खादा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खादा नेपाली समाजमा सम्मान जनाउँदा गलामा ओढाइदिने सेतो वस्त्र हो। यो देवदेवीको पूजाआजामा चढाउने पनि गरिन्छ ।

विशेषताहरू[सम्पादन गर्नुहोस्]

=प्रयोग शब्दहरू[सम्पादन गर्नुहोस्]

खादामा सम्भोटा लिपिमा निम्नशान्ति र शुभ शब्दहरु लेखिएका हुन्छन्ः

  • टासी देलेक फुन्सुम छ्योकऊ (यसको अर्थ होः सुख, शान्ति, शुभ राम्रो कुराले सधैं भरिपूर्ण होउन्) ।

यसमा अरु थप आशिर्वादहरु पनि लेखिएका हुन्छन्ः

  • ङिन्मो देलेक छेन्देलेक, ङिम्हे घुङयाङ देलेग सिङऊ (यसको अर्थ होःबिहानको शुभ, मध्यदिनको शुभ र रातको शुभ समय रहोस्) ।
  • ङिन्छेन् ताक्तु देलेगपा, कोन्छ्योग सुम्गी टासी श्योगऊ (यसको अर्थ होःदिन र रात सबै राम्रो भई त्रिरत्नको शुभ रहोस्) ।
  • पोन्लोप मिडल ल्हेन्चीघ ढोघ, कुछे मिग्युर स्रा तेन्ङा, स्हाङ्से टोग्युन मिछेकीला छ्योइफेल टाशी श्योगऊ (यसको अर्थहोः गुरु मण्डल र हामीबीच केही गडबढी नभई सधैं मित्रता र साथ रहिरहोस्, आयु र शरीर कहिल्यै नष्ट नहोस्,गाँजबलियो एवम् अटल होस्, राम्रो होस्, हृदयदेखि नै कर्म गर्न मन लागिरहोस्,अनन्तसम्म सुख, शान्ति र धर्म फैलिएर जाओस्) । यस्तापुन्य, शुभ शब्दहरु खादामा लेखिएका हुन्छन्।

ओम मणि पद्मे हुँ[सम्पादन गर्नुहोस्]

यसको साथै कतिपय खादामा ओम मणि पद्मे हुँह्रीजस्तो मन्त्रपनि लेखिएको हुन्छ ।

ओम मणि पद्मे हुँह्री को अर्थ

  • ओमको अर्थ मन, वचन र शरीर शुद्ध हुने हो।,
  • मणिको अर्थ अमूल्य रत्नहो।,
  • पद्मेको अर्थ कमलको फूल हिलोमा फुलेर पनि शुद्ध रहने हो।,
  • हुँको अर्थ मणि र कमलजस्तो हो।,
  • ह्रीको अर्थ स्वयम् अवलोकेतेश्वरको चित्तहो।

यो मन्त्रको जप गर्नाले समेत देवलोक, असुरलोक, मनुष्यलोक, पशुलोक, प्रेतलोक र नर्कलोकमा पुर्नजन्म लिनुपर्ने कष्टको ढोका बन्द हुन्छ भनिएको छ । विद्वानराजनीतिविश्लेषक प्रा. डा. सुरेन्द्र केसीले त ओम मणि पद्मे हुँको मन्त्र समेत प्रकृतिपुजक खसहरूको हो भनेर दाबीगर्नु भएको छ । तसर्थ, यस्तो तन्त्रमन्त्रयुक्त खादा लगाउने वा धारण गर्ने मान्छेको सधैंभरि कल्याण हुन्छ भन्ने जनविश्वास रहेको छ ।

अष्टमंगलम[सम्पादन गर्नुहोस्]

त्यसैगरी खादामा अष्टमंगलमको चित्रपनि छापिएको हुन्छ । ती अष्टमंगलचित्रको अर्थ यसप्रकार छन्ः

  • धुक (ह्रिन्छेन धुक)ः छाता अर्थात भगवानको छाता जो ज्ञानको सागर भएको व्यक्तित्वलाई ओढाइने गरिन्छ ।
  • सुनको माछा (सेर्गी ङ्या)ःशुभको प्रतिक हो ।
  • बुम्बाअर्थात कलश(घोइम्युङ)ः सम्पूर्ण इच्छा प्राप्तीहुने ।
  • ४कमल(इहोङ कमल)ः हृदयआनन्दितपार्ने ।
  • शंख (ङ्यान्डक धुङ)ःशक्तिशालीश्रवण अर्थात धर्मको ध्वनी वा आवाज गुञ्जिने
  • स्वस्तिक चिन्ह(पल्बेहु)ः प्रेमको कहिल्यै अन्तनहुने अर्थात इच्छाएको प्राप्ती हुने र शुभ हुने ।
  • छाता (घ्याल्छेन)ः मानव जीवनको कहिल्यै अन्त्य नहुने
  • धर्मचक्र÷खोर्लो (वाङ्ग्युर)ः शक्ति फैलाउने

यस्तो महत्त्वपूर्ण शुभमंगलका सङ्केत चित्रहरु खादामा छापिएको हुनाले यसबाट ऊ दुःखमा पर्नु पर्दैन ।

पञ्चरत्न[सम्पादन गर्नुहोस्]

यस्तै खादामाप्रयोग हुने पञ्चरत्नको पनि छुट्टाछुट्टै अर्थ र महत्त्व छ ।

  • निलो रंगआकाशको प्रतिक हो।,
  • पहेंलो रंगजमीन वा माटोको प्रतिक हो।,
  • रातो रंग अग्निको प्रतिक हो।,
  • सेतो रंगबादलको प्रतिक हो।,
  • हरियो रंगजंगलको प्रतिकहो।

पञ्च रंगले पाँच भौतिकतत्व (जो मानवजीवनको सृष्टिसँग सम्बन्धित छ) को बोध गराउँछ ।तसर्थ,मानव कल्याणको लागि यस्तो महत्त्व बोकेको खादा बहिष्कार गर्नु भनेको शुभ संकेतलाई नै लत्याउनु हो ।शुभलाई अस्वीकार गरियो भने अशुभ मात्र भोग्नुपर्छ । यसको विकल्पमा ढाकाको गलबन्दी प्रयोग गर्नुको त अझ कुनै अर्थ छैन । यति महत्त्वपूर्ण मन्त्रहरु लेखिएको खादासँग ढाकाको गलबन्दी तुलनागर्नै मिल्दैन । ढाकाको फूलबुट्टा देख्दाआँखालाई एकछिन तिरिमिरी पार्छ, त्यतिहो । यसबाट कुनै शुभ हुँदैन । बरु यसमा प्रयोग गरिएको कृतिम लेपनवाला रंगले घाँटी चिलाउने र एलर्जी हुने सम्भावना बढ्छ । त्यसकारण खादालाई केवलआतिथ्यता मागलाको शोभा दिनको लागि प्रयोग गरिनेवस्तुको रूपमामात्र नबुझौं । यसको धार्मिक, साँस्कृतिक र सामाजिक महत्त्व छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]