यादव खरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यादव खरेल
जन्मवि.सं. १९९९
पेशाचलचित्र निर्देशक, लेखक
राष्ट्रियतानेपाली
धर्महिन्दु

यादव खरेल चलचित्र निर्देशक एवम् साहित्यकार हुन्। गीत, मुक्तक, नियात्रा, कविता आदि विधामा विशेष सामर्थ्य प्रस्तुत गरिसकेका खरेल चलचित्रका निर्देशक, निर्माता तथा लेखकका रूपमा अत्यन्त चर्चित छन्।

जीवनी[सम्पादन गर्नुहोस्]

यादव खरेलको जन्म वि.सं. १९९९ साल फागुन् १२ गते मङ्लबार तदनुसार कृष्णपक्ष तृतीया तिथिका दिन वाग्मती अञ्चलको काभ्रेपलाञ्चोकअन्तर्गत पर्ने खरेलथोक भन्ने ठाउँमा पिता गोपीकृष्ण खरेल तथा माता सरस्वती खरेलका तृतीय सन्तानका रूपमा भएको हो। यिनको न्वारानको नाम पद्मनाथ खरेल हो। विद्यालय आदिका प्रमाणपत्रहरूमा पनि यही नाम रहेको तर कुनै दिन नाट्यसम्राट बालकृष्ण समले प्रसङ्गवश ठट्टैठट्टामा जिस्क्याउनु भएछ तब उनले आफ्नो नामै बदलेर यादव राखेछन्। यादव खरेलका एक दिदी अम्बिकादेवी, एक दाजु श्यामकृष्ण खरेल, दुई भाइहरू रामकृष्ण खरेल र अच्युतकृष्ण खरेल तथा दुई बहिनीहरू गीता र सीता छन्। यादव खरेलचाहिँ अहिले काठमाडौँको कुमारीगालमा बसोबास गर्छन्। बाल्यावस्थामा यिनी कहिले काठमाडौँ कहिले खरेलथोक र कहिले तराईमा बस्थे। सप्तरी जिल्लामा यिनीहरूको मौजा भएकाले यिनी त्यहाँ जाडोयाममा बस्दथे। उनले अर्थशास्त्रमा एम. ए., बि. एल. तथा बेलायतको लण्डन फिल्म स्कूलबाट डिप्लोमा गरेका छन्। उनले रेडियो नेपालमा काम गरेका थिए। पढाइको सिलसिलामा बेलायत पुगेका खरेलले सन् १९६९मा खुलेको बीबीसी नेपाली सेवामा पनि केही समय काम गरे।

मौलिक कृति[सम्पादन गर्नुहोस्]

विभिन्न पत्र-पत्रिका, रेडियोमा कथा, निबन्ध, कविता, गीत र अन्वेषणात्मक लेखहरू प्रकाशित छन्। उनका प्रकाशित कृतिहरूः
१) अनि एउटा लहर ब्यूँझन्छ (कविता)
२) यादव खरेलका मुक्तकहरू (मुक्तक, वि. सं. २०३०)
३) समुन्द्रपारी (नियात्रा)
४) खलबल (हाँस्यव्यङ्ग्य कृति)
५) यस्तो पनि हुँदा रहेछ
६) यस्तै रहेछ यहाँको चलन

चलचित्र निर्देशन[सम्पादन गर्नुहोस्]

खरेलले निर्देशन गरेका चलचित्र यी हुन्ः
१) आदिकवि भानुभक्त
२) प्रेमपिण्ड
३) श्री स्वस्थानी
४) चेलीबेटी
४) लोभीपापी

पुरस्कार, मान, सम्मान, पदक[सम्पादन गर्नुहोस्]

उनले पाएका केही सम्मान यी हुन्ः
१) रत्नश्री स्वर्ण पदक
२) वासु शशी स्मृति सम्मान

भ्रमण[सम्पादन गर्नुहोस्]

उनले अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, स्पेन, बेल्जियम, लक्जेम्बर्ग, स्विजरल्याण्ड, जापान, मेक्सिको, केन्या, चीन, दक्षिण कोरिया, इन्डोनेशिया, फिलिपिन्स, सिंगापुर, मलेशिया आदि देशको भ्रमण गरेका छन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]