कोत्रे-पुणिटार यान्त्रिक पुल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कोत्रे-पुणिटार यान्त्रिक पुल नेपालकै पहिलो यान्त्रिक पुल मानिन्छ ।[१] तनहुँ जिल्लाको दुलेगौँडा गाविस वडा नम्बर २ मा रहेको कोत्रेबाट कास्की जिल्लाको भरत पोखरी गाविस वडा नम्बर १ मा रहेको पुणिटार जोड्ने यो पुल सेती नदीमाथि निर्माण गरिएको हो । करिब ५५ लाख रुपियामा निर्माण सम्पन्न भएको यस पुलको निर्माणकार्य २०६१ सालमा सुरु भएको थियो । हेर्दा झट्ट केबुलकार जस्तो देखिने यस यान्त्रिक पुलमा काँच, फलाम र टिनले बनेका दुईवटा ट्रली बक्स जडान गरिएको छ । एउटा ट्रली पारी पुग्दा अर्को वारि आइपुग्छ । दुवै ट्रली एउटै फलामे लठ्ठामा जोडिएको यस पुलमा एकपटकमा दुवै ट्रलीमा गरी आठ जना मान्छे आवतजावत गर्न सकिन्छ । पुलले एकपटकमा करिब एक हजार केजीसम्म तौल धान्न सक्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]