दिलबहादुर चित्रकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दिलबहादुर चित्रकार (वि. सं. १९८४- वि. सं. २०६७) पुराना चित्रकार हुन्। उनलाई डी.बी. चित्रकार भनेर पनि चिनिन्छ। दिलबहादुरले संस्कृति र जनजीवनका धेरै चित्र कोरेका छन्। उनलाई मुहारचित्र बनाउन जान्ने चित्रकारका रूपमा चिनिन्छ।

जीवनी[सम्पादन गर्नुहोस्]

उनी वि. सं. १९८४ (नेपाल संवत् १०४८)मा पाटनको हौगलमा जन्मेका हुन्। उनी जगतबहादुर र हेरामायाका माहिला छोरा हुन्।

चित्रकला[सम्पादन गर्नुहोस्]

उनले १४ वर्षको उमेरदेखि चित्र कोर्न थालेका हुन्। चित्रकारले पाँचवटा एकल चित्रकला प्रदर्शनी गरे। राम शाहका पालादेखि नै चित्रकारहरूले चित्र कोर्न काम गर्दै आएका हुन्। उनले बनाएका चित्रहरू हजारौं छन्। उनी नेपाल ललितकला संस्था (नाफा)मा संस्थापक सदस्य हुन्। नाफाले २०२३ र २०२४मा गरेका प्रतियोगितामा प्रथम र दोस्रा भएका थिए। उनको पहिलो प्रदर्शनी सन् १९६४मा म्याक्स ग्यालरीमा भएको थियो। उनले २०१७ सालमा जुद्ध कला पाठशालाबाट कला-प्रवीण गरेका हुन्। जनक शिक्षा केन्द्रमा प्रमुख चित्रकारका रूपमा २० वर्ष काम गरे।

निधन[सम्पादन गर्नुहोस्]

उनको वि. सं. २०६७ पुस ७ गते ८४ वर्षको उमेरमा निधन भयो।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]