रत्नकुमार बान्तवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रत्नकुमार बान्तवा (विसं २००८-२०३५) नेपालका शहीद हुन्। यिनी नेपालका बामपन्थी राजनीतिज्ञ थिए। बान्तवा पञ्चायती व्यवस्थाको मध्यतिर राजनीतिमा सकृय भएका बेला पञ्चायती प्रहरीको गोली लागि मारिएका थिए। बान्तवाको जन्म २००७ चैत्र २७ गते इलामको चमैता गाविसको चित्रे गाउँमा भएको थियो।[१][२]

प्राथमिक शिक्षा इलामपाँचथरमा पढेका बान्तवा उच्च शिक्षाका लागि धरानकाठमाडौंमा पढेका थिए। विद्यार्थी कालमा नै झापा आन्दोलनको प्रभाव यिनमा परेको थियो। २०३२ सालमा त्रिभुवन विश्वविद्यालयबाट बी एड् गरेर इलाममा प्राध्यापन पेसा सुरू गरेका बान्तवाले केही समयमा नै सो पेशा छोडेर भूमिगत राजनीतिमा प्रवेश गरेका थिए। यिनी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेका संस्थापक सदस्य हुन्।[३] भूमिगत रहेका बान्तवा पार्टी सङ्गठनको सिलसिलामा हिँडेका बेला पश्चिमी इलामको इभाङ गाविसको जंगलमामा २०३५ चैत्र २७ गते पञ्चायती सरकारले गोली हानी हत्या गरेको थियो।[१] उनी सँगै उनका भाइ बम प्रसाद बान्तवा पनि मारिएका थिए। [४]

बान्तवाको जीवनकथामा आधारित रही उपन्यासकार सञ्जय थापाले देउमाईको किनारमा (उपन्यास) लेखेका छन्। यो उपन्यासको कथानकमा देउमाईको किनारमा (चलचित्र)को रूपमा पनि निर्माण भएको छ। बान्तवाकै जीवनकथामा आधारित वृतचित्र बलिदान कहिले मर्दैन जसकुमार राईको निर्देशनमा निर्माण भएको छ। [५]

बान्तवाको नाममा इलामको फिक्कल - पशुपतिनगर सडक खण्डलाई रत्नकुमार बान्तवा राजमार्ग नामाकरण गरिएको छ। [६]

उनको नाममा इलामको साँखेजुङमा रत्नकुमार बान्तवा पोलिटेक्निक इन्स्टिच्यूटको स्थापना भएको छ। [७] उनकै स्मृतिमा रत्न-बम स्मृति प्रतिष्ठानको स्थापना भएको छ।

हत्या भएको ३७ वर्ष पछि उनलाई २०७२ सालमा सरकारले शहीद घोषणा गर्‍यो।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ एमालेको सम्झनामा शहीद रत्न : गोरखापत्र दैनिक, २०६९ चैत्र २९
  2. श्रेष्ठ, सुशीला, "हेर्दाहेर्दै रत्न ढल्नुभयो", सौर्य दैनिक, अन्तिम पहुँच २४ जुन २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  3. http://www.zoominfo.com/p/Ratna-Bantawa/201031339
  4. ४.० ४.१ "इलाममा सम्झिइए सहिद रत्नकुमार वान्तवा", थाहा खबर, अन्तिम पहुँच २४ जुन २०१८ 
  5. "टुंगियो किरात पत्रकारको वृत्तचित्र यात्रा", Tudikhel Online, अन्तिम पहुँच २४ जुन २०१८ 
  6. Name of Highway in the name of Martyrs and National Heroes of Nepal IM Nepal
  7. "Ilam’s polytechnic institute comes into operation", My republica, अन्तिम पहुँच २४ जुन २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]