नरेन्द्रराज पाण्डे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नरेन्द्रराज पाण्डे ( - वि.सं. २०६९) नेपालका कुटनीतिज्ञ हुन्। उनी राजप्रासाद सेवा तथा राजदूत रहे।

सेवा[सम्पादन गर्नुहोस्]

उनले लामो समयसम्म राजप्रासाद सेवामा रहेर तत्कालीन राजदरबारको प्रमुख सम्वाद सचिवबाट सेवा-निवृत भएका थिए। उनी चीनका लागि पूर्व नेपाली राजदूत हुनुहुन्थ्यो।

निधन‍[सम्पादन गर्नुहोस्]

लामो समयदेखि पेट (आमाशय)को अर्बुद रोगको समस्या झेल्दै आएका पाण्डेको वि.सं. २०६९ चैत ३ गते राति काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलमा निधन भयो। उनी ७५ वर्षका थिए। पाण्डेको वि.सं. २०६९ चैत ५ गते सोमबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो। पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]