भैले जात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भैले जात्रा

भैले जात्रालाई भाँड भैलो भन्दा पनि फरक छैन । दशैंको अन्त तिर तिहार शुरू नहुनु अगावै दैलेख जिल्ला लगायत पश्चिम नेपालको विभिन्न ठाउँमा भैले जात्रा मनाइन्छ । भैले जात्रामा केटा मान्छेहरू बाजा गाजाका साथ अन्ट सन्ट (छाडा) भाषाको प्रयोग गर्दै भैलो खेल्ने गर्दछन् । विशेष गरेर कोजाग्रत पूर्णिमाको रात्रिमा भैलो खेलिने भएकाले दैलेख तिर यस पूर्णिमालाई भैले पुन्ही पनि भनिन्छ । अश्लील शब्दहरूको प्रयोग गरिने र हुदङ्ग मचाउने यस जात्राको छुट्टै विशेषता रहेको छ ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]