रेड सोरघुम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्र:Red Sorghum.jpg

'रेड सोरघुम' विश्वप्रसिद्ध चिनियाँ सिनेमा निर्देशक झाङ्ग यिमोउले निर्देशन गरेको पहिलो सिनेमा थियो भने गोङ लीको पनि अभिनेत्रीको रूपमा पहिलो सिनेमा थियो । यो सिनेमा साहित्यतर्फको नोबेल पुरस्कार जितेका चिनियाँ लेखक मो यानको 'रेड सोरघुम' नामकै प्रसिद्ध उपन्यासमा आधारित थियो र सन् १९८७मा बनेको थियो ।रातो जुनेलोबाट रक्सी बनाउने एउटा गाउँले व्यापारी परिवारको चित्रणका साथै नायिकाको पे्रम, जीवन, चीनको गृहयुद्ध र चिनियाँ लालसेनाको प्रसङ्ग र जापानविरुद्धको देशभक्तिपूर्ण लडाइँका घटनाहरू समेटिएका छन् । एउटी गरीब युवती, एउटी पे्रमिका, पत्नी र एउटी देशभक्त चिनियाँ गाउँले नारीको भूमिकालाई यो सिनेमामा गोङ लीले अत्यन्त कुशलतापूर्वक निर्वाह गरेकी छन् ।