ढोलकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढोलकी एक प्रकारको बाजा हो । ढोलकभन्दा सानोलाई ढोलकी भन्छन् । ढोलकी पञ्चैबाजा तथा नौमती समूहमा पर्ने तालबाजा हो । यो बाजा एकापट्टी हात र अर्कोपट्टी गजोले हिर्काएर बजाइन्छ । यो बाजा काठको ढुङ्ग्रोमा दुवैपट्टी छालाले मोरेर बनाइएको हुन्छ । यसको दुवै छेउको व्यास बराबर हुन्छ । यसमा हातले बजाउनेतर्फ पातलो र गजोले बजाउनेतिर बाक्लो छाला कसिएको हुन्छ । ढोलकी विभिन्न तालमा बजाउन सकिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]