पाँगा (लुगा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाँगास्याँगा नेपाली पहिरनका नाम हुन् । पाँगा लुङ्गीजस्तै हुन्छ । मगरगुरुङ जातिका महिलाहरूले पाँगा लगाउँछन् । सिस्नु र त्यस्तै जातका वनस्पतिका रेशाका धागोबाट खाँडी कपडा/भाङ्ग्रा बुनिन्छ । खाँडी कपडालाई माटो वा रूखका बोक्राले रङ्गाएर पाँगा बनाइन्छ ।

पृथ्वीनारायण शाहको दिव्योपदेशमा पाँगालाई 'स्वास्नीमान्छेले लगाउने स्वदेशी घरबुना लुगा' भनेर व्याख्या गरिएको छ । सेन राजाहरूले स्याँगा र पाँगाको उत्पादन र प्रयोगमा प्राथमिकता दिएको पाइन्छ । पृथ्वीनारायणले नौ लाख किराँतसहितको हिन्दूपतिको सेन राज्य आफ्नै भूमिमा उत्पादित स्याँगा र पाँगा जस्ता साधारण लुगा लगाएर जितेको प्रसङ्ग राज्य सञ्चालन निर्देशिका/दिव्योपदेशमा उठाएका छन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]