अर्कपुष्पी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अर्कपुष्पी अथवा अर्कपत्थरी पोथ्रा वर्गमा पर्ने लहरायुक्त वनस्पति हो । यो औषधीय गुणले भरिपूर्ण यो वनस्पति उष्णक्षेत्रमा पाइने गर्दछ । अर्कपुष्पीको लहराको पात ७ देखि १० सेमि लामो हुन्छ । यसको फूल प्याजी रंगमा बाहिर सेतोले घेरिएको तथा वासनादार हुन्छ भने ६ देखि ८ सेमि लामो आयताकार फल हुन्छ ।[१]

औषधीय गुण[सम्पादन गर्नुहोस्]

अर्कपुष्पीको ४००-६०० ग्राम कलिलो मुना पकाएर खानाले मधुमेह, पिसाब सम्बन्धी रोग, गर्मीले हुने समस्या तथा महिलाहरूको पाठेघरबाट पानी बग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । यसको लहराको रस, लेदो तथा चुर्ण ३-५ ग्राम, काँढापानी १ माना तथा २०-३० ग्राम अर्क दिनमा ३-५ पटक लिने गर्नाले पत्थरी रोग निको हुन्छ । अर्कपुष्पीको लहराको टुक्रा बनाएर चुस्ने पनि गरिन्छ ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ योगी, धर्म महारस (२०६९), आयुर्वेदिक जडीबुटी विज्ञान, कमलपोखरी: विद्यार्थी प्रकाशन प्रा.लि., पृ: पृष्ठ-१, आइएसबिएन 978-99946-1-630-5 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]