नेपाल इन्टरनेट एक्सचेन्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल इन्टरनेट एक्सचेन्ज (NPIX), स्थापित सन् २००२, नेपालको पहिलो इन्टरनेट एक्सचेन्ज बिन्दु हो, जसले देश भित्रका इन्टरनेट सेवा प्रदायकहरू बीचको इन्टरनेट आवागमनलाई स्थानिय स्तरमै आदानप्रदान गरी अन्तरराष्ट्रिय ब्यण्डविथ बचाएर स्थानिय सञ्जाल तथा सेवाहरूलाई छरितो बनाउन मद्दत गर्दछ । यसको स्थापना प्याकेट क्लियरिङ हाउसको मद्दतमा भएको थियो।

स्थानहरू[सम्पादन गर्नुहोस्]

नेपिक्सले काठमाडौँ भित्रका दुई स्थानहरूमा इन्टरनेट एक्सचेन्ज बिन्दुहरूको स्थपना गरेको छ, एक जावलाखेल, ललितपुर जिल्ला र अर्को पुतलीसडक, काठमाडौँ जिल्लामा रहेका छन्। सदस्यहरू यस यिनै दुई मध्ये दुबै या एक स्थानमा जोडिन्छन्। जावलाखेल र पुतलीसडकमा रहेका दुई स्थानहरूले क्रमश सिस्कोएक्सट्रिम स्विचिङ प्रणाली प्रयोग गर्दछन्। दुबै स्थानहरूले सदस्यहरूलाई १०० मेगाबिट्स र १ गिगाबिट्स पोर्टहरू उपलब्ध गराउँछ।

सदस्यहरु[सम्पादन गर्नुहोस्]

मुख्य दूरसञ्चार कम्पनीहरू, सञ्जाल सेवाप्रदायकहरू, इन्टरनेट सेवाप्रदायकहरू, राष्ट्रिय अनुसन्धान सञ्जाल तथा एनिकास्ट सञ्चालकहरू यसका सदस्यहरू हुन्। यो एक खुला इन्टरनेट एक्सचेन्ज बिन्दु हो जसमा आफ्नै 'अटोनोमस सिस्टम नम्बर' र 'आइपी ठेगानाको ब्लक' भएका जो कोही सञ्जालमा आबद्ध हुन सक्छन्।

अन्य सदस्यहरूमा डिएनएस प्रदायकहरू पनि छन् जसले E, I र L-रुट सर्भर तथा १०० भन्दा बढि gTLD/ccTLD सेवाहरू सञ्चालन गर्दछन।

आवागमन[सम्पादन गर्नुहोस्]

कूल इन्टरनेट एक्सचेन्ज ट्राफिक ८०० Mbps हो ।

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]