सूर्य (देवता)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सूर्य
१९औं शताब्दीमा बनाइएको सुर्यको चित्र
सुर्यका देवता
देवनागरीसूर्य
संस्कृतsūrya
वर्ग:ग्रह, देव
जीवनसाथी:सरायु, राज्ञी, प्रभा तथा छायाँ
वाहन:सात वटा सेता घोडाहरू वा सात -टाउके घोडाले तानेको रथ
(सारथी:अरुण)[१]

सूर्य सनातन धर्म दर्शनका प्रमुख देवताहरू मध्ये एक हुन जस्लाइ स्वर्ग लोक (धर्तीका दोषहरु रहित क्षेत्र) का अग्नी पनि बताइन्छ ।अधिकांश अन्य देवताहरु सुक्ष्म हुँने हुँदा चिन्न र उपासना गर्न सहज नहुँने भएतापनि सुर्य प्रत्यक्ष देवता हुँनाले धेरैले सहजै उपासना गर्न सक्दछन । सुर्यलाइ शिव का तिन नेत्र मध्ये एक मानिन्छ । पृथ्वी देखी असंख्य योजन पर यहाँको गतीबीधी र क्रीयाकलापले केही असर नगर्ने,सबैबाट स्वतन्त्र आफ्नै नियम र गतीमा नीरन्तर अवीराम यज्ञ गर्ने अर्थात प्रकाश,ताप,उर्जा उत्सर्जनको आफ्नो काम गर्ने सूर्य प्रती आदार भावले दीइएको व्यक्तीत्वलाइ नै सूर्य देव अथवा सूर्य देवता भनिन्छ । शास्त्र पढ्न नजान्ने वा पढ्न रुची नहुँनेले हेरेर नै सूर्यबारे जानुन भनी सूर्यका चीत्र वा बीग्रह रूप मुर्ती बनाइन्छ । सूर्यका चित्र र मुर्तीको गहन अध्ययनबाट सूर्यका गुण,काम,स्वभाव आदी कुराहरु, प्रतीकात्मकता बुझ्रन सक्ने जो कोहीले अक्षर को ज्ञान बीनै जान्न सक्दछ ।

आकृती (चित्र,मुर्ति) विवेचना[सम्पादन गर्नुहोस्]

बिम्ब प्रतीक अर्थ
मानवाकार अस्तित्व/व्यक्तित्व चिन्नेका लागि एक व्यक्ति सरह सूर्यलाइ आँफु अनुकुल बनाउँन सकिन्छ
सात घोडा संख्या र गति नीरन्तर गतीमान सुर्यका सप्तरङ्गी कीरण
रथ गति आसन सुर्य आफ्ना कीरणरुपी घोडाले कुदाउँने रथमा पृथ्वी सम्म आउँछन,त्यसरी नै ब्रमाण्डभरी बीचरण गर्छन
नीलो पृष्ठभुँमी आकाश ब्रमाण्ड,अन्तरीक्ष,पवित्र क्षेत्र,स्वर्ग

चाडपर्व तथा व्रत[सम्पादन गर्नुहोस्]

सूर्यको पूजा गरिने प्रमूख चाड छठ तथा मकर सक्रान्ति हो।

सूर्यको मन्त्र[सम्पादन गर्नुहोस्]

सूर्यलाई नमस्कार गर्दा भनिने १२ मन्त्रहरू :

  1. ॐ मित्राय नम
  2. ॐ रवये नमः
  3. ॐ सूर्याय नमः
  4. ॐ भानवे नमः
  5. ॐ खगाय नमः
  6. ॐ पुष्णे नमः
  7. ॐ हिरण्यगर्भाय नमः
  8. ॐ मारिचाये नमः
  9. ॐ आदित्याय नमः
  10. ॐ सावित्रे नमः
  11. ॐ अर्काय नमः
  12. ॐ भास्कराय नमः
  • ऋग्वेद,को ३५ अध्यायमा उल्लेख गरिएको सुर्य मन्त्र:
आ कृष्णेन् रजसा वर्तमानो निवेशयन्न अमृतं मर्त्यं च ।
हिरण्ययेन सविता रथेना देवो याति भुवनानि पश्यन ॥

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Jansen, Eva Rudy. The Book of Hindu Imagery: Gods, Manifestations and Their Meaning, p. 65.

हेर्नुहोस[सम्पादन गर्नुहोस्]