माइतीघर मण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(माइतीघर मण्डलाबाट अनुप्रेषित)
माइतीघर मण्डला
माइतीघर मण्डलामा फहराई रहेको नेपालको झण्डा

माइतीघर मण्डलाको मौलिक नाम फिब्वः ख्यः हो। माइतीघर मण्डला काठमाडौँको माइतिघरमा अवस्थित एक खुला ठाउँ (पार्क) हो। जहाँ मानिसहरु स–साना राजनीतिक जमघट देखि ठूला आन्दोलनको प्रदर्शन गर्ने थलोको रूपमा परिचित भएको छ ।कुनै राजनीतिक दल तथा विभिन्न संघसंस्थाहरूले सरकारसँग आफ्नो कुनै माग तथा विचार भएमा पनि यसै थलोको उपयोग गरी प्रचारबाजी गर्ने गरेको पाइन्छ । विक्रम सम्बत् २०५७ सालमा ११औं सार्क शिखरको सम्मेलन आयोजना हुने बेलामा यस क्षेत्रको चारैतिर रहेका बस्तीलाई व्यवस्थापन गरी मण्डलाको निर्माण गरिएको थियो । यस कार्यमा तत्कालीन मेयर केशव स्थापित तथा रिञ्चिन योञ्जनको सक्रियतामा सम्भव भएको थियो । जम्मा १७ दिनमा यसको निर्माण कार्य सम्पन्न गरिएको थियो ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

माइतीघर मण्डलामा बालुवाका ससाना ढोस्कोहरू हुने गर्थे । यसलाई नेपालभाषामा "फिब्व" भनिन्छ । यस नजीकै अहिले भद्रकाली सेना ब्यारेक रहेको स्थानमा फिब्वः अजिमा रहेको छ । त्यसै अजिमाको चउरका रूपमा रहेकाले यसलाई फिब्वःख्यः भन्ने गरिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]