परेको र त्यहीबाट उत्खनन गरी ल्याइएको बताइन्छ। धेरै वर्षसम्म सानो झुपडीके रूपमा रहेको यस मन्दिर संरक्षणको अभावले गर्दा बेलाबेलामा भत्कने र मूर्ती चोरी हुने खतराबाट जोगाउन झण्डै ४० वर्ष अघि पञ्चायतकालमा स्थानीयवासीको जनश्रमदान र केही आर्थिक सहयोगमा गजुर शैलीमा ठाकुरबाबाको मन्दिर पुन निमार्ण गरिएको बताइन्छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]