चुडामणि गौतम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चुडामणि गौतम (वि.सं. २००० - )ले अङ्ग्रेजी व्याकरणका धेरै पुस्तक लेखेका छन्। उनी साहित्यकार हुन्। ग्रामरजस्तै र अरु सहयोगी गरी उनका ५० पुस्तक प्रकाशित छन्। बजारमा बढी प्रचलित भने यस्ता २० पुस्तक छन्।

जीवनी[सम्पादन गर्नुहोस्]

चुडामणि २००० साल असोज १मा तेह्रथुमको कोयाखोलामा जन्मेका हुन्। गौतमका एक भाइ र चार दीदि-बहिनी जन्मे। उनका भाइ रामचन्द्र गौतम गोरखापत्र दैनिकसँग आवद्ध थिए। रामचन्द्रको केही वर्षअघि निधन भइसक्यो। उनका पिता यमनाथ र माता भीमरूपा हुनुहुन्थ्यो। उनलाई सानो छँदा 'गोपाल' भनेर बोलाईन्थ्यो। भागवतमा 'गोपाल-चुडामणि' एकै ठाउँ उल्लेख भएकाले उनलाई 'गोपाल' भनिएको हो। उनले ६/७ वर्षको हुँदा अक्षर खुट्याउन थालेका हुन्। सरस्वती पूजाका दिन काइला गुरुले उनलाई अक्षर लेख्न सिकाउनुभएको हो। त्यसबेला अक्षर लेख्न काठको पाटी हुन्थ्यो। त्यसमा धुलो छरेर छेस्काले लेख्थे। त्यो सिक्ने काम गुरुकै घरमा हुन्थ्यो। पढ्ने ठाउँ एउटा कटेरो थियो। कक्षा ४मा पुगेपछिमात्र ए, बि, सि, डि...सिके। चण्डी, रुद्रि, गीता, वेद भने सानैमा पढे। कक्षा ६ पढ्न आठराईको त्रिभुवन हाइस्कुल गए। उनी दश वर्षको हुँदा बुबा बिते। दिदी कृष्णकुमारीको बिहे भइसकेको थियो। कान्छी बहिनी अठार महिनाकी मात्र थिईन्। एक्ली आमाले परिवार पालिन्।

लेखन‌[सम्पादन गर्नुहोस्]

आफ्नो वाल्यकाल अभाव र दुःखमा बितेकाले उनले सस्तोमा ग्रामर पुस्तक बजारमा ल्याए। विद्यालय नियमित गए पनि कलेज सबै प्राइभेट पढे। उनले बी.ए. र बी.एल. गर्नुभएको छ। कलेज पढ्न विराटनगरको महेन्द्र मोरङ कलेज भर्ना भए पनि नियमित हुन सकेनन्। २०३५ सालमा आएर मात्र 'आभाष' नामक कवितासङ्ग्रह छापियो। नयाँ शिक्षा लागू भएपछि नेपाली व्याकरण र अङ्ग्रेजी ग्रामरका छुट्टै पुस्तक थिएनन्। नेपाली व्याकरण र अङ्ग्रेजी ग्रामर धेरै आवश्यक भएको ठानी उनले २०३५/३६मा ग्रामर लेखेका हुन्। उनी हाल काठमाडौंको डिल्लीबजारमा बस्छन्।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]