रुक्म शमशेर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रुक्म शमशेर राणा नेपाली व्यापारी, व्यवसायी, खेल अधिकारी तथा कुटनीतिज्ञ हुन्। उनी सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत भएका थिए।

खेलकुद[सम्पादन गर्नुहोस्]

राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौँ र तेह्रौँ सदस्यसचिव थिए। उनी दुई पटक सदस्यसचिव[१] र नेपाल ओलम्पिक कमिटीको अध्यक्ष भएका थिए। उनले वि.सं. २०५० देखि वि.सं. २०५१ सम्म र वि.सं. २०५४ देखि वि.सं. २०५५ सम्म सदस्य सचिव रहेर काम गरेका थिए। राणाले अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यवाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गरेका थिए तथा नेपाल तेक्वान्दो संघ र नेपाल एथलेटिक्स संघको समेत अध्यक्ष भएका थिए।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सुवर्ण शमशेर राणाका जेठा छोरा कनक शमशेर, माइला कञ्चन र कान्छा रुक्म हुन्। उनको मृत्यु २०७८ भदौ २६ मा भयो। [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सदस्य सचिव", राष्ट्रिय खेलकुद परिषद्, अन्तिम पहुँच २०७८ भदौ २६  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०९-१२ मिति
  2. "व्यवसायी रुक्म शमशेर राणाको निधन", अनलाइन खबर, अन्तिम पहुँच २०७८ भदौ २६ 

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]