डम्बा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डम्बा नेपाली बाजा हो । यो तामाङमा प्रचलित बाजा हो । यो बाजा ठोकेर बजाइन्छ । डम्बा आमुको काठबाट बनाइन्छ । यसमा गोलो घेरा बनाई घोरलको छाला टाँगी बत्तीस वटा बाँसका किला ठोकिएका हुन्छन् । यसको शिर भागमा डाँफेको मूर्ति कुँदिएको हुन्छ । तामाङहरूको ताम्बा गीतमा यो बाजा बजाउनु अनिवार्य मानिन्छ । डम्बा नबजाई तामाङ जातिको कुनै पनि साङ्गीतिक समारोह पूरा हुँदैन । डम्बा तामाङ जातिका पुर्खा पेङ दोर्जेले बनाएको विश्वास गरिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]